नेपाली काँग्रेसमा १२१ जना केन्द्रीय सदस्य निर्वाचित…..

काठमाडौं , नेपाली काँग्रेसमा १४ औँ महाधिवेशनबाट १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । १६७ सदस्यीय केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन् । नवनिर्वाचित केन्द्रीय समितिमा ७७ जना खस आर्य, २३ जना आदिवासी जनजाति, १० जना दलित, ११ जना मधेशी, ७ जना थारु, ३ जना मुस्लिम, पिछडिएको क्षेत्रबाट २ जना र अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति १–१ जना सदस्य बनेका छन् । केन्द्रीय समितिम...

पुराना इन्टरनेट कम्पनीको मनोमानी प्रवृत्ति यतिबेला फेरिन थालेको छ…..

काठमाडौं, केही महिना अघिसम्म ३० मेगाबिट्स पर सेकेन्ड (एमबीपीएस) ब्याण्डविथ इन्टरनेटलाई मासिक १७८१ रुपैयाँ तिर्नुपथ्यो । यस्तै, प्रमुख इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले मासिक ३० एमबीपीएसभन्दा कम गतिको इन्टरनेट प्याकेज नै उपलब्ध नभएको बताउने गरेका थिए । आफूहरूले दिने इन्टरनेट प्याकेज नै लिन उपभोक्तालाई बाध्यकारी पारेका पुराना इन्टरनेट कम्पनीको मनोमानी प्रवृत्ति यतिबेला फेरिन थालेको छ । नेपालको इन्टरन...

देउवा- एमसीसी सम्झौता अनुमोदन गर्न हतारो, गठबन्धनमा संशय पैदा…..

काठमाडौँ — कांग्रेस महाधिवेशनबाट सभापति चुनिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले चार वर्षदेखि संसद्मा अड्किएको एमसीसी सम्झौता अनुमोदन गर्न हतारो देखाएपछि सत्ता घटक दलबीच गठबन्धनको भविष्यलाई लिएर संशय पैदा भएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले यही साताभित्र सम्झौता अनुमोदन गर्नुपर्ने भन्दै समर्थनका लागि आग्रह गरेपछि सत्ता घटक पाँच दलमध्ये माओवादी केन्द्र र एकीकृत समाजवादी अप्ठ्...

राष्ट्रिय सभामा एमालेको अवरोध, अनिश्चितकालका लागि स्थगित…..

काठमाडौँ — राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल एमालेको विरोध कायमै रहेपछि अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबार १ बजे बसेको राष्ट्रिय सभाको बैठकमा एमालेका सांसदहरूले सिटबाट उठेर अवरोध गरेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूलाई राष्ट्रिय सभा सञ्चालन हुन दिएर सदनको मर्यादा कायम रा...

एमसीसी संसद्‍मा लैजानेबारे गठबन्धनमै कुरा मिलेन…..

काठमाडौँ — अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई संसद्मा अगाडि बढाउने विषयमा गठबन्धन दलहरूबीचमै कुरा मिलेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्झौता अघि बढाउन ताकेता गरे पनि माओवादीले पुस ११–१३ मा हुने राष्ट्रिय सम्मेलनसम्म पर्खन आग्रह गरेको छ । सत्ता गठबन्धनको आइतबार बसेको बैठकले एमसीसीबारे अध्ययन गर्न तीन सदस्यीय समिति बनाएको छ । एकीकृत समाजवादीका...

उधौली पर्वले आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउँछ…..

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले किरात समुदायको महान पर्व उधौलीले नेपालका सबै धर्मावलम्बी, जातजाति भाषाभाषीबीच एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले उधौली पर्वको अवसरमा आज एक सन्देश जारी गर्दै नेपालको उच्च पहाडी भूभागमा ठूलो सङ्ख्यामा बसोबास गर्ने किरात समुदायद्वारा हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन मनाउने उधौली पर...

पहुँचवालाले धमाधम बुस्टर डोज लगाउँदै…..

काठमाडौं, नेपालमा आधा जनसङ्ख्याले पनि कोरोनाविरुद्धको खोप लगाएका छैनन् । यद्यपि पछिल्लो समय दुवै मात्रा खोप लगाएका पहुँचवाला अर्थात् टाठाबाठाले बुस्टर जोड धमाधम लगाएको पाइएको छ । पछिल्लो समय बुस्टर डोजको बारे चर्चा भइरहँदा पहुँच हुनेहरूले धमाधम खोप बुस्टर डोज लगाइरहेका छन् । तर, कोरोनाविरुद्धको खोप अभियान चलिरहँदा सरकारले बुस्टर जोड दिने निर्णय भने गरिसकेको छैन । सरकारी अस्पतालका एक अधिकारीले भने ...

कांग्रेसमा युवा पुस्ताको उदय, कम्युनिस्टमा बुढ्यौली…..

काठमाडौं ,नेपाली काँग्रेसको महामन्त्री पदमा विश्वप्रकाश शर्मा र गगन थापाले जितेको खबर बाहिरिँदै गर्दा सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा एमाले कार्यकर्ताहरू काँग्रेसका प्रौढ नेता गगन थापाकै बारेमा चर्चा–परिचर्चा गरिरहेका थिए । एमाले कार्यकर्ताले गगन र विश्वप्रकाशको चर्चा गरिरहेकै बेला एमालेका नवमनोनित नेता दुर्गा प्रसाईं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई भेट्न उनको कार्यकक्ष...

किर्ते जग्गाको १९ करोड कर्जा लिनेदिनेलाई किन चलाइएन ‘बैंकिङ कसुर’ मुद्दा ?…..

काठमाडौं, गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड कर्जा लेनदेन गर्ने समूहलाई विशेष सरकारी वकिल कार्यालय काठमाडौँले बैङ्किङ कसुर मुद्दा चलाउन अस्वीकार गरेको छ । बारामा अमात्यको नाममा रहेको १२ बिगाहा जग्गा धितो राखेर कुमारी बैङ्कको न्युरोड शाखाबाट १९ करोड ऋण लेनदेन गर्ने समूहबारे सिआईबीले बैंकिङ कसुरमा अनुसन्धान गरेर विशेष सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर, बुधवार...

हामी दिदी बहिनी सहकारी संस्था को १२औ साधारण सभा सम्पन्न

काठमाडौं । “बचत गरौं स्वाबलम्बी बनौ” भन्ने नाराका साथ स्थापना भएको हामी दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा मंसिर २५ गते गोरखा बचत तथा ऋण सहकारी संस्थाका बोर्ड आफ डाइरेक्टर श्री कृष्णा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि श्री कृष्णा सुब्बाले सहकारीमा आवद्ध सम्पूर्ण सदस्यहरुको जीवनसँग जोडिएकाले सबैले महत्व दिन सके ...

नर्सिङ अध्ययन गर्न करिब १० हजार विद्यार्थीकोआवेदन…..

काठमाडौँ — प्रमाणपत्र तहमा (पीसीएल) नर्सिङ अध्ययन गर्न करिब १० हजार विद्यार्थीले आवेदन दिएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ३० वटा शिक्षण संस्थाका लागि १ हजार १ सय २० कोटामा भर्ना आह्वान गरेकामा त्यति धेरै विद्यार्थीले आवेदन दिएका हुन् । उक्त कोटामा सशुल्क अध्ययन गर्न करिब साढे ७ हजार र छात्रवृत्तिमा अध्ययन गर्न २ हजारभन्दा बढी विद्यार्थीले आवेदन दिएको सीटीईभीटीक...

एमसीसी संसद्मा लैजाने तयारी गर्न प्रधानमन्त्रीको निर्देशन…..

काठमाडौँ — कांग्रेस सभापतिमा पुनः निर्वाचित भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको अनुदानसम्बन्धी सम्झौता अनुमोदनका लागि संसद्मा लैजाने तयारी थालेपछि सत्ता गठबन्धनमा रहेका अन्य दल सशंकित भएका छन् । देउवाले गठबन्धनमा सहमति नभए पनि एमसीसी संसद्मा पुर्‍याउने तयारी गरेका छन् । बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री देउवाले...