फेरि मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट थपिए तीन मन्त्री…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम बुधबार तीन मन्त्रीहरु नियुक्त गरी कार्यभार तोकेका हुन् । नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बनेका छ...

पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ…..

काठमाडौँ — नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका छन् । स्रोतका अनुसार बुधबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो । पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि उनको बयानका आधारम...

तत्कालीन ऊर्जामन्त्री रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी…..

काठमाडौँ — तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो । बुधबार नै पक्राउ परेका तत...

दार्चुलामा हिमपहिरो पाँच जना बेपत्ता…..

काठमाडौँ । दार्चुलाको हिमाली क्षेत्रमा आएको हिमपहिरोमा परेका १२ जनामध्ये सात जनालाई प्रहरीले उद्धार गरेको छ । पाँच जना भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । मंगलबार दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरो गएको थियो । त्यहाँ स्थानीय यार्सागुम्बा संकलन गर्न गएका बेला एक्कासी हिमपहिरो गएको थियो । मान्छे बेपत्ता भएको खबर पाएपछि छाङरुको गाँगाबगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ...

अब नेपालले सिधै भारत र पाकिस्तानसँग खेल्न पाउने…..

काठमाडौँ — क्रिकेटका नेपाली फ्यानको उत्सुकता बढाउँदै दुई दिन चल्यो– एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल । नेपालले सोमबारै विपक्षी यूएईको ९ विकेट खोसेर जितको आधार तयार पारिसकेको थियो । र, मंगलबार ७ विकेटको जित रच्दै एसिया कपको ढोका खोलेको छ । ३१ ओभरभित्र विजय लक्ष्य पूरा गर्दै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियनमात्र बनेन, सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा आफ्नो खेल सुनिश्चित पनि गर्...

रास्वपालाई सरकारमा फर्काउन सत्ता गठबन्धन सकारात्मक…..

काठमाडौँ -    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारमा फर्काउन नयाँ सत्ता गठबन्धन सकारात्मक देखिएको छ । रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रयासलाई १० दलीय गठबन्धनले सकारात्मक रुपमा लिएको छ । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपा, नाउपा, नेसपा, आम जनता पार्टी र जनमोर्चा गरी १० दल सामेल छन् । सोही गठबन्धनको आधारमा...

पहिचानवादीले प्रदेशको नाम ‘कोशी’ खारेजको माग गर्दै आन्दोलन…..

विराटनगर । प्रदेशको नाम ‘कोशी’ खारेजको माग गर्दै आन्दोलनरत पहिचानवादीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशमै आएको बेला विभिन्न कार्यक्रममा अवरोध प्रयास गरे । कतिपय स्थानमा त उनीमाथि आक्रमणको प्रयाससमेत भयो । चार दिन लामो कोशी प्रदेशको बसाई एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि त्यति सुखद रहेन । बरु, प्रदेशको नाम कोशी खारेजको माग राखेर उनै ओलीमाथि भएको आक्रमणले केन्द्रमा बहस सिर्जना गर्...

सिंहदरबारकै कर्मचारीले लत्याउँछन् मन्त्रीको निर्णय…..

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कार्यभार सम्हाल्दै उद्घोष गरेका थिए, ‘सिंहदरबारमा वर्षौंदेखि घुमिरहेका कर्मचारी स्थानीय तहमा पठाउँछु ।’ त्यसपछि उनले गत माघ २७ गते स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निमित्त नदिने, ऐनविपरीत भएका सरुवा रद्द गरिने र स्थानीय तहमा जान अटेर गर्ने कर्मचारीलाई अनिवार्य पठाउने पाँच बुँदे परिपत्र जारी गरे । गत फागुन ३० गते सबै मन्त्रालय,...

नेपालमा अनुसन्धान र नवप्रवर्तन गर्नेको भविष्य छैन…..

काठमाडौँ — राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन सरकारसँग विभिन्न माग राख्दै माइतीघरमा आन्दोलरत छन् । अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने वातावरण नभएको, अनुसन्धान कोषको स्थापना नभएको, खरिद नियमवाली छुट्टै हुनुपर्नेजस्ता माग राखेर पुन झरीवर्षाको प्रवाह नगरी माइतीघर मण्डलमा आन्दोलनरत छन् । आइतबार सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई पुनसँग वार्ता गर्न पठा...

मन्त्री बन्न कांग्रेसका प्रदेश सांसदहरूको दौडधुप…..

काठमाडौँ । नेपाली कांग्रेसमा केन्द्र र प्रदेशको मन्त्रीका तीव्र दौडधुप चलिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा मन्त्री माग्नेको भीड लाग्न थालेको छ । वैशाख १० मा उपनिर्वाचन सम्पन्न भएसँग सत्ता गठबन्धन सरकार निर्माण र विस्तारको तयारीमा जुटेपछि कांग्रेसका प्रतिनिधि र प्रदेशसभा सांसद मन्त्रीका लागि देउवा निवास धाउन थालेका हुन् । केन्द्र र प्रदेशहरूमा कांग्रेस, माओवादी केन्द्र...

नेपाली कांग्रेस प्रतिष्ठाको लडाइँमा पराजित…..

काठमाडौँ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस प्रतिष्ठाको लडाइँमा पराजित भएको छ । वैशाख १० मा सम्पन्न तनहुँ–१ र चितवन–२ को उपनिर्वाचनमा कांग्रेसले नमिठो हार बेहोरेको हो । नवोदित राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसको गढ मानिने तनहुँ–१ मै धावा बोलेको छ । गत चैत १६ मा कांग्रेस छाडेर रास्वपा छिरेका डा.स्वर्णिम वाग्ले भारी मतान्तरले तनहुँ– १ बाट निर्वाचित भए । रास्वपाका उम्मेदवार वाग्लेसँग का...

फ्लाई दुबईको विमान दुबई विमानस्थलमा सुरक्षित अवतरण…..

काठमाडौँ — काठमाडौं विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको छ । दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ : ११ बजे अवतरण भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै ठूलो आवाजसहित जहाजमा आगोको झिल्का देखिए पनि पाइलटल...