शेरबहादुर देउवा तीन दशकदेखि सत्ता र शक्तिमा…..

काठमाडौँ — लामो रस्साकस्सीपछि प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनी हाल पाँचौपटक मुलुकको प्रधानमन्त्री छन् । पार्टी र राज्यसत्ता दुवैको चाबी हातमा लिएर चुनावमा होमिएका देउवाले सभापतिमा पुनः बाजी मारेका हुन् । पहिलो चरणको निर्वाचनमा पाँच प्रत्यासीमध्ये कसैको पनि बहुमत नपुगेपछि दोस्रो चरणको मतदान भएको थियो । देउवा पार्टीभित्र दोस्रो पुस्ताक...

बेलायतमा ओमिक्रोनले एक जनाको मृत्यु…..

लन्डन — कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनबाट पहिलोपटक बेलायतमा एक जनाको मृत्यु भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ओमिक्रोन संक्रमितका कारण अस्पतालहरूमा चाप बढेको बताएका छन् । उनले सर्वसाधारणलाई सम्भव भएसम्म छिटो कोभिडविरुद्धको खोपको बुस्टर डोज लगाउन आग्रह गरेका बीबीसीले जनाएको छ । राजधानी लन्डनस्थित एक खोप केन्द्रको भ्रमण गर्दै जोन्सनले ‘ओमिक्रोनका लक्षणहरू मध्यम खालका हुने भन्ने मानसि...

काँग्रेस महाधिवेशनमा मतदान आज…..

काठमाडौं, नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब १३२ पदका लागि मतदान हुनेछ । निर्वाचन समितिका अनुसार सबै पदका लागि मत...

प्रचण्डपुत्रीलाई मेयरमा जिताउन खेलेको भूमिकाले कांग्रेसको चरम राजनीतिक विचलन…..

काठमाडौँ — कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँडको सहमतिको आलोचना गरेका छन् । शनिबार केन्द्रीय कार्यसमितिको सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले सत्तामा बसिरहने मनोविज्ञानबाट सभापति देउवाले माओवादीसँग सहमति गरेको आरोप लगाएका हुन् । सिंहको उम्मेदवारी घोषणापत्रमा भनिएको छ, ‘सभापतिजीले म...

काँग्रेस महाधिवेशनको उद्घाटन आज…..

काठमाडौं,  नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन शुक्रबार (आज) हुँदैछ। दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन हुँदैछ। उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ। उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए। कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभा...

निजी मेडिकल कलेजहरूले चर्को शुल्क असुल्दै…..

काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएका निजी मेडिकल कलेजहरूले भर्नाको मौका छोपेर विद्यार्थीसँग २ लाखदेखि १८ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क उठाउन थालेका छन् । अभिभावकका अनुसार विराटनगरको नोबेल मेडिकल कलेजले सबैभन्दा बढी १८ लाख रुपैयाँ थप शुल्क मागिरहेको छ । कलेजहरूले अतिरिक्त शुल्क असुलेको विषयमा चिकित्सा शिक्षा आयोगमै उजुरी परेका छन् । मेडिकल कलेजहरूले होस्टल बस्न बाध्यकारी निय...

मणिपाल कलेजले असुल्यो ६ लाख अतिरिक्त शुल्क…..

काठमाडौँ — पोखरास्थित मणिपाल मेडिकल कलेजले एमबीबीएस भर्ना हुन गएका विद्यार्थीसँग ६ लाख रुपैयाँका दरले अतिरिक्त शुल्क उठाएको विद्यार्थीले गुनासो गरेका छन् । मेरिट र म्याचिङअनुसार मणिपालमा भर्नाका लागि छानिएका विद्यार्थीले चिकित्सा शिक्षा ऐनअनुसार पहिलो किस्ताबापतको शिक्षण शुल्क विश्वविद्यालयको खातामा जम्मा गरिसकेका छन् । खान र बस्नबाहेक मेडिकल कलेजले विद्यार्थीसँग शुल्क लिनु गैरकानुनी हो । होस्टलमा...

कोरोनाविरुद्ध ‘बुस्टर’ डोज दिने सरकारको तयारी…..

काठमाडौं, सरकारले कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको खोपको तेस्रो मात्रा अर्थात् ‘बुस्टर’ डोज दिने तयारी गरेको छ । खोपको पहिलो र दोस्रो मात्रा लगाएका दीर्घरोगीलाई तेस्रो मात्रा खोप दिने तयारी गरिएको हो । आइतबार बसेको राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले सरकारलाई पहिलो र दोस्रो मात्रा खोप लगाएका तथा एन्टीबडी कम भएका दीर्घरोगी (क्यान्सर, मुटु, कलेजो, मिर्गौला, फोक्सोसम्बन्धी जटिल स्वास्थ्य समस्या भए...

सगरमाथा चढ्न नयाँ बाटो, आरोहण गर्न कम जोखिमयुक्त नयाँ रुट…..

काठमाडौँ — फ्रान्सेली आरोही मार्क बटार्डले सगरमाथा आरोहण गर्न कम जोखिमयुक्त नयाँ रुट (गोरक्सेप हुँदै पहिलो शिविरको बाटो) पत्ता लगाएका छन् । बर्सेनि हिमपहिरो र हिमखाडलमा परेर आरोहीले ज्यान गुमाउनुपर्ने घटनाका कारण विश्वभर सगरमाथाको खुम्बु आइसफल ‘ज्यानमारा’ क्षेत्रका रूपमा चिनिन्छ । आरोहणसम्बन्धी अनलाइनहरूका अनुसार हालसम्म खुम्बु आइसफलमा कम्तीमा ४५ जना आरोहीले ज्यान गुमाइसकेका छन् । यही ज्यानमारा खु...

थापा भर्सेस लिङ्देन,राप्रपामा मतदान आज…..

काठमाडौं, प्रतिनिधि विवादका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि एक दिन ढिला गरी शनिबार मतदान हुँदैछ । मतदानबाट अध्यक्षसहित १४९ सदस्य कार्यसमिति चयन हुनेछ। वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ । थापा समूहबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, वि...

९ देशका नागरिकलाई नेपालमा प्रतिबन्ध…..

काठमाडौं,कोभिड–१९ को ओमिक्रोन नामक नयाँ भेरियन्टको त्रास बढ्दै गएपछि सरकारले अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलु...

भारतमा देखियो ओमिक्रोन, नेपाल पनि जोखिममा…..

काठमाडौँ — तीव्र गतिमा फैलिरहेको नयाँ भेरिएन्ट ओमिक्रोन छिमेकी देश भारतमा पुष्टि भएसँगै नेपाल पनि जोखिममा परेको छ । बिहीबार दुई जनामा पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । ६६ वर्ष र ४६ वर्षका पुरुषमा यो भेरिएन्ट पुष्टि भएको छ । सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा यो भेरिएन्ट पुष्टि भएकोमा बिहीबार साँझसम्म भारत गरी ३० देशमा फैलिसकेको छ र ३७५ जना संक्रमित भ...