दार्चुला घटना छानबिन गर्न समिति गठन…..

काठमाडौँ — सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रीस्तरीय निर्णयअनुसार घटनाको स्थलगतरूपमा छानबिन गरी सत्यतथ्यसहित १० दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक...

पार्टीलाई एकतावद्ध बनाउने एमाले स्थायी समितिको निर्णय…..

काठमाडौँ, नेकपा एमालेमा देखिएको विवाद समाधान गर्नका लागि पार्टीले थप प्रयास गर्ने भएको छ। पार्टीलाइ एक बनाएर्र लैजानका लागि सबै प्रयासहरु गर्ने निर्णय सहित पार्टीको स्थायी समिति बैठक सकिएको नेकपा एमालेले जनाएको छ। आइतबार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले स्थायी समिति बैठकले एमालेलाई एकतावद्ध बनाएर लैजानका लागि थप छलफल गर्ने निर्णय भएको पार्टी महासचिव ईश्वर पोखरेलले जानकारी दिए।...

एम्माको नयाँ कीर्तिमान,मेडल नै मेडल…..

काठमाडौं, अस्ट्रेलियाली पौडीबाज एम्मा म्याककियन एउटै ओलम्पिक प्रतियोगितामा ७ वटा पदक जित्ने पहिलो महिला खेलाडी बनेकी छन् । आइतबार थप दुईवटा स्वर्ण पदक जित्दै उनले सो कीर्तिमान बनाउन सफल भएकी हुन् । स्वीमिङ प्रतियोगिताको अन्तिम दिन ५० मिटर फ्रिस्टाइल जितेपछि उनले अस्ट्रेलियालाई ४ १०० मिटर मिड्ली रिलेमा स्वर्ण दिलाइन् । २७ वर्षीय म्याककियनले टोकियो ओलम्पिकमा चारवटा स्वर्ण पदक जित्न सफल रहिन् । यसमध्...

प्रचण्डको ब्रिफिङ : माधव समूह सरकारमा आउने सम्भावना टर्‍यो, अब मन्त्रिमण्डललाई पूर्णता……

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको माधव नेपाल समूह तत्काल गठबन्धनको सरकारमा सहभागी हुने सम्भावना टरेको बताएका छन् । आइतबार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा सदस्यहरूलाई ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले एमालेको माधव समूह संस्थागत रूपमा सरकारमा सहभागी हुने सम्भावना नरहेको बताएका हुन् । ‘उहाँहरू (माधवजी) लाई अहिले नै सरकारमा सहभागी हुन...

टोकियो ओलम्पिक, १०० मिटरमा जमैकन वर्चस्व…..

टोकियो — जमैकाकी एलेन थम्पसन–हेराले शनिबार महिला १०० मिटर दौड जितेर आफ्नो ओलम्पिक उपाधि रक्षा गरेकी छन् । उनले अहिलेसम्मकै दोस्रो उत्कृष्ट समय निकाल्दै स्वर्ण पदक हात पारेकी थिइन् । टोकियो ओलम्पिक रंगशालामा थम्पसन–हेराले दुरी पार गर्न १०.६१ सेकेन्ड लगाइन् । सेली–एन फ्रेजर–प्राइसले १०.७४ र सेरिका ज्याकसनले १०.७६ सेकेन्डबाट रजत र कांस्य जितेपछि जमैकाले यो इभेन्टमा ‘क्लिन स्विप’ नै गर्‍यो । थप...

मेलम्चीमा फेरि बाढी पुलसहित १२ घर बगे…..

सिन्धुपाल्चोक — अविरल वर्षातका कारण शनिबार बेलुकी हेलम्बु हुँदै उर्लिएर आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा थप क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार बेलुकी साढे नौ बजे आएको बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर बगेका छन् । त्यस्तै चनौटेस्थित मोटरेबल पुल र हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झ...

चाँडो एकता नगरे थप क्षति : एमालेको विघटित कार्यदलको निष्कर्ष……

नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरूले पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्य दलको बैठकमा नेताहरूले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका हुन् । ‘पार्टी एकतालाई जोगाउनु पर्छ र छोटो अवधिमै यसलाई टुङ्ग्याएर जानुपर्छ,’ बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्...

माधव नेपालप्रति ओलीको आक्रोश……

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललगायतकालाई पार्टीमा कुनै ठाउँ नभएको अडान राखेका छन्। पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दै उनले माधव नेपालसहितका नेताहरुलाई मुख्य–मुख्य ‘अपराधि’को रुपमा चित्रण गर्दै उनीहरुलाई पार्टीमा कुनै ठाउँ नरहेको प्रष्टयाएका हुन्। 'बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिण पन्थीको पक्षमा फ्लोर क...

ओलम्पिककी स्वर्ण विजेता डियाजलाई ६ लाख ५० हजार अमेरिकी डलर र घर प्रदान..

मनिला, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुतेर्तेले आफ्नै सरकार ढाल्न भूमिका खेलेको आरोप लगाइएकी टोकियो ओलम्पिककी स्वर्ण विजेता हिडिलेन डियाजलाई बितेका घटना बिर्सन सुझाव दिएका छन्। डियाजले यसै ३२औं ग्रीष्मकालीन टोकियो ओलम्पिकमा तीन दिनअगाडि मात्र आफ्नो देशलाई भारोत्तोलनतर्फबाट पहिलो स्वर्ण दिलाएकी थिइन्। त्यो स्वर्ण फिलिपिन्सको ९७ वर्षे ओलम्पिक यात्रामा पहिलो थियो। तर, उनै डियाजले दुई वर्षअघि मात्र ...

३३ किलो सुन हराएको तीन वर्षपछि भोजे मामा पक्राउ…..

काठमाडौं, बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणका फरार आरोपी भोजराज भण्डारी उर्फ भोजे मामालाई प्रहरीले ३ वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले शुक्रवार गौशालाबाट नियन्त्रणमा लिएको भोजे मामा तिनै हुन् जसले सुन तस्कर गोरेलाई सहयोग गर्थे । अनि, मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्यामा पनि उनी संलग्न थिए । झापा गौरादह नगरपालिका–८ घर भएका भोजराज भण्डारीको नाममा जिल्ला अदालत मो...

सेती थुन्ने आयोजनामाथि अख्तियारले थाल्यो छानबिन…..

पोखरा — रामघाटमा स्थायी बाँध बनाएर सेती नदी थुन्दा पहिलो असर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पर्छ । किनभने पूर्वतिर डिलैमा छ अस्पताल । त्यसैले बाँधका लागि प्रस्तावित योजनाको अस्पतालले विरोध गर्ला भन्ने अनुमान सामान्य सुझबुझ भएका जो कसैले गर्छ । पोखरास्थित सेती नदीको रामघाट क्षेत्र, जहाँ निजी कम्पनीको व्यापारका लागि स्थायी बाँध बनाउने तयारी छ । तर, उदेकलाग्दो क...

भारतीय एसएसबीले तुइन काट्दा नदीमा खसेर नेपाली युवा बेपत्ता…..

दार्चुला जिल्लामा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा बेपत्ता भएको घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याएर आफ्नो नागरिकलाई न्याय दिलाउन नेपाली काँग्रेसले सरकारसमक्ष माग गरेको छ । दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुंदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा । भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण उक्त घटना भएको आरोप छ । काँग्रेस प्रवक्...