निरज बान्तावा राई, हङकङ
यो भौतिक र भर्चुअल दुनियामा
एकाएक भाइरल बनेको छ
एउटा सूक्ष्म भाइरस,
गाउँ शहर हुदै
देश महादेश
अनि विश्व भरी
संक्रमणको मृत्युजालमा
मानब जीवन फसाउदै
डरको ज्वालामुखी भएर
बिस्फोटित भैरहेको छ
कोरोना भाइरस….
यस्तरी कि
अहिले
एक्लाएक्लै,
आफ्नै घर भित्र बन्दी बाच्न बाध्य छ
सामाजिक मान्छेको
सामाजिक जीवन
र बाहिर खुल्ला सडकको कर्फ्यू बीच
त्रासको राइफल भिरेर
उन्मुक्त अट्टाहास लाउदै
गश्ती गरिरहेको छ
कोरोना भाइरस।
शक्तीको प्रतीक
मानबनिर्मित एटम बम देखि
अत्याधुनिक हतियार
बिबश हेरिरहेका छन,
कोरोनाको काल तान्डब।
खीया बनेर यसले
चपाई रहेको छ
सम्बृद्दिको फलामे किल्लाहरू
र
निरीह साक्षी बनेका छन,
सम्पन्नताका तथाकथित सम्बाहकहरू।
सामाजिक सन्जाल,
सुचनाका हरेक माध्यम
संक्रमण्ल्णको चपेटामा परेका छन
यस्तरी कि,
अब त नोटिफिकेसनको घण्टीले समेत झस्काउन थालेको छ,
‘कसको पालो आएछ ?’ भनेर ।
भन्छन,
मान्छेको बिरुद्द मान्छेले बनाएको
यो एउटा अस्त्र,
नियन्त्रणका गोप्य सांग्लाहरू चुडाएर
मान्छे आफै माथी जाईलागेको हो
गम्छु,
कल्ले बनायोरु
कसरी चुहियोरु
कि
एउटा सभ्यताको चीहान खनियो ।
अब बिकल्पका बन्द ढोका भित्र
बिबशताको मानो चपाउदैको
दैनीकीले
मास्क अनि सेनिटाइजर,
लकडाउन अनि सामाजिक दूरी जस्ता शब्दहरूको
अपरिहार्यता संगै निर्माण भैरहेकोछ
नया जीवनशैली र
सामाजिकताको नया परिभाषा।
लेखिदैछ,
कोरोना अघि र पछिको समयमा
मानव ईतिहास,
अनि
भूगोलको कुनै कुनामा कैद
म,
भ्याक्सीनको अमृतपान अनि
अमरताको मृगमरिचिका
बाचीरहेको छु कि,
आउ प्रीये !
यो कोरोना समयले
न्यानो अंगालोहरूमा रोपेको
मृत्यूको आभाष बाच्न अभ्यस्त बनौ।
बगैंचा डटकम फेसबुक पेजबाट प्रत्यक्ष बाचनका गरिएको कविता, भाग २ ।
संयोजन: मगेन्द्र राई, सन्तोष तामाङ ‘विश्वास’ ।