सुनिता गिरी संयोजक: साहित्यिक साझा शृङ्खला, हङकङ
साँझमा उदाउँने ताराहरु संगै
फेरि उदाउनेछन् उनिहरु
कहाँ अस्ताएका हुन् र उनिहरु सदालाई ?
भोलि फेरि यहि धर्तीमा
फुल्ने फूलहरु सगै
ढकमक्क फुल्नेछन् उनिहरु
कहाँ चुडिएका हुन् र उनिहरु?
भोली फेरि बाच्न जन्मिनेछन
जिवित रहन जीवनभरीलाई
मृत्यु सत्य छ
अस्विकार गर्दै गर्दै
त्यो सत्य स्विकारे उनिहरुले
जित्दा जित्दै हारे उनिहरुले
तर भोलि जन्मने ,एउटा नव शिशु घाम संगै
फेरि जन्मनेछन् धर्तिमा
बसन्तऋतुको बृक्षमा झै पालुवा फेरेर झ्याङिनेछन
कहाँ मृत्युवरण गरेका हुन् र सधैंलाई ?
कहाँबाट आयो यो मृत्युछाँया ?
कसरी आयो ?
किन यसरी सन्सारमा उदण्ड मच्चायो?
किन आयो मान्छेको फूलबारीमा ?
जोगाउदा जोगाउदै
बचाउदा बचाउदै
खस्ने फूल त खसिसके
हेर्दा हेर्दै उज्याला जुनताराहरु त अस्ताईसके
कठै!!
प्रिय मान्छेहरु त मृत्युवरण गरिसके
अब-
तेरो पालो कोविड !
तेरो पनि मृत्यु हुन्छ
तैले पनि एक दिन समय सङ हार्नु पर्छ
तैले मानिसलाई जित्न सक्दैनस !
किन कि
हामी रक्षकवज भित्रै सुरक्षीत रहि,
तेरो बिरुद्धमा उठिरहेका छौ,
उठिरहनेछौ…….. !
कोरोना भाईरस बिरुद्ध बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचन गरिएको कविता।
संयोजन: मगेन्द्र राई ।