मन्त्रालय बाँडफाँटमा सहमति तर मन्त्रिपषिद् विस्तार अझै अनिश्चित…..

काठमाडौँ, सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने अझै निश्चित भएको छैन। ‘मन्त्रालयको भागबन्डामा सहमति भएको छ,’ एक नेताले भने, ‘तर घटस्थापनाअघि मन्त्रिपरिषद्ले पूर्णता पाउने देखिँदैन। सहमतिअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्...

जेल बस्दाबस्दै एसएसपी दर्जाबाट खत्री अवकाश…..

काठमाडौं, अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करसँग मिलेको आरोप लागेका एसएसपी श्याम बहादुर खत्री दुईपटक पक्राउ परे । २०७३ माघ २३ मा ३४ किलो सुन र २०७५ जेठमा ३३ किलो सुन प्रकरणमा उनी मुछिए । पहिलो मुद्दाबाट सफाइ पाएर जागिरमा फेरि फर्किएका खत्रीले दोस्रो पटक भने जेलमै अवकाश पाए । केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको पिंगलास्थानबाट बरामद गरेको सुनमा नाम जोडिएपछि उनी २०७३ माघमा पक्राउ ...

३३ किलो सुन तस्करीका मुख्य आरोपी गोरेसहित ६ जनालाई जन्म कैद…..

विराटनगर — साढे ३३ केजी सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले मुख्य आरोपी चूडामणि उप्रेती 'गोरे' सहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले उक्त प्रकरणमा संलग्‍न ६ जनालाई जन्मकैद, १ जनलाई तीन वर्ष र १ जनलाई ६ महिनाको कैद सजाय सुनाएको हो । मुद्दाको मंगलबार अन्तिम सुनुवाइ गर्दै कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैद, ए...

चीनले थप १० लाख खोप अनुदान दिने…..

काठमाडौँ — चीनले नेपाललाई कोरोनाविरुद्धको थप १० लाख डोज खोप नेपाललाई अनुदान दिने भएको छ । चीनियाँ दूतावासले एक साता अघि परराष्ट्र मन्त्रालयलाई खोप दिनेबारे जानकारी गराएको थियो । चीन सरकारले नेपाललाई थप १० लाख डोज सिनोभ्याक्स खोप उपलब्ध गराउने निर्णय गरेको छ’ चीनियाँ दूतावासका प्रवक्ता लु आन सिउतानले भने,‘अनुदानमा सहयोग गरेको खोपले नेपाली जनताको रोगप्रतिरोधी क्षमता विकास गर्न सहयोगी हुने अपेक्षा लि...

सांसदहरु दसैं भत्ता खोज्दै लेखा प्रमुख र महासचिवको कार्यकक्षमा…..

काठमाडौँ — संघीय संसद्का सांसद दसैं भत्ता पाइने/नपाइने बुझ्न संसद् सचिवालय धाउन थालेका छन् । दसै नजिकिएसँगै सांसदहरूले संसद् सचिवालयको लेखा शाखाका कर्मचारी, लेखा प्रमुख र महासचिवको कार्यकक्षमा पुगेर भत्ताबारे सोधीखोजी गर्न थालेका हुन् । केहीले चाहिँ महासचिवलाई फोन गरेर भत्ता दिने/नदिने बुझ्न थालेका छन् । यो क्रम केही दिनदेखि चलिरहेको संसद् सचिवालयले जनाएको छ । सत्तापक्षका केही सांसद सोमबार भत्ताबा...

प्रधानन्यायाधीश मन्त्रिपरिषद् विस्तारमा जोडिनु खेदजनक…..

काठमाडौँ — नेपाल बार एसोसिएसनले मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पनि भाग खोजेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै उक्त कार्य खेदजनक भएको जनाएको छ । नेपाल बारका महासचिव लीलामणि पौडेलले विज्ञप्ति मार्फत विभिन्न अनलाइन तथा पत्रपत्रिकामा प्रकाशित समाचारप्रति प्रतिक्रिया जनाउँदै न्यायपालिकाको प्रमुखले कार्यकारी पदमा भाग खोज्ने कार्यले ‘राज्यका निकायहरूकावीचको शक्ति सन्तुल...

अन्तिम दिन सम्म लिपुलेकमा भएन घरपरिवार सूचीकरण…..

काठमाडौँ — राष्ट्रिय जनगणनाका लागि सुरपरिवेक्षण पठाउनै आनाकानी गर्दा मुलुकको नयाँ ‘चुच्चे नक्सा’ मा परेका महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन सकेन । पहिलो चरणको सूचीकरणका लागि उक्त क्षेत्रमा जान नेपालबाटै बाटो नभएको र भारतको बाटो भएर जानका लागि सरकारले नअह्राएको भन्दै जिल्ला तथ्यांक कार्यालयले सुपरिवेक्षक नै पठाएन । महाकालीपारि दार्चुलाको व्यास गाउँपालिका–१ को छा...

रेको नजरमा ओली चतुर खेलाडी…..

काठमाडौँ — नेपालमा २०७२ सालमा आएको विध्वंसकारी भूकम्पलगत्तै भारतले ठूलो राहत र साथ–सहयोग दिएपछि पनि भारतविरोधी नेपाली मनस्थिति सेलाइसकेको थिएन । केही भारतीय मिडियाले देखाएको नेपाल–नेपालीको चित्रका कारण विपत्तिमा परेका नेपालीमा स्वभावैले आक्रोश थियो । त्यो बेला ‘ब्याक अफ इन्डियन मिडिया’ भन्दै चर्किएको विरोध सानो थिएन । भूकम्पको घटनालगत्तै तत्कालीन भारतीय राजदूत रञ्जित रे नेपालबारे ब्रिफिङ गर्न दिल्...

कुमार पौडेल हत्या प्रकरणमा जोडिए बादल र सर्वेन्द्र खनाल…..

काठमाडौं, दुई वर्षअघि प्रहरीको गोली लागी ज्यान गुमाएका विप्लव समूहका नेता कुमार पौडेल ‘इन्काउन्टर प्रकरण’ पुनः बल्झिएको छ । सर्वोच्च अदालतले यसै साता पीडितको जाहेरी दर्ता गर्न आदेश गरेसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र तत्कालीन आईजीपी सर्वेन्द्र खनालसमेत अनुसन्धानमा तानिने सङ्केत देखिएको छ । २०७६ असार ५ मा सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखन्देही जंगल नजिक प्रहरीको गोली लागेर नेपा...

विरोधीहरु म बाँचेकैमा चिन्तित छन् त के गरुँ…..

काठमाडौँ — एमालेको विधान महाधिवेशन र त्यसअघि पनि कार्यक्रम स्थलमा अध्यक्ष केपी शर्मा ओलीका ठुल्ठूला तस्बिर र डमी लगाउने गरिएको छ । त्यसलाई लिएर सार्वजनिक रूपमा र एमाले कार्यकर्ताले पनि 'ओलीको देवत्वकरण गरिएको' भन्दै आलोचना हुने गरेका छन् । आफूलाई देवत्वकरण गरिएको भनेर आएका आलोचनाको ओलीले आइतबार जवाफ दिएका छन् । तीन दिनदेखि ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा समापन सम्बोधन गर्दै ओलीले विरोधी...

सत्तारुढ गठबन्धनको कार्यदल मन्त्रालयगत भागबण्डाको खोजीमा…..

काठमाडौं, सत्तारुढ गठबन्धनको कार्यदल मन्त्रालयगत भागबण्डाको खोजीमा जुटेको छ । सरकार बनेको ८० दिनसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन नसकेपछि कार्यदलको तहमा छलफलको सुरुवात भएको हो । सत्ता साझेदार दलभित्र कानुनी र व्यवहारिक जटिलताको गाँठो फुकाउँदा फुकाउँदै ८० दिन बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । करिब तीन महिनासम्म ६ मन्त्रीले काम चलाएका प्रधानमन्त्री शेरबहादुर देउवामाथि १८ मन्त्रा...

कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण…..

काठमाडौँ, अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा प्राप्त भएको दावी गरेको छ। मोल्नुपिरभिर नामक सो खाने चक्कीको अन्तरिम क्लिनिकल परीक्षण परिणाम अन्त्यन्न सकारात्मक रहेको उत्पादक कम्पनी मर्कले जनाएको छ। मोल्नुपिरभिर चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो। परिणाम उत...