शेरबहादुर देउवा पाँचाैंपटक प्रधानमन्त्री नियुक्त …..

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा पाँचाैंपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको र साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिए । सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्रीमा देउवालाई नियु...

क–कसले अस्वीकार गरे मन्त्री बन्ने देउवाको प्रस्ताव ?…..

सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको केही घण्टापछि नै काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समीकरणको प्रयास थालेका छन् । देउवाले आफ्नो नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन नेकपा माओवादी केन्द्र, एमाले (माधव नेपाल समूह), जसपा (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरुलाई आग्रह गरेका छन् । विपक्षी गठबन्धनको बैठक बसिरहेकै बेला शीतल निवासबाट मंगलबार शपथ ग्रहणका लागि देउवाल...

१९ रिट निवेदन पनि संवैधानिक इजलासमा पठाउन आदेश…..

काठमाडौँ — प्रतिनिधिसभा विघटनको निर्णय खारेजी र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने परमादेश सर्वोच्चले हठात् गरेको होइन । यसका लागि विकसित घटनाक्रममा पक्ष, विपक्षका कानुन व्यवसायीबीच इजलासमा चर्को बहस पैरवी त चलेकै हो, न्यायिक निष्पक्षताका सवालमा न्यायाधीशमाथि पनि उठेका प्रश्नलाई सम्बोधन गर्दै सर्वोच्चले इजलास गठन गर्दा सुझबुझ पुर्‍याएको हो । प्रतिनिधिसभा विघटनसँग सम्बन्धित ...

देउवाको प्रधानमन्त्रीकाल : १ महिना कि १७ महिना ?……

सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरेसँगै अबको सरकार कस्तो बन्छ भन्ने चासो बढेको छ । अदालतको आदेशले तत्कालै शेर बहादुर देउवा प्रधानमन्त्री बने पनि एक महिनापछिको अवस्था के होला भन्ने प्रश्न उठ्न थालेको छ । नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनिलकुमार पोखरेल पहिलो चरणमा राष्ट्रपतिले मङ्गलबार अपराह्न ५ बजेभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने बताउँछन् । पोखरेलले भने...

अदालतमा बुझाएको हस्ताक्षर फिर्ता हुँदैन…..

काठमाडौँ — एक साताको निरन्तर गृहकार्यपछि एमालेको १० सदस्यीय कार्यदलले पार्टी विवाद निरूपणका लागि दसबुँदे सहमतिको प्रस्ताव तयार गरेको छ । दोस्रो तहका नेताहरूले गरेको यो सहमतिमा नेता माधवकुमार नेपालले भने असन्तुष्टि जनाएका छन् । कार्यदलको सहमतिको प्रस्ताव आएलगत्तै नेता नेपालले प्रतिनिधिसभा विघटन र मुद्दाका सन्दर्भमा आफ्नो सहमति नरहेको बताए । ‘मेरो सहमति हुनुपर्‍यो नि ? अरू क–कसले गरेर हुन्छ ?...

इटाली बन्यो च्याम्पियन, इङ्ल्याण्डको जित्ने सपना चकनाचुर…..

इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए ।अति...

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको ठहर…..

काठमाडौँ — निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) वैधानिक रहेको ठहर गरेको छ । प्रमुख निर्वाचत आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णयबारे एक आयुक्तका अनुसार मा‌ओवादी केन्द्र वैधानिक रहेको ठहर गरिएको छ । ती आयुक्तले भने, 'नेकपा (मा‌‌ओवादी केन्द्र) अवैधानकि छ भनेर निवेदन परेको सम्बन्धमा नेपालको संविधान, निर्वाचनसम्बन्धी ऐन, नियमावली र क...

आज राति उपाधिका लागि इङ्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा हुँदै…..

काठमाडौँ — युरो २०२० अन्तर्गत आइतबार राति फाइनल खेल हुँदै छ । लन्डनको वेम्बली स्टेडियममा राति १२:४५ बजे हुने खेलमा उपाधिका लागि घरेलु टोली इङ्ल्यान्डले इटालीको सामना गर्नेछ । सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा हराएर फाइनल प्रवेश गरेको हो । त्यस्तै अर्को सेमिफाइनलमा इङ्ल्यान्डले डेनमार्कलाई २-१ ले हराएको थियो । इटालीको सेन्टरब्याक लियोनार्डो बोनुची र जर्जियो चिलिनीले सम्हालिरहेका छन् । ...

देउवा जिताउन संस्थापन पक्षका नेताहरु जुटे छलफलमा…..

काठमाडौं, नेपाली काँग्रेसका संस्थापन पक्षका केन्द्रीय सदस्यबीच १४ औं महाधिवेशनका सन्दर्भमा छलफल भएको छ । नयाँ बानेश्वरको शान्तिनगरस्थित आनन्द इभेन्टमा संस्थापन पक्षका तेस्रो तहका नेताहरुबीच वर्तमान सभापति शेरबहादुर देउवालाई फेरि जिताउने विषयमा छलफल भएको हो । छलफलमा केन्द्रीय सदस्यहरु बालकृष्ण खाण, एनपी साउद, सुरेन्द्र पाण्डे, सीता गुरुङ, शंकर भण्डारी, चीनकाजी श्रेष्ठ, भीष्मराज आङ्देम्बे, महेश चौरा...

मुख्यमन्त्रीको वार्षिक घरभाडा खर्च साढे ४ करोड…..

मोरङ — प्रदेश १ सरकारले चालु आर्थिक वर्षको ११ महिनामा घरभाडामा मात्रै ४ करोड २१ लाख १२ हजार ३ सय ९३ रुपैयाँ खर्च गरेको छ । काठमाडौंस्थित मुख्यमन्त्री सम्पर्क कार्यालय र विराटनगरस्थित प्रदेश सरकारका कार्यालयमा गरी मासिक उक्त रकम खर्च भइरहेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरका अनुसार मुख्यमन्त्रीको सम्पर्क कार्यालय, प्रदेश सरकारअन्तर्गतका कार्यालय र निवासको भाडामा मासिक ३८ लाख २८ हजार रु...

माधव पक्षका नेताहरु सिंहदरबारबाट बाहिरिए…..

काठमाडौं, नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु हुन ढिलाइ भएको छ । दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ४ बजिसक्दा पनि सुरु हुन नसकेको हो । कार्यदलमा रहेका नेताहरुको आउजाउ चलिरहेकै भएपनि बैठक भने सुरु हुन नसकेको हो । यसैबीच कार्यदलमा रहेका माधव नेपाल पक्षका नेताहरु सिंहदरबारबाट बाहिरिएका छन् । नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलसहितका नेताहरु सिंहदरबारबाट बाहिरिएका हुन् । यस...

अमेरिकाबाट १५ लाख डोज खोप आउँदै…..

काठमाडौँ — अमेरिकी सरकारले उपलब्ध गराउने १५ लाख डोज खोप सोमबार आउने भएको छ । अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सन खोप निःशुल्क उपलब्ध गराउन लागेको हो । खोप सोमबार नेपाल आइपुग्ने प्रधानमन्त्रीका पराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए । अमेरिकाले कोभ्यासमार्फत नेपाललाई उक्त खोप सहयोग गर्न लागेको भट्टराईले जनाए । नेपालस्थित अमेरिकी राजदूतावासकी प्रवक्ता आना रिची–एलेनले शुक्रबार उक्त खो...