एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता…..

काठमाडौँ — एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो । राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोडेको हो । बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिस गरेको तर प्रधानमन्त्री फरक ढंगबाट जान ख...

कूटनीतिमा पनि प्रधानमन्त्री दाहालको राजनीति…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण नाटकीय रूपमा रोकिदिएका छन् । राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन मन्त्रिपरिषद्ले नै गरेको निर्णयअनुसार मन्त्री पौड्याल नेतृत्वको टोली आइतबार साँझ त्यसतर्फ उड्न लागेको थियो । टोली गए पनि मन्त्रीलाई रोकिएको हो । राष्ट्रपति निर्वाचनलाई बहाना बनाएर नयाँ समीकरणतर्फ लागेका दाहालले सत्तारूढ एम...

साढे चार महिनापछि आज उपत्यकामा वर्षा…..

काठमाडौँ — काठमाडौं उपत्यकामा करिब साढे ४ महिनापछि वर्षा भएको छ । यसअघि गत अक्टोबर १४ तारिखमा उपत्यकामा ०.५ एमएम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका पूर्वानुमान महाशाखाका मौसमविद् सन्जिव अधिकारीका अनुसार आइतबार र सोमबार काठमाडौंसहित देशका केही स्थानमा सामान्य वर्षा हुने छ । आइतबार दिउँसो गण्डककी प्रदेश, वाग्मतीका थोरै स्थान र प्रदेश नम्बर १ को एक/दुई स्थानमा वर्षा भइरहेको छ ।...

राष्ट्रप्रमुखको स्पर्धामा दुई पूर्वसभामुख…..

काठमाडौँ — नयाँ राष्ट्रपतिका लागि पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्र्रेसका वरिष्ठ नेता पौडेलले आठ दलको समर्थनमा उम्मेदवारी दिएका छन् भने एमाले उपाध्यक्ष नेम्वाङको मनोनयनमा उनको दल मात्रै समर्थक रहेको छ । अरू दलको समर्थन जुटाउन एमालेले पत्राचार सुरु गरिसकेको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पा...

राष्ट्रपति पद ‘लिलामी’ गर्ने खेलमा दाहाल…..

काठमाडौँ — राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको भोलिपल्टै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई उम्मेदवार बनाउने समझदारी गरेका छन् । नेपालको पक्षमा समर्थन जुटाउने गरी उनले शुक्रबार कांग्रेस र एमालेसँग बैठक गर्ने भएका छन् । दाहालको यो नीतिमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि छन् जसले उपराष्ट्रपतिमा आफ्ना उम्मेद...

राष्ट्रपतिको च्याँखेमा प्रधानमन्त्री दाहाल…..

काठमाडौँ — एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति निर्वाचनमा आफैंले अघि सारेका विकल्पको घेराबन्दीमा परेका छन् । १० पुसमा एमालेसँग समझदारी गरेका उनले स्थिति फेरिएको भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि आश्वासन दिएका थिए तर दाहाल अहिले कांग्रेससँग निर्णायक संवादमा छन् । अब, जुनसुकै विकल्प रोजे पनि बाँकी पक्षलाई उनीबाट धोका हुने भएको छ । एमालेसँगको समझदारी तोड्ने पृष्ठभूमि बन...

राष्ट्रपतिमा देउवालाई अघि सार्न कांग्रेसको दबाब…..

काठमाडौँ — राष्ट्रपतिमा माओवादीले समर्थन गर्ने वचन दिए पनि संसद्को ठूलो दल कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन । राष्ट्रपतिका लागि सभापति शेरबहादुर देउवालाई नै अघि सार्नुपर्ने भन्दै पार्टीभित्र र बाहिरबाट पनि दबाब आएपछि कांग्रेसले निर्णय गर्न ढिलाइ गरिरहेको हो । कांग्रेसका एक शीर्ष नेताले सभापति देउवालाई उम्मेदवार बनाउने चर्चा हुनु र निर्णय लिन ढिलाइ हुनु संयोग मात्रै नभएको बताए । ‘देउवालाई रा...

टर्कीमा ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प…..

काठमाडौँ — ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई सातपछि टर्कीमा पुन: शक्तिशाली भूकम्प गएको छ । दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रविन्दु बनाएर सोमबार ६‌.३ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । भूकम्पमा परी सैयौं घाइते भएको टर्कीको विपद् तथा आकस्मिक व्यवस्थापन संस्था एएफएडीले जनाएको छ । टर्कीका अधिकारीहरुले सोमबारको भूकम्पमा परी दुई सय ९४ जना घाइते भएको बताएका छन...

राष्ट्रपतिबारे माओवादी केन्द्रको बैठक बस्दै…..

राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्दैछ । फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । आइतबार साँझ कांग्रेसमा शीर्ष नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानम...

पूर्वराजाद्वारा राजनीतिक दलसँग सहकार्यको प्रस्ताव…..

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव अघि सारेका छन् । देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने उनले बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्या शुभकामना सन्देश जारी गर्दै शाहले नेपालको निरन्तर अधोगति प्रति अब आफू मौन रह...

तीन प्रज्ञा प्रतिष्ठानका कुलपतिले लिए शपथ…..

काठमाडौँ — नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठानका नवनियुक्त तीन कुलपतिहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष तीन जना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको सिफारिसमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा निशा...

गोंगबु-उपद्र गम्भीर र डरलाग्दो, सुरक्षाको प्रश्न…..

काठमाडौँ — यातायात मजदुरहरूको प्रदर्शनका क्रममा सोमबार काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा भएका उपद्रव तथा लुटपाटको घटना आफैंमा गम्भीर र डरलाग्दो छ । सामाजिक सञ्जालमा भाइरल भएका यसका दृश्यहरू ‘नेपालकै हुन् र’ जस्ता लाग्नेछन् । प्रायः द्वन्द्वग्रस्त र कानुन तथा सुव्यवस्था कमजोर भएका मुलुकमा देखिने यस्ता घटना काठमाडौंमा निकट विगतमा सितिमिति भएकै थिएनन् । इराक घटनाको निहुँमा २०६१ भदौ १६ मा ...