लन्डन । बेलायतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या अत्यधिक मात्रामा बढेपछि स्वास्थ्य क्षेत्रमा नराम्रो असर पर्न थालेको छ । बितेको २४ घण्टामा दुई लाख भन्दा बढी सङ्क्रमित भएका छन् जुन महामारीयताकै नयाँ कीर्तिमान हो ।‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार थप दुई लाख १८ हजार ७२४ मा नयाँ सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित सङ्ख्या एक साताभित्र ६८ प्रतिशतले वृद्...
समाचार
ललिता निवास प्रकरणका नाइके शोभाकान्त ढकाल राजस्व छलीमा पनि संलग्न…..
काठमाडौं, बालुवाटारस्थित ललिता निवास किनबेच प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाल राजस्व छली प्रकरणमा पनि फसेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले ढकालको कम्पनी आनसान इन्टरनेशनल र सो को लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीविरुद्ध उच्च अदालत पाटनमा आज (मंगलबार) मुद्दा दायर गरेको हो । ढकाल सञ्चालक रहेको फर्म आनसानले राजस्व चुहावट गर्ने मनसायले...
माओवादी अध्यक्षमा फेरि दाहाल निर्विरोध निर्वाचित…..
काठमाडौँ — आठौं राष्ट्रिय महाधिवेशनको हलबाट अपुरो केन्द्रीय समिति चयन गरेको अर्को दिन माओवादीले केन्द्रीय समिति बैठकबाट अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्ष, महासचिवलगायत केन्द्रीय पदाधिकारी चयन गर्न बसेको केन्द्रीय समिति बैठक तीन दशकभन्दा बढी पार्टी प्रमुख रहँदै आएका दाहाललाई अध्यक्ष चयन गरी पुस २५ सम्म स्थगित भएको छ । मुख्यगरी महासचिवमा सहमति जुट्न नसकेपछि पदा...
अपराधको केन्द्र बन्दै काठमाडौँका गेष्ट हाउस…..
काठमाडौं, पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया युवती मित्रनगरका ३ वटा गेष्ट हाउसमा बलात्कृत भइन् । विदेश जाने तयारीमा रहेका युवतीलाई ९ जना किशोरले उनलाई बलात्कार गरेका थिए । प्रहरी स्रोतका अनुसार मुगुका युवराज बडुवालले ती युवतीलाई सुरुमा पूजा गेष्ट हाउसमा लगेका थिए । लगत्तै उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई पनि बोलाएर सामूहिक बलात्कार गरे । अर्को बिहान बसपार्ककै आ...
१९ सिटमा भागबण्डा मिलाउँदै गठबन्धन…..
काठमाडौं, राष्ट्रियसभाको निर्वाचनमा भागबण्डा मिलाउन गठबन्धनको बैठक बोलाइएको छ । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुन लागेको हो । काँग्रेस महामन्त्री गगन थापाले भने, ‘ गठबन्धनको बैठक बसेर कुन पार्टीको भागमा कति सबै टुङ्ग्याउँछ । माओवादी केन्द्रको महाधिवेशन लम्बिएपछि आज बस्ने भनिएको गठबन्धनको बैठक भोलि बिहान लागेको उनको भनाइ छ । आगामी फागुनदेखि चार वर्षे का...
माओवादीलाई निर्वाचनमा जान कठिन…..
काठमाडौँ — माओवादी केन्द्रले जारी आठौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको छ । महाधिवेशनबाट पारित विधानअनुसार निर्वाचन आयोगले मिश्रित निर्वाचन प्रणालीबाट केन्द्रीय समिति चयनको प्रक्रिया सुरु गरे पनि माओवादीले सहमतिमार्फत केन्द्रीय समिति घोषणाको गृहकार्य गरेको हो । सहमतिमा केन्द्रीय समिति चयनको गृहकार्यसँगै माओवादीको निर्वाचन आयोगले औपचारिकताका लागि निर्वाचनको संशोधित कार्यताल...
देशका अधिकांश स्थानमा वर्षा र हिमपात…..
काठमाडौं, हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको छ । बुधबार देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानहरूमा हल्का देख...
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान गर्दै…..
काठमाडौं , बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा चारपटक कागजात किर्ते भएको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । २०४९, ०६२, ०६६ र ०६९ सालमा चारपटक सरकारी कागजात किर्ते गरेर बिचौलियाहरूले सरकारको नाममा रहेको जग्गा व्यक्तिको नाममा दर्ता गराएको सिआईबीको अनुसन्धानबाट थाहा भएको छ । शोभाकान्त ढकाल र रामकुमार सुवेदी समेतले योजनाबद्ध रूपमा कागजात किर्ते बनाएर तथा नक्कली मोही खडा...
महाधिवेशनबाट शक्ति फर्काउने चुनौती…..
काठमाडौँ — माओवादीको सातौं महाधिवेशन (२०६९ माघ) मा हेटौंडामा भइरहेका बेला देशमा संविधानका विषयवस्तुमा भीषण संघर्ष भइरहेको थियो । माओवादी र मधेसी एकातिर, कांग्रेस र एमाले अर्कोतिर । माओवादी सबभन्दा ठूलो राजनीतिक दल रहेको संविधानसभा संविधान बनाउन नसकी विघटन भइसकेको थियो । तर माओवादीका सयौं नेता, हजारौं कार्यकर्ता ‘विद्रोहको राप र ताप’ बोकेर हेटौंडामा भेला भएका थिए । हुप्रा चौरमा सातौं महाधिवेशन भव्य...
माओवादीको केन्द्रीय राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत…..
काठमाडौं, नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु हुने भएको छ । सम्मेलनको सबै तयारी पूरा भइसकेको छ । माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय शनिबार बसेको स्थायी समितिको बैठकले गरिसकेको छ । महाधिवेशनमा परिणत गर्ने निर्णयलाई आइतबार बिहान बस्ने केन्द्रीय समितिको बैठकले अनुमोदन गर्न बाँकी छ । जनता, नेता तथा कार्यकर्ता तहको आग्रह र उत्साहका कारण राष्ट्रिय सम्मे...
आज वाट चिसो झनै बढ्ने, हिमपातको सम्भावना…..
काठमाडौं, यो साता देशको अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रम घट्ने भएको छ । पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साताको सुरुमा देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साताको मध्...
नेकपा माओवादी मा वरिष्ठसहित ७ उपाध्यक्ष राख्ने प्रस्ताव…..
काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय पदाधिकारी १५ जनाको बनाउने प्रस्ताव गरेका छन् । शुक्रवार बसेको सो पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले बताए । उक्त प्रस्तावमाथि शनिबार बस्ने बैठकमा कुन पदमा कति संख्या भन्नेबारे छलफल गरेर निर्णयमा पुग्ने ती सदस्यको भनाइ छ । पार्टीको केन्द्रीय पदाधिकारी संख...










