भारतले एकतर्फी संरचना निर्माण गर्दा नेपाल सरकार मूकदर्शक…..

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू-भागमा एकतर्फी संरचना निर्माण गरिरहँदा पनि सरकारले आफ्नो अडान स्पष्ट पार्न नसकेको बताएका छन् । उनले भारतले एकतर्फी रुपमा संरचना निर्माण गरिरहँदा नेपालको अडान स्पष्ट पार्न समेत नसक्ने सरकारले निरीहता प्रकट गरिरहेको बताएका हुन् । ओलीले आइतबार विज्ञप्ति जारी गर्दै वर्तमान सरकार नेपालको राष्ट्रिय हि...

कोभिड संक्रमणको तेस्रो लहरमा ३४ को मृत्यु…..

काठमाडौँ — कोभिड संक्रमणको पछिल्लो मृत्यु ट्रेन्ड हेर्दा अधिकांश खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका एवं दीर्घरोगीले ज्यान गुमाइरहेको पाइएको छ । वीर अस्पतालस्थित कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा संक्रमणले पछिल्लो तीन दिनमा मृत्यु भएका पाँच जनाले नै खोप लगाएका थिएनन् । अन्य स्वास्थ्य संस्थामा समेत खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका वा ...

उपत्यकामा लागू भयो यातायातमा जोरबिजोर…..

काठमाडौं, काठमाडौं उपत्यकामा शनिबारदेखि यातायातमा जोरबिजोर प्रणाली लागू भएकाे छ । काेभिड-१९ काे संक्रमण राेकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेका हुन् । जसअनुसार आज जाेर गते जाेर नम्बर प्लेटका गाडी गुड्नेछन् भने बिजोर बिजाेर नम्बर प्लेटका चल्नेछन्। केही क्षेत्रमा भने जोरबिजोर लागू हुने छैन् । सरकारले अत्यावश्यक सेवा घाेषणा गर...

राज्यले किनेको २४ लाख खोपको हिसाब छैन…..

काठमाडौँ — महामारीमा जीवनरक्षक मानिएको कोभिडको खोप वितरण तथा अभिलेखमा सरकारको गम्भीर कमजोरी देखिएको छ । राज्यको ढुकुटी खर्चेर तथा मित्रराष्ट्रले अनुदानमा दिएकोमध्ये २४ लाख खोप अभिलेखमा नभेटिएको स्वयं स्वास्थ्य सचिव डा. रोशन पोखरेलले स्विकारेका छन् । तर यो बेथिति कसरी भयो र त्यसको जिम्मेवार को हो भन्नेमा छानबिनसमेत भएको छैन । हालसम्म सरकारले खरिद गरेको १ करोड २० लाख मात्रा खोप नेपाल आएको छ, त्यस्तै...

‘नेपाली भूमिमा भारतले सडक निर्माण गर्दै…..

काठमाडौँ — सरकारले नेपाली भूमिमा भारतीय पक्षबाट भइरहेको एकपक्षीय सडक निर्माण रोक्न र कूटनीतिक संवादमा आउन भारत सरकारलाई आग्रह गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुस १५ मा कालापानी हुँदै चीनसँगको सीमा क्षेत्र लिपुलेक पुग्ने सडक निर्माण भइरहेको उल्लेख गरेको दुई सातापछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक गरेका हु...

नारायणहिटी दिन नमान्दा सचिवको सरुवा भएको थियो…..

काठमाडौँ — रोयल बगैंचा रेस्टुरेन्टका नाममा नारायणहिटी संग्रहालयको जग्गा कब्जा गराउन तयार भएको फाइल फिर्ता गरिदिएकै कारण तत्कालीन सचिवको सरुवा भएको खुलासा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव कृष्ण देवकोटाले ‘विशेषतः त्यो’ र त्यस्तै अन्य विषयमा असहमति हुँदा आफ्नो सरुवा भएको बताएका छन् । मन्त्रालयको नेतृत्वमा योगेश भट्टराई आएपछि फेरि त्यही फाइल जगाएर बतासका ३ कम्पनीब...

नेपालमा सङ्क्रमण दर ३१.८ प्रतिशत पुग्यो…..

काठमाडौं, नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर उच्च दरमा वृद्धि भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार पुस १९ गते २ प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमण दर माघ १ गतेसम्म आइपुग्दा ३१.८ प्रतिशत पुगेको हो । शनिबार देशभर थप ४ हजार ६३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा सङ्क्रमण प...

माघ २ गतेदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने…..

काठमाडौँ — सरकारले माघको पहिलो हप्तादेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पुस २८ गते माघको पहिलो हप्तादेखि बुस्टर मात्रा दिने मन्त्रीस्तरीय निर्णय भएको हो । स्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यलयलाई पत्र लेख्दै बुस्टर मात्राको ओप लगाउन निर्देशन दिएको छ । माघ २...

माघे संक्रान्तिसंगै, थारू गाउँमा माघीको रौनक…..

कैलाली, माघे संक्रान्तिसंगै माघ १ गतेबाट थारू संवत् २६४५ सुरु हुँदै छ । पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ र कपिलवस्तुलगायत खास गरी पश्चिमा थारू समुदायले पुस मसान्तमा सुंगुर/बंगुर काटी ‘जिटा मर्ना डिन’ भनेर मनाए । संक्रान्तिको दिन खानका लागि राती नै बंगुरको मासु पकाइसके । ढिक्री, अचार, सकरखण्ड, तरुल, पिडालु लगायत मीठा परिकारको जोहो गरिसके । पुस मसान्देखि नै मुडा बालेर रातभरि डफ बज...

कोभिड बिरामीले खचाखच भरिँदै उपत्यकाका अस्पताल…..

काठमाडौं, टिचिङ अस्पतालमा एक साता अघिसम्म दैनिक एक दुई जना मात्रै कोभिड बिरामी भर्ना हुने गरेकोमा बुधबार मात्रै ९ जना कोभिड बिरामी भर्ना भएका छन् । जबकि त्यहाँ होल्डिङ सेन्टरमा १० जनासम्म बिरामीलाई मात्र राख्न मिल्छ । अस्पतालका छाती रोग विशेषज्ञ तथा कोभिड संयोजक डा. निरज बम भन्छन्, ‘कोरोनाका बिरामी कम हुँदा नन्कोभिड बिरामीलाई उपचार गर्दै आएको टिचिङले वार्डलाई पुनः कोभिड वार्ड बनाउने भएका छौं ।’ त्...

खोप अभियान अस्तव्यस्त, सरकारी संयन्त्रले रेकर्ड नै दुरूस्त राख्न सकेन…..

काठमाडौँ — सुमन (नाम परिवर्तन) पेसाले स्वास्थ्यकर्मी हुन् । निजी अस्पतालमा कार्यरत उनले दुई साताअघि नै कोरोनाविरुद्धको तेस्रो मात्राको खोप लगाइसके । ‘सधैं संक्रमित बिरामीको उपचार गर्नुपर्छ, ओमिक्रोन झन् संक्रामक छ,’ ३० वर्षीय उनले भने, ‘सरकारले कहिले दिने हो टुंगो छैन, त्यही भएर लगाइहालेको ।’ उनले अनलाइन फाराम नै नभरी खोप लगाएका रहेछन् । ४५ वर्षीया विनीता (नाम परिवर्तन) सरकारी कार्यालयमा कार्यरत छ...

उपत्यकामा स्मार्ट लकडाउन…..

काठमाडौं, काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागु गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित ​ कडाइ गर्ने निर्णय गरेको हो । उपत्यकामा आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको छ । स्मार्ट लकडाउनको आदेश मंगलबार मध्यराति १२ बजेदेखि लागू भएको छ । अब सार्वजनिक स्थ...