२१ जेठ २०७५, सोल- अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको छ। अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक फेर बदललाई निकै चासोपूर्ण रुपमा लिइएको छ। यस चासोका कारण दक्षिण कोरिया पनि चनाखो बनेको बताएको छ। उसले वार्ताकै मुखमा आएर भएको यस फेरबदलको प्रभाव के हुन सक्ला...
समाचार
नारायणगढ–मुग्लिन सडक विस्तार………..
२१ जेठ २०७५, चितवन – चट्टान फोरेर सडक विस्तार गर्ने काम पक्कै पनि कठिन हुन्छ। यस्तै चट्टान फोरेर नारायणगढ–मुग्लिन सडक विस्तारको काम तीन वर्षदेखि गरिँदैछ। अहिले यो सडकखण्डमा अन्तिम चरणको निर्माणको काम भइरहेको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार अब ४ सय ५० मिटर सडकमात्र कालोपत्रे गर्न बाँकी छ। निर्माणका हिसावमा निकै अप्ठेरो मानिएको यो सडकखण्डमा दुई वर्षमा काम सक्ने भन्दै सन् २०१५ को अप्रिलमा स...
कालीमाटी तरकारी बजारमा खुलेआम लुट…………..
जेठ २१, २०७५ काठमाडौं – सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार हटाएपनि देशका अन्य क्षेत्रमा चरम रुपमा एकाधिकार कायमै रहेको छ । विशेष गरी दैनिक उपभोग्य वस्तुको कारोबार हुने निकाय तथा क्षेत्रमा समेत चरम रुपमा एकाधिकार रहेको छ । खेती गर्ने किसान सबैभन्दा बढी एकाधिकारको मारमा परेका छन् । जुन सुकै सरकार आएपनि किसानले राहत नपाएको र विचौलिया भने दिन दिनै करोडपति हुने अवस्था रहेको छ । खेती गर्ने किसान ...
अझै छोडिनन् प्रेरणाले विजया घर………..
२१ जेठ २०७५, काठमाडौं – प्रेरणा राज्यलक्ष्मी सिंहले ऐतिहासिक ‘विजया घर’ छोड्न अटेर गरेकी छन्। पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले छाउनीस्थित १५ रोपनीमा रहेको घरजग्गा बुबाले दाइजोमा दिएको भन्दै छोड्न अटेर गरेकी हुन्। सर्वोच्च अदालतले सार्वजनिक सम्पत्ति कसैका नाममा दाइजो दिन नपाइने भन्दै उक्त घरजग्गा नेपाल ट्रस्टका नाममा ल्याई संरक्षण गर्न निर्देशनात्मक आदेश यसअघि नै गरिसकेको छ। राजसंस्थाको सम्...
के गर्दैछन् ‘भिआईपी’ कैदी……….
२१ जेठ २०७५, काठमाडाैं – डिल्लीबजार कारागारमा पूर्वप्रहरी महानीरिक्षक ओमविक्रम राणा, प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हत्या गरेर सर्वस्वसहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालगायत कैद जीवन बिताइरहेका छन्। जेल पर्नुअघि प्रतिष्ठित सामाजिक र सुविधाभोगी जीवन ...
सुन तस्करी र हत्या प्रकरणको अनुसन्धान त्रुटिपूर्ण……….
जेठ २१, २०७५ नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरूले सनम शाक्यको हत्या र ३३ केजी सुन तस्करी प्रकरणमा मन्त्रिपरिषद्ले गठन गरेको विशेष समितिको अनुसन्धान त्रुटिपूर्ण रहेको औंल्याएका छन् । पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी, पूर्वडीआईजीहरू हेमन्त मल्ल र रमेश खरेलले सञ्चारकर्मीहरूसँग अनुसन्धानमा त्रुटि रहेको र यस्तो अभ्यासले उच्च जोखिम मोलेर ‘अन्डरकभर अप्रेसन’ गर्ने प्रहरीलाई हतोत्साही गर्ने बताएका छन् । ...
ठेकेदारसँगै सरकारी कर्मचारी पनि दोषी……….
२१ जेठ २०७५, धनगढी – गृहमन्त्री रामबहादुर थापाले समयमा काम नगर्ने ठेकेदारको विवरण संकलन गरी कारबाही गर्न निर्देशन दिएपछि योजना निर्माणमा भइरहेको लापरबाही र ढिलासुस्ती छताछुल्ल भएको छ। समयमा योजना सम्पन्न नहुनुमा ठेकेदार मात्र नभई ठेक्का सम्झौता गर्ने सरकारी कार्यालय पनि दोषी भएको जानकार बताउँछन्। सम्झौता गर्ने बेला समयमा काम सम्पन्न नभए कानुनबमोजिम कालोसूचीमा राख्ने, ठेक्का रद्द गर्ने, बैंक जमा...
कर्ण शाक्यले निर्माण गरेको होटल बारे छानविन………..
२० जेठ २०७५, काठमाडौं– सरकारले फेवाताल किनारामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टबारे छानविन गर्न समिति गठन गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा समिति गठन भएको हो। समितिका सदस्यमा नापी विभागबाट प्रशान्त घिमिरे, मालपोतबाट कानून अधिकृत विष्णु घर्ति, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सिनियर डिभिजनल क...
स्याउसँग सुन्तलाको तुलना………….?
२० जेठ २०७५, काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले प्रस्तुत गरेको बजेटलाई अघिल्ला वर्षका बजेटसँग तुलना गरेकोमा रिसाएका छन्। आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेटमा सांसदले उठाएका प्रश्नको आइतबार जवाफ दिंदै अर्थमन्त्री खतिवडाले स्याउ र सुन्तलाको तुलना हुननसक्ने बताए। उनले भने– ‘बजेटको छलफलमा मलाई कसैले माथि उचाल्नु भो, कसैले थचार्न खोज्नुभयो। बजेट महत्वाकांक्षी, संघीयताअनुरुप नभएको भन्न...
अधिकार कटौतीको विरोधमा एकजुट…………
२० जेठ २०७५, मकवानपुर– संघीय सरकारले आफूहरुलाई थोरै अधिकारमा सीमित गर्न खोजेको भन्दै सातै प्रदेशका अन्तरिक मामिला तथा कानून(गृह)मन्त्रीहरुले खबरदारी गरेका छन्। संघीय सरकारका गृहमन्त्रीको अधिकार अत्यन्त धेरै राखेर प्रदेशका गृहमन्त्रीको अधिकार अत्यन्त कम तोकिएको भन्दै सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले आइतबार हेटौंडामा छलफलगरि ४ बुँदे सहमति गरेका छन्। प्रदेश प्रहरी र प्रदेश अनु...
चट्टानसँग पौठेजोरी………..
२० जेठ २०७५, कालिकोट- कर्णाली करिडोर नेपाली सेनाले निर्माण गरिरहेको छ। भौगोलिक अवस्थाका कारण करिडोर निर्माण भने त्यति सहज छैन। नेपाली सेनाको सडक निर्माण कार्य दलले कर्णाली करिडोरको अधिकांस चट्टाने भिर छिचोल्दै आफ्नो काम अघि बढाएको छ। सेनाले लालिघाटदेखि कालिकोट रबाजुराको सीमाना हिल्सासम्म ३८ किलोमिटर सडक निर्माण गरेको छ। वर्षौसम्म अलपत्र परेको सडक नेपाली सेनाले ट्रयाक खोलेपछि कर्णालीवासीको मुहार...
ठेकेदार निगरानीमा……….
२० जेठ २०७५, सुर्खेत – सम्झौताअनुसार तोकिएको समयमा काम नसक्ने ठेकेदारविरुद्ध कर्णाली प्रशासन कडा बन्दै गएको छ । कर्णाली प्रदेशभित्र सञ्चालित योजना सम्झौताअनुसार म्यादभित्रै सम्पन्न नगर्ने ठेकेदार र उनीहरू सम्बद्ध कम्पनीको विवरण संकलन गरेर गृह मन्त्रालयमा पठाउनेदेखि स्थानीयस्तरमै पनि कारबाही प्रक्रिया सुरु गरिएको क्षेत्रीय प्रशासक रामप्रसाद थपलियाले जानकारी दिए। अधिकांश जिल्लाले सम्झौताअनुसार समय...













