नेपाल टेलिकमको बिलिङ टेण्डरमा चलखेल भएको भेटियो…..

काठमाडौं-      नेपाल टेलिकमका कर्मचारीहरूले मिलेमतोमा निश्चित कम्पनीहरूका लागि अनुकूल हुनेगरी टेण्डर निकालेको खुलेको छ । नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्काका लागि निकालिएको टेण्डरमा अनियमितता भएको प्रश्न उठेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अध्ययन समिति बनाएको थियो । उक्त समितिले ‘निश्चित कम्पनीको निश्चित मोडेललाई मात्रै अनुकूल हुनेगरी टेण्डर निकालेका कारण प्रतिस्पर्धा हुन नपाएको’ निचोड ...

सिमरामा बुधबारदेखि सुरु भएको तनाव अहिले पनि जारी…..

काठमाडौं -    बाराको सिमरामा बुधबारदेखि सुरु भएको तनाव अहिले पनि जारी छ । बिहीबार प्रशासनले कफ्यु लगाउँदा पनि त्यसको प्रवाह नगरी जेनजीहरूले अहिले बारामा प्रदर्शन गरिरहेका छन् । स्थिति तनावग्रस्त बनेपछि दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू जारी समेत गरेको छ । जेनजीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले नेकपा एमालेबाट निर्वाचित दुई वडाध्यक्षलाई पक्राउ गरेको छ । जसमा ४१...

प्रचण्डको ‘यू टर्न’ले दुबिधामा माओवादी कार्यकर्ता…..

काठमाडौँ -     माओवादी जनयुद्धका मूल नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको मार्गदर्शक सिद्धान्त माओवाद त्यागेर नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरे । कात्तिक १६ गते पेरिसडाँडामा माओवादी, एकीकृत समाजवादीलगायत ८ दलबिच पार्टी एकता सहमतिमा हस्ताक्षर भएको थियो । कात्तिक १९ गते भृकुटीमण्डपमा संयुक्त राष्ट्रिय भेला गरी नेपाली कम्युनिस्ट पार्टी घोषणा भयो । खासमा १२ वटा वामपन्थी घटकसँग एकता भनिए ...

बहाना बनाएर आफैँ चढ्छन् कोषका पदाधिकारी

बुटवल -      रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित योगीकुटीमा बस्ने विनोद श्रेष्ठ गत शनिबार बहिनीसँग बुद्ध जन्मस्थल लुम्बिनी पुगे । जापानमा बस्ने बहिनी बिदामा घर आएको बेला उनीहरू शनिबार बिहानै लुम्बिनी घुम्न पुगेका थिए । बहिनीले रामग्राम जाने रुचि देखाएपछि विनोदले ईभी गाडी बुक गरे । सार्वजनिक गाडीमा जान झन्झट लागेपछि बहिनीकै इच्छअनुसार महँगो शुल्क तिरेर भए पनि उनीहरू रामग्राम घुम्न निस्किएका थिए । ...

जेनजीले एमाले नेताको आगमन रोक्न विमानस्थल नै घेराउ…..

बारा-      बुधबार बाराको सिमरामा एकाएक तनाव, झडप र कर्फ्युको अवस्था निम्तियो । नेकपा एमालेका नेता महेश बस्नेत लगायतको पूर्वनिर्धारित राजनीतिक कार्यक्रमलाई लक्षित गरी ‘जेनजी’ प्रदर्शनकारीहरूले गरेको विरोधले उग्र रूप लिँदा उक्त क्षेत्र नै अस्तव्यस्त मात्रै बन्न पुगेको केन्द्रीय राजनीतिमा समेत हलचलको स्थिति बनेको छ । विमानस्थल क्षेत्रमा प्रहरीसँग झडप, अश्रुग्यास प्रहार र अन्ततः कर्फ्युको घोषणा जस्तो ...

गाउँपालिकालाई पछ्याउँदै महानगरहरू…..

काठमाडौं -      २४ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावलीको तेस्रो संशोधन गरी वर्गीकरण नगरिएका पालिकाहरूलाई पनि जग्गा कित्ताकाट गर्न दिने निर्णय गर्‍यो । ७५३ मध्ये ४९१ पालिकाले तीन वर्षमा समेत वर्गीकरण नगरेपछि सरकारले आगामी असार मसान्तसम्म कित्ताकाट गर्ने समय दिएको हो । २०७६ सालमा बनेको भूउपयोग ऐन र २०७९ को भूउपयोग नियमावलीअनुसार भूमिको समुचित उपयोग र प्रभावकारी व्यवस्थापनका ...

एमालेमा शक्ति संघर्ष को बन्ला महासचिव ?…..

काठमाडौं -     नेकपा एमालेको मंसिर अन्तिम साता हुने एघारौं महाधिवेशनमा नेतृत्व चयन चुनावी प्रतिस्पर्धाबाट हुने लगभग निश्चित भएको छ । चारपटक प्रधानमन्त्री बनिसकेका केपी ओलीलाई तेस्रोपटक अध्यक्षमा रोक्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मैदानमा उत्रिने निश्चित छ । पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएकी छन् । ओलीसँग आफैं भिड्ने मनसायमा रहेकी भण्डारीको पार्टी सदस्यता नै नवीकरण नगरिएपछि उ...

दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध आजै सडकमा उत्रिन्छौं…..

काठमाडौं -      दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने सो पार्टीका नेताहरुले बताएका छन् । नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले अनलाइनखबरसँग भने, ‘हाम्रा नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर...

अदालतले सुनायो शेख हसिनालाई मृत्युदण्डको फैसला…..

ढाका -     बंगलादेशमा गत वर्ष विद्यार्थी आन्दोलन दबाउन ‘मानवताविरुद्धको अपराध’ गरेको भन्दै त्यहाँको अदालतले तत्कालीन प्रधानमन्त्री शेख हसिना र उनकै सरकारको गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले सोमबार तीन अभियुक्तमध्ये दुई जनालाई मृत्युदण्ड हुने सजाय सुनाएको हो । अर्का अभियुक्त तत्कालीन प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल माम...

बेलायतमा शरणार्थी भएर पीआर लिन २० वर्ष लाग्ने…..

लन्डन -   बेलायत सरकारले शरणार्थीसम्बन्धी नीतिमा व्यापक परिवर्तनको घोषणा गरेको छ । यो नयाँ नीति कार्यान्वयनमा आउँदा शरणार्थी भएर बेलायतको पीआर लिन २० वर्ष लाग्नेछ । बेलायतको नयाँ नीतिले नेपालीहरु पनि प्रभावित हुने जानकारहरु बताउँछन् । बेलायतमा शरण दाबी गर्ने आप्रवासीहरुको संख्या अत्याधिक बढिरहँदा सरकार नयाँ नीति ल्याउने अवस्थामा पुगेको हो । बेलायतको ‘पपुलिष्ट’ पार्टी रिफर्म यूकेका कारण लेबर सरकारल...

आवरणमा पार्टी अध्यक्ष, भित्र अर्कै नेता…..

काठमाडौं -      आगामी २१ फागुनमा तोकिएको चुनावमा भाग लिने प्रयोजनका निम्ति दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिएको छ । आयोगले तोकेको समयभित्र ३५ वटा दलले दर्ता निवेदन दिएका छन् । यसमध्ये ७ वटाले दल दर्ताको प्रमाणपत्र नै लिइसकेका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, अरू २८ वटा दल दर्ताको प्रक्रियामा छन् । खासगरी कानुन बमोजिम कागजात मगाउने र सनाखत गराउने काम भइरहेको छ । सना...

नेपाली कम्युनिस्ट पार्टीसँग छलफलपछि अशोक राईले बोलाए बैठक…..

काठमाडौं -     प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जसपाबीच पार्टी एकताबारे छलफल भएको छ । छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् । शनिबार पेरिसडाँडामा भएको वार्तामा सहभागी नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले जसपाको वार्ता टोलीसँगको छलफल सकारात्मक भएको बताए । ‘वैचारिक, सैद्धान्तिक कुरामा हिजो छलफल भयो, छलफल सकारात्मक छ,’ नेता हमालले भने । छलफललाई जारी राख्ने स...