२० जेठ २०७५, (गोरखा) – धार्चे गाउँपालिका–३ उहिया स्वास्थ्य चौकीमा निःशुल्क पाइने भनिएको जीवनजल पाइँदैन। झाडापखालाको औषधि जीवनजल लिन पुगेका बिरामी रित्तै फर्कन्छन्। ‘जीवनजल सकिएको धेरै भयो, कहिले आउँछ यसै भन्न सकिन्न,’ स्वास्थ्य चौकीका अहेव शुभनारायण दासले भने, ‘सामान्य रोग लाग्दा निःशुल्क दिनुपर्ने औषधि दिन सक्दैनौं। स्थानीय बासिन्दा रोग लाग्दा बेवास्ता गर्छन्, च्याप्दै गएपछि झाँक्रीकहाँ जान्छन्।...
समाचार
गाउँको सौन्दर्यतामा निखार………
२० जेठ २०७५, दोलखा– हरियो जस्ताले छाएका एकै रङ्गका छानाले गाउँको सौन्दर्यतामा निखार थपिदिएको छ।वारीबाटै रङ्गीन जस्ताले सुन्दर देखिने यो बस्तीमै टेकेपछि भने अझ फरकानुभुती हुन्छ। एउटै छानो, गाउँकै माटो र सिप प्रयोग गरेर निकालिएको ईट्टाका उस्तै गाह्रो, एकै प्रकृतिका झ्याल ढोका, भुगोलको बनावट अनुसार लहरै मिलेर बनेको समान डिजाईन्का घर, प्राय घर अगाडि फराकिलो आंगन। घरहरु जति बनेका छन प्राय सबै सडकक...
७ बर्षपछि उपेन्द्र यादव सत्ताामा……..
जेठ १९, २०७५ काठमाडौं - सात वर्षदेखि सत्ताबाहिर रहेर आन्दोलनमा बिताएको संघीय समाजवादी फोरमले शुक्रबार पुनः सत्तारोहण गरेको छ । २०६८ मा झलनाथ खनालको सरकारयता बनेका कुनै पनि सरकारमा ऊ सामेल भएन । यसपालि भने अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा केपी ओली सरकारमा आएको छ । यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री बनेका छन् । यादव यसअघि दुई पटक परराष्ट्रमन्त्री र राई ...
केन्द्र र प्रदेश सरकार परिपूरक………
१९ जेठ २०७५, काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले केन्द्रीय सरकार र प्रदेश सरकार एकअर्काको प्रतिस्पर्धी नभई परिपूरक संस्था भएकाले सोही अनुसार बजेट विनियोजन गरेको बताएका छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले भने, ‘संघ र प्रदेशलाई यहाँ प्रतिस्पर्धीका रुपमा हेरियो, खासमा प्रदेश र संघ एकअर्काका परिपूरक हुन्, प्रतिस्पर्धी होइनन्,’ अर्थमन्त्री खत...
सत्तापक्षीय सांसदकै आपत्ति…….
१९ जेठ २०७५, काठमाडौं - आर्थिक वर्ष २०७५- ७६ का लागि प्रस्तावित बजेटप्रति सत्तापक्षीय सांसदले नै असन्तुष्टि जनाएका छन् । स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमका नाममा सांसदका लागि छुट्याइएको रकमको खर्चप्रक्रियाप्रति सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा सदस्यले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा संघीय समाजवादी फोरमका प्रदीप या...
गहना बेचेर सडक निर्माण……..
१९ जेठ २०७५, बझाङ - तलकोट गाउँपालिकाका स्थानीयले सुनका गहना बिक्री र कमाइखाने जग्गा बन्धकी राखेर ६ किलोमिटर सडक निर्माण गरेका छन् । तलकोट –५ का खौला, बेतकाला, भण्डारी र कोट गाउँका स्थानीयले यसरी ६ किलोमिटर सडक निर्माण गरी गाउँमै गाडी पुर्याएका हुन् । सडक निर्माण खर्च जुटाउन सात तोला सुनका गहना बिक्री र जग्गा बन्धकी समेत राख्नुपरेको स्थानीयले बताए । एक सातादेखि सो सडकमा जिप गुड्न थालेका छन् । सडक...
गाउँमा सिंह आए, सिंहदरबार आएन………..
१८ जेठ २०७५, गत वर्ष वैशाखमा स्थानीय तहको निर्वाचन हुँदा शंखरापुर नगरपालिका– ८ का डिकबहादुर थिङ निकै खुसी थिए । २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनले गाउँमा नयाँ उत्साह ल्याउने उनलाई लागेको थियो । त्यसबेला ‘गाउँमै सिंहदरबार’को नारा घन्किएकाले पनि उनलाई जनप्रतिनिधि आएपछि केही होला भन्ने लागेको थियो ।त्यसबेला नेताहरूले गाउँमै सिंहदरबार आइपुग्लाझैँ भाषण समेत गर्थे। गाउँ–गाउँमा सिंहदरबार होइन, सिंहच...
बजेट भाषणलगत्तै मूल्यवृद्धि…….
जेठ १८, २०७५ काठमाडौं - बजेट भाषणलगत्तै कोटेश्वर निवासी चन्दा पौडेल फ्रिज खरिद गर्न न्युरोड पुगिन् । व्यवसायीले भन्सार बढेको जनाउँदै बजारभाउ भन्दा थप ५ प्रतिशत बढी रकम असुल्न खोजे । ‘बजेट भाषणको केही दिनपछि मूल्य बढ्नु स्वाभाविक हुन्छ,’ उनले भनिन्, ‘तर, भाषणसँगै बढी मूल्य तिर्न बाध्य भएँ ।’ पौडेलजस्तै इलेक्ट्रोनिक उपभोक्ता मूल्य वृद्धिको मारमा परिसकेका छन् । अत्यावश्यक खाद्य वस्तुमा पनि व्यवसायी...
सिन्डिकेट खारेजीको महुसस भएन……….
१८ जेठ २०७५, काठमाडौं – ‘यातायातमा सिन्डिकेट खारेज भयो’ माधव थापाले पत्रपत्रिकामा यस्तैयस्तै शीर्षकमा धेरै समाचार पढे। समाचार पढेपछि थापालाई लागेको थियो, ‘सिन्डिकेट खारेज भएछ। अब उपत्यकामा आवतजावत गर्न सहज हुने भयो।’ भक्तपुरका थापा काठमाडौंमा एक बहुद्देश्यी सहकारीमा काम गर्थे। उनी दिनहुँँ सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यतामा थिए। सिन्डिकेट अन्त्य भएको समाचार पढेपछि उनी खुसीले ...
हङकङमा मनाइयो २५६२ औं बुद्ध जयन्ती
२७ मे, हङकङ– विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै हङकङमा २५६२ औं बुद्ध जयन्ती मनाइयो । याउ तेई कम्यूनिटी हलमा आयोजित उक्त कार्यक्रमका लागि नेपालबाट सूर्योदय बुद्ध बिहारका प्रमुख एवं नेपाल धरानमा निर्माणाधिन थाउजेण्ड बिग बुद्धका अभियन्ता भन्ते नारायण बहादुर आले तथा “बुद्ध वाज वर्न इन नेपाल” का अभियन्ता एवं चर्चित पप गायक धिरज राई आएका थिए । थाउजेण्ड बिग बुद्ध निर्माण समितिका अध्यक्ष प्रदिप थापाको ...
७३ औं साहित्य श्रृंखलामा चित्रकार भ्यान गकको जीवनी
२७ मे, हङकङ– चर्चित होल्याण्डी चित्रकार भ्यान गकको जीवनी संगै श्रृंखलाको ७ औं वार्षिकोत्सव तयारी बारे छलफल, सृजना वाचन तथा समीक्षा गर्दै श्रृंखलाका संयोजक डी.बी. पालुङ्वाको अध्यक्षतामा ७३ औं साहित्य श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो । हङकङ नेपाली महासंघको वार्षिकीमा साहित्य विधामा सम्मानित तथा यस वर्षको पारिजात पुरस्कार समेत हात पार्न सफल श्रृंखलाकी सह–संयोजक सुनिता गिरीलाई स...
बाहिर कसैलाई भनिस् भने मार्छु भन्थे………
जेठ १७, २०७५ काठमाडौँ । रक्षा नेपालको रोहबरमा रहिकी पूजा बोहोरा आफूलाई रक्षा नेपाल सञ्चालिका मेनुका थापाले याताना दिँदै राखेको बताएकी छिन् । २०६८ सालमा सामूहिक बलात्कार भएकी पूजा त्यस पछि रक्षा नेपालको रोहबरमा थिइन् । त्यसयताको अहिले सम्मको समय पूजाले रक्षा नेपालमानै बिताएकी थिइन् । तर, अहिले उनी त्यस संस्थाबाट पनि निकालिएकी छिन् । पीडित पूजाले रक्षा नेपालले पीडितको रक्षा गर्नुको सट्टा झनै पिडा ...
















