राप्रपामा नेताहरुबीच को बढी राजावादी देखिने भन्ने होडबाजी सुरु…..

काठमाडौँ — संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको राजनीतिक एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा प्रतिस्पर्धा उत्रिएका नेताहरुबीच को बढी राजावादी देखिने भन्ने होड सुरु भएको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको एकता महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धीहरुले आफूलाई बढी राजावादी देखाउन कोसिस गरेका छन् । भृकुटीमण्डपमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कमल थापाले ...

नयाँ र पुरानो भनेर कसैले पनि पार्टीमा विभाजनको रेखा कोर्न नहुने…..

काठमाडौं, राप्रपा अध्यक्ष कमल थापाले नयाँ र पुरानो पुस्ताको भनेर कसैले पनि पार्टीमा विभाजनको रेखा कोर्न नहुने बताएका छन् । पार्टीको बुधबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले नयाँ पुरानो, अग्लो होचो वा अन्य कुनैपनि बहानामा विभाजनको रेखा कोर्न नहुने बताएका हुन् । यसअघि सम्बोधनका क्रममा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले पार्टीमा युवापुस्ता नेतृत्वमा आउनुपर्ने भन्दै प...

न्यायालयमा आजदेखि नयाँ अध्याय सुरु, इजलास निर्धारण गोला प्रक्रियाबाट…..

काठमाडौँ — सर्वोच्च अदालतमा बुधबारदेखि न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको हो । यस्तो अभ्यास जिल्ला अदालतमा केही समय गरिए पनि पछि हटाइएको थियो । कमन ल’ प्रणाली अपनाउने अन्य मुलुकमा जस्तै नेपालमा पनि कुन मुद्दा कुन न्यायाधीशले हेर्ने भन्ने निर्णय गर्ने अन्तिम अधिकार ...

सौराहामा एमालेको मतदान, आचारसंहिताको धज्जी उडाइयो…..

चितवन, नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानमा निर्वाचन आचारसंहिताको उल्लंघन भएको पाइएको छ । आचारसंहितामा प्यानल बनाउन तथा समूहगत आधारमा नामावली वितरण गर्न नपाइने उल्लेख भएपनि त्यसको धज्जी उडाउँदै मतदान स्थलमै प्यानलको सूची वितरण गरेको पाइएको हो । एमालेको निर्वाचन आयोगले बनाएको आचारसंहितामा प्रष्ट रुपमा व्यक्तिगत रुपमा बाहेक समूहगत रुपमा प्रचारप्रसार गर्न, प्रचार सामग्री प्रकाशन तथा वितरण गर...

एमालेको नेतृत्व चयनका लागि मतदान जारी…..

चितवन — नेकपा (एमाले)को दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवार चयनका लागि मतदान जारी रहेको छ । मंगलबार बिहान ४ बजे केपी शर्मा ओलीले विद्युतीय मतदान गरेपछि निर्वाचन सुरु भएको थियो । बिहान २ बजेदेखि चुनाव हुने बताइए पनि केही सरेको थियो । एमाले दसौँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै मतदान गणना हुनेछ । पदाधिकारीको अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान...

केपी ओलीले छाने १९ पदाधिकारी, बिर्सिए नेम्वाङको नाम…..

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । ओलीले ‘सहमतिका लागि’ पदाधिकारीका यी नाम घोषणा गरिएको बताएका छन् । ओलीले आफूलाई अध्यक्षका रुपमा घोषणा गर्दा हलमा ताली गुञ्जिएको थियो । ‘सहमतिका लागि घोषणा गरिएका पदाधिकारीका नामहरु यस प्रकारका छन्’ भन्दै ओलीले बन्द सत्रमा भने, ‘अध्यक्षमा केपी शर्मा ओली । अध्यक्ष ओलीले ...

सहमतिको नाममा एमालेको बन्दसत्रमा हंगामा…..

काठमाडौं, नेकपा एमालेको बन्दसत्रमा शनिबार साँझ हङ्गामा भएको छ । उपमहासचिव विष्णु पौडेलले निर्वाचन नगरी प्यानल चयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई जिम्मा दिने प्रस्ताव सर्वसम्मतिले पारित गर्न बन्दसत्रमा पेस गरेपछि हङ्गामा भएको हो । पौडेलको उक्त प्रस्तावमाथि उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले कडा आपत्ति जनाएका थिए । पार्टीको नवौँ केन्द्रीय कमिटीको शुक्रबार बसेको बैठकले पदाधिकारी र सदस्यहरू थप गर्ने...

७५३ वटै पालिकामा माओवादीको सम्मेलन आज…..

काठमाडौं, नेकपा (माओवादी केन्द्र) ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । शनिबार १ बजे अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लागेका हुन् । माओवादीको केन्द्रीय निर...

नेकपा एमालेको बन्दसत्र आज…..

सौराहा, चितवन - नेकपा एमालेको दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए । ‘बिहान १० बजे बन्दसत्रको कारबाही सुरु हुनेछ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओल...

मलाई अप्ठ्यारा पार्नेहरूले आज प्रधानमन्त्रीका खुट्टा समातिरहेका छन्…..

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अप्ठ्यारा पार्नेहरूले नै आज प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समातिरहेको बताएका छन् । एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई विगतमा खुट्टा तान्ने र अप्ठ्यारो पार्नेहरूले नै अहिले प्रधानमन्त्री देउवाको खुट्टा समातिरहेको बताए । अध्यक्ष ओलीले भने–‘अहिलेको सकारबारे म केही भन्न चाहन्न । उहाँलाई हामीले आमन्...

एमाले महाधिवेशन उद्घाटन आज, नारायणी नदी किनारमा उद्घाटन हुँदै…..

चितवन — नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको आज शुक्रबार मध्यान्ह नारायणगढ नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । उद्घाटनअघि विभिन्न ठाउँबाट र्‍याली निस्कने छ । चितवन एमाले अध्यक्ष पार्वती रावलका अनुसार भरतपुरका सात ठाउँमा नेता कार्यकता भेला हुने छन् । त्यसपछि मुख्य तीन ठाउँबाट र्‍याली निस्कने छ । पूर्वी क्षेत्रका लागि भतपुरको केन्द्रीय बसपार्कबाट र्‍याली निस्कने छ । पश्च...

मसँग प्रतिस्पर्धा गर्दा लोकतन्त्र होचिँदैन…..

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनमा हुने पार्टीको १० औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न कसैलाई नरोक्ने बताएका छन् । आफूसँग अरूले प्रतिस्पर्धा गर्दा पनि केही फरक नपर्ने उनले जनाएका छन् । ‘मसँग प्रतिस्पर्धा गर्दा लोकतन्त्र होचिँदैन । प्रतिस्पर्धा गर्न पाइन्छ,’ उनले बुधबार बालकोटस्थित निवासमा भने । अध्यक्षमा फेरि उठ्ने औपचारिक घोषणा गरिनसकेका ओलीले आफूले पार्...