काँग्रेस बैठकमा देउवा–प्रकाशमान जुहारी…..

काठमाडौं, नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेता प्रकाशमान सिंहले हालै गठन भएको राजनीतिक संयन्त्रको विरोध गरेका छन् । कात्तिक २४ मा ५ दलीय सत्ता गठबन्धनको बैठकले रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको थियो । सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले संयन्त्र गठन गर्ने निर्णय गरेको हो । सो संयन्त्रको सार्वजनिक रुपमै कडा विरोध गर्द...

जबरालाई गेटमै छेक्ने बारको तयारी…..

काठमाडौँ — नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ । जबराको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलन गरिरहेको बारले गत शुक्रबार गेटमै धर्ना दिएर जबराको प्रवेश रोक्ने प्रयास गरेको थियो । तर जबरा अर्को गेटबाट सर्वोच्च छिरेका थिए । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि जबरालाई सर्वोच्च प्रवेशमा निषेध गर्न धर्ना दिने बताए । ...

प्रतिलिटर ८३.४९ रुपैयाँमा खरिद गरेर उपभोक्ताबाट अचाक्ली कर असुल्दै…..

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर ८३.४९ रुपैयाँमा खरिद गरेर उपभोक्ताबाट अचाक्ली कर असुल्दै १ सय ३६ रुपैयाँमा बिक्री गर्ने गरेको छ । निगमले इन्डियन आयल कर्पोरेसन (आईसोसी) बाट नोभेम्बर १ मा ८२.२१ रुपैयाँमा खरिद गरेको डिजेललाई सर्वसाधरणले १ सय १९ रुपैयाँमा खरिद गर्नुपर्छ । आयल निगमले भने पेट्रोलमै प्रतिलिटर साढे १७ रुपैयाँ घाटा भइरहेको बताउने गरेको छ । ‘कच्चा तेलको मूल्य र डलरका कारण निगम...

भगिराजलाई मदन र भैरवबहादुरलाई जगदम्वाश्री पुरस्कार

          २५ कार्तिक नेपालको नोवेल पुरस्कार मानिने मदन पुरस्कार तेह्रथुमको इवामा जन्मेका लेखक भगिराज इङ्नामले यस वर्ष ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ पुस्तक लेखेवापत प्राप्त गरेका छन् । यसैगरी नृत्यशास्त्री भैरवबहादुर थापालाई ६ दशकभन्दा वढि समय नृत्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै जगदम्वाश्री पुरस्कार पाएका छन् । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दा दीक्षितले वुधवार पाटनढोकामा आयोजित कार...

१२ औं राष्ट्रिय जनगणना आजदेखि देशभर सुरु हुने…..

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ९:३० मा आफ्नो परिवारको विवरण टिपाएसँगै १२ औं राष्ट्रिय जनगणना सुरु हुने भएको छ । ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित जनगणना मंसिर ९ मा सकिनेछ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक जनगणना गर्न लागिएको हो । योजना आयोगका सदस्य रामकुमार फुँयालका अनुसार बिहीबार राष्ट्रपति भण्डारीको परिवारको विवरण लिइसकेपछि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन...

छठ पर्वको मुख्य दिन,सूर्यदेवको पूजा आराधना गरी मनाइँदै…..

काठमाडौं, छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा...

केन्द्रीय भण्डारण कक्ष नै टहरामा, कोभिड खोप गाडीभित्रै…..

काठमाडौँ — चीनबाट पछिल्लो पटक आएको भेरोसेल खोप राजधानीको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा गाडीमै थन्किएको छ । बुधबार आएको १६ लाखमध्येकै खोप रेफ्रिजेरेटर जडित गाडीमा छ भने एक साताभित्रै थप ३० लाख डोज ल्याउने तयारी छ । राजधानीमा केन्द्रीयस्तरको अत्याधुनिक र सातै प्रदेशमा खोप भण्डार केन्द्र बनाउन सरकारले २०७६ कात्तिकमै प्रक्रिया सुरु गरेको थियो । राजधानीको टेकुसहित बाराको पथलैयामा केन्द्रीयस्तर...

करिब एक दर्जन सुरक्षाकर्मी नेपाली भूभागमै प्रवेश…..

पूर्वी नवलपरासी, काठमाडौं — भारतले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै नेपालको ‘एयर स्पेस’ भित्र ड्रोन उडाएर निगरानी गरेको छ । बिनाअनुमति अर्को देशको एयर स्पेसमा पसेर हेलिकोप्टर, ड्रोन वा अरू कुनै हवाई साधन उडाउन पाइँदैन । तर त्यसलाई बेवास्ता गर्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सुस्ताको नेपाली आकाशभित्र पसेर अनधिकृत रूपमा ड्रोनबाट तस्बिर/भिडियो खिचेको हो । नेपालको अनुमतिबेगर एसएसबीले आइतबार न...

प्रचण्डजी र मैले एमसीसी पास गराउछौँ…..

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन मिलेर अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउने बताएका छन् । स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ मा सहभागिता जनाएर नेपाल फर्केका देउवाले एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले आफूसँग एमसीसी संसदबाट अनुमोदनको बारेमा कुरा राखेको र आफूले त्यसलाई सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दि...

प्रधानन्यायाधीश प्रकरणमा अग्रसरता लिन दललाई दबाब…..

काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागिरहेका बेला राजनीतिक दलहरूमा पनि जतिसक्दो चाँडो प्रस्ट धारणा बनाएर पहलकदमी लिनुपर्ने दबाब बढ्दै गएको छ । पार्टी नेतृत्व न्यायालयको आन्तरिक विषय भन्दै पन्छिइरहेका बेला नेताहरूले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउनुपर्नेसम्मका आवाज उठाइरहेका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरब...

प्रदेश १ का नेता राजेन्द्र राई मुख्यमन्त्री…..

काठमाडौँ — नेकपा एकीकृत समाजवादीको प्रदेश १ का संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बनेका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री राईलाई शपथग्रहण गराए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको गठबन्धनबाट राई मुख्यमन्त्री बनेका हुन् । लामो समयसम्म प्रदेशको राजनीतिमा साथ दिँदैआएका भीम आचार्यलाई विस्थापित गर्दै राई मुख्यमन्त्री बने । माधवकुमार नेपाल निक...

प्रधानमन्त्री देउवा र नरेन्द्र मोदीबीच भेटवार्ता…..

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) बीच दुई नेताबीच साइडलाइनमा दुई पक्षीय वार्ता भएको हाे । भेटमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्कर, परराष्ट्र सचिव भरतराज पौड्याललगायत रहेका थिए । प्रधानमन...