असारदेखि कलंकीको अन्डरपासमा गाडी सरर………

जेठ ११, २०७५   काठमाडौं - कलंकी चोकमा निर्माणाधीन अन्डरपास अन्तिम चरणमा पुगेको छ ।  चक्रपथ परिक्रमा अन्तर्गत कलंकी-कोटेश्वर सडक विस्तार कार्य पनि छिट्टै सम्पन्न हुँदै छ । सरकारले चीन सरकारसँग समन्वय गरेर कलंकी क्षेत्रमा जाम कम गर्ने उदेश्यले डेढ बर्ष अघि पहिलोपटक अण्डरपास सडक योजना अघि सारेको हो । काठमाडौं चक्रपथ सडक सुधार योजना प्रमुख प्रकाश भण्डारी अन्डर पास सडक निर्माण अन्तिम चरणमा पुगेको बताउँ...

प्रतिपक्षीको आलोचनामाथि सत्तापक्षको प्रतिरक्षा………

११ जेठ २०७५,  काठमाडौं – सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायतले आलोचना र सत्तारुढ दलका सांसदले प्रतिरक्षा गर्ने क्रम जारी छ। बुधवारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तापक्षीय दलका सांसदले समर्थन गर्दै छुटेका विषयलाई बजेटमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिए भने प्रतिपक्षी दलका विकास र कार्यान्वयनमा स्पष्ट खाका आउन नसकेको...

कर्मचारीको विदेश भ्रमणमा कडाइ………….

११ जेठ २०७५,   काठमाडौं – सरकारले कर्मचारीको विदेश भ्रमणमा थप कडाइ गरेको छ। अनावश्यक तालिम, अध्ययन र अवलोकनका नाममा विदेश भ्रमणमा नजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको निर्देशन अवज्ञा गर्दै कर्मचारीहरु विदेश जाने क्रम नरोकिएपछि सरकारले त्यसमा थप कडाइ गरेको हो। अनावश्यक काममा विदेश भ्रमणमा जाँदा राज्य कोषबाट बर्सेनि करोडौं रुपैयाँ खर्च भएपछि यसलाई व्यवस्थित गर्न सरकारले केही साताअघि...

उच्च जोखिम , तयारी छैन……….

११ जेठ २०७५,    काठमाडौं – छिमेकी मुलुक भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित ११ जनाको ज्यान लिइसकेको छ। नेपाल पनि यो भाइरस संक्रमणको उच्च जोखिममा छ तर यहाँ यो रोग भित्रिन नदिन तथा भित्रिइहालेमा नियन्त्रण गर्न कुनै पूर्वतयारी छैन। निपा भाइरस सार्नसक्ने ‘टेरोपस’ प्रजातिको चमेरो नेपालमा पनि भएको औंल्याउँदै विश्व स्वास्थ्य संगठनले भारत, बंगलादेशसहित नेपाललाई पन...

भट्टराईलाई विष्टले श्रम मन्त्रालय लगे………

१० जेठ २०७५,   काठमाडौं– सिण्डिकेटविरुद्ध कडा कदम चालेर चर्चामा आएका सहसचिव रुपनारायण भट्टराईको श्रम तथा रोजगार मन्त्रालयमा सरुवा भएको छ। सरकारले विहीबार गरेको २८ सहसचिवको सरुवामा भट्टराई श्रम मन्त्रालय पुगेका हुन्। सिण्डिकेटविरुद्ध एक्सन लिँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको सरुवा ‘कारवाही’मा परेका यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक भट्टराईलाई श्रम तथा रोजगारमन्त्री...

काठमाडौँ आएर आत्मसमर्पण………..

जेठ १०, २०७५   काठमाडौं– सुन तस्करी छानविन गर्न बनेको समितिले भारतको कलकत्तामा रहेका सुन तस्कर चूडामणि उप्रेती ‘गोरे’ बस्ने फ्ल्याट लोकेट गरिसकेका थिए । छानविन समितिले विशेष ब्युरोको प्रहरी टोलीलाई कलकत्ता पठाएको खबर पाएसँगै ‘गोरे’ त्यहाँबाट भागेर पश्चिम बङ्गालको सिलगुढी पुगेका थिए ।  मङ्गलबार गृहमन्त्रालयमा सुन तस्करी छानविन समितिका संयोजक सहसचिव ईश्वरराज पौडेलले पत्रकार सम्मेलन ‘गोरे’ काठमाडौंको...

गैरकानुनी स्वास्थ्यसंस्थाको जगजगी……….

१० जेठ २०७५,   इटाटार - सिरहाको औरही गाउँपालिका–४ कमलपुर टोलकी रामबत्ती देवी निसाफ पर्खेर बसेको सात महिना भयो । लहान–३ स्थित लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृहको लापरबाहीका कारण गर्भको बच्चा खेर गएको र अपरेसनको नाममा चर्को रकम असुलेको उजुरीउपर सुनवाइ नहुँदा उनी थप पीडित बनेकी छन् । गत कातिक २९ गत्ते रामबत्तीलाई अचानक रक्तश्राव हुन थालेपछि परिवारले एम्बुलेन्स बोलाएर उपचारका लागि लहान ल्याए । एम्ब...

चुइगम पड्काउन २२ करोड………

जेठ १०, २०७५   काठमाडौँ । नेपालमा व्यापारघाटा चुलिनुको कारण अनावश्यक वस्तुको खपत हुनु पनि हो । स–साना कुरामा परनिर्भर हुने नेपाली शैलीले पनि थप व्यापारघाटा बढ्न मद्दत गरेको छ । चालु आर्थिक वर्षको (२०७४÷७५) ९ महिनामा २२ करोड ५ लाख रुपियाँको विदेशी चुइगम नेपालमा खपत भएको छ । अर्थात नेपालीहरूले यस अवधिमा सो रकम बराबरको चुइगम पड्काएका छन् । चैतसम्म ७ वटा देशबाट चुइगम आयात भएको छ । सबैभन्दा बढी इन्डिया...

वडादेखि केन्द्रसम्म यसरी समायोजन हुँदैछन् ……….

जेठ १०, २०७५   काठमाडौं– एमाले माओवादीबीच जेठ ३ गते पार्टी एकता भयो । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रह्यो । पार्टी एकतापछि दुवै पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र सबै जनवर्गीय सङ्गठ स्वतः विघटन भएका छन् । नेपाल कम्युनिस्ट पार्टीको संरचना कस्तो रहने भन्नेबारे पार्टी एकतापूर्व कार्यदलले तयार पारेको विधान मस्यौदामा उल्लेख छ । त्यसो भए अव नयाँ कमिटी कस्ता हुन्छन् र कहिले गठन हुन्छन् ? नेकपाका...

मापदण्डविपरीत गाडी चलाउन पाउनुपर्ने माग………

जेठ १०, २०७५    सिन्धुली - सिन्धुली सवारी चाप र भारवहन क्षमताभन्दा बढीका गाडी चलाउन प्रशासनले कडाइ गरेपछि उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु मापदण्डविपरीत सवारी सञ्चालन सुचारु गर्न मन्त्रालयमै पुगेका छन् । उनीहरुले भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठलाई भेटेर मापदण्डविपरीत यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन् । बढी भार क्षमताका गाडीका कार...

राजपा फकाउँदै सरकार………

१० जेठ २०७५,   काठमडौं - संघीय समाजवादी फोरम नेपालसँग सम्बन्ध चिसिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेस केन्द्रित अर्को दल राष्ट्रिय जनता पार्टी नेपाललाई सरकारमा ल्याउने तयारी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनपकुर भ्रमणका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बोलेको अभिव्यक्तिपछि प्रधानमन्त्री र संघीय फोरमबीच सम्बन्ध चिसिएको छ। प्रधानमन्त्रीले मंगलबार साँझ राजपा ...

मिस नेपाल चेपाङ बस्तीमा………

जेठ १०, २०७५   हेटौंडा - मिस नेपाल वर्ल्ड शृङखला खतिवडाले मकवानपुरको विकट चेपाङवस्तीमा स्वास्थ्य संस्था स्थापना गरिने बताएकी छन् । यही सिलसिलामा उनी मंगलबार कैलाश गाउँपालिका ७ भार्ता पुगिन् । उनले केही चेपाङ परिवारका घरमै पुगेर भलाकुसारी गरिन् ।  ३२ बर्षीया एक चेपाङ महिलाका ९ छोराछोरी रहेको सुन्दा उनले अचम्म मानिन् । मिस नेपाललाई भेट्न आएका अिधिकांश चेपाङ युवतीको विवाह भइसकेको थियो । गाउँमा स्वास्...