काठमाडौं । शुक्रबार अपरान्ह बत्तीसपुतलीस्थिति अनुपम फुडल्याडमा काँग्रेस संस्थापन इत्तर पक्षबाट सभापतिमा आकांक्षा देखाएका नेताहरुबीच साझा उम्मेदवार छनोटका विषयमा सामुहिक छलफल भयो । सभापतिमा दाबी प्रस्तुत गरेका ८ जनाबीच भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला, सुजाता...
समाचार
शुक्रबार चीनबाट ८ लाख मात्रा खोप ल्याइएको छ…..
काठमाडौँ — सरकारले चीनबाट खरिद गरेर ल्याएको कोरोनाविरुद्धको खोप प्रदेशको चिस्यान केन्द्रमा पठाउन थालेको छ । चीनसँग खरिद गरिएको ४० लाख भेरोसेल खोपमध्ये शुक्रबार ८ लाख मात्रा ल्याइएको छ । बाँकी खोप साउन पहिलो सातासम्म ढुवानी गरिसक्ने सरकारको योजना छ । सरकारले चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खरिद गरेको ८ लाख मात्रा खोप आपूर्ति भएको स्वास्थ्य सेवा विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘असार ...
ठगीको आरोपमा पूर्वमन्त्री साहविरुद्ध उजुरी…..
काठमाडौँ — पूर्वमन्त्री प्रभु साहविरुद्ध एक महिलाले २० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी छन् । काठमाडौंकी दीपा केसी (कुँवर)ले पूर्वमन्त्री तथा विघटित प्रतिनिधिसभा सदस्य साहविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले मन्त्री साहविरुद्ध दीपाले ठाडो निवेदन दिएको बताए । तर, निवेदनमा भनिएअनुसार ठगी भएको भनिएको रकमको...
राष्ट्रपति कार्यालयले सर्वोच्चलाई लिखित जवाफ बुझायो…..
काठमाडौं, मन्त्रिपरिषद् हेरफेर विरुद्धको मुद्दामा राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय विरुद्धको रिटमा राष्ट्रपति कार्यालयलाई पनि विपक्षी बनाइएको थियो । महान्यायाधिवक्ताको कार्यालय मार्फत राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएको हो । संविधानको धारा ६६ (२) अनुसार प्रधान...
२४ घण्टामा २२३९ जना संक्रमित थपिए, १३१६ जना संक्रमणमुक्त……
पछिल्लो २४ घण्टामा देशभर २ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १४७९ जना संक्रमित बनेका छन् भने एन्टिजेन विधिबाट ७६० जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप १३१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको छ । कोभिड–१९ बाट थप २० जनाको मृत्यु भ...
अदालतलाई प्रभावित पार्न खोजेको नेपाल पक्षको आरोप…..
काठमाडौं, नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक कुनै प्रगतिविनै सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार दोस्रो पटक बसेको बैठकले पनि कुनै निष्कर्ष निकाल्न नसकेपछि प्रगति शून्य भएको हो । यद्यपि एमाले नेता सुवास नेम्वाङले भोलि बस्ने बैठकले निश्कर्ष निकाल्ने बताए । भोलि शुक्रबार साढे ११ बजे बस्ने बैठकले टुंगोमा पुर्याउने छ । हामी आशावादी छौ’ नेम्वाङको भनाई छ । तर, नेता घनश्या...
बाढीपहिरो र डुबानमा परी ५१ जनाको मृत्यु, २९ जना बेपत्ता…..
काठमाडौं,अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २६ जना पुरुष, १५ जना महिला, ५ जना बालक र ५ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा ३–३ जना, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा २–२ जना, ललितपुर, मकवानपुर, सर्ला...
काठमाडौँमा मेलम्चीको पानी आउने फेरि अनिश्चित…..
काठमाडौँमा फेरि कहिले मेलम्ची खोलाको पानी आइपुग्छ भन्ने अनिश्चित भएको छ । गत असार १ गतेदेखि लगातार ३ दिन आएको बाढीले आयोजनाको मुख्य बाँधस्थलमा क्षति पुर्याएको छ । आयोजनाको मुख्य बाँध ‘हेडवक्स’ बाढीले ल्याएको ढुङ्गा माटोले पुरिएको छ भने सुरुङभित्र पानी पठाउने मुख्य द्वार पनि पुरिएको छ । मेलम्ची खानेपानी विकास समितिले अहिलेसम्म क्षतिग्रस्त क्षेत्रमा स्थलगत रूपमा पुगेर अध्ययन गर्न सकेको छैन ।...
कोपा अमेरिकामै मेस्सीले बनाएका कीर्तिमान…..
अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान मेस्सीको नाममा छ । जारी कोपा अमेरिकामै उनले यो कीर्तिमान बनाएका हुन् । मेस्सी यस प्रतियोगितामा सबैभन्दा उत्कृष्ट खेलाडीका रूपमा देखिएका छन्, उनले चार गोल र पाँच एसिस्ट गरिसके । अर्जेन्टिनाले जारी प्रतियोगितामा गरेका ११ गोलमध्ये ९ वटा गोलमा कप्तान मेस्सी प्रत्यक्ष रूपमा संलग्न छन् । मेस्सीले जारी प्रतियोगितामा बनाएका कीर्तिमान यस्ता छन् ...
सिंहदरबारमा माधव पक्ष, प्रधानमन्त्री कार्यालयमा ओली पक्षको बैठक…..
काठमाडौं, नेकपा कम्युनिस्ट पार्टी एमालेको कार्यदलका सदस्यहरु केही घण्टाका लागि वार्ता रोकेर आपसी छलफलमा जुटेका छन् । माधव नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबारस्थित अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा जुटेका छन् भने ओली पक्षका कार्यदल सदस्यहरु प्रधानमन्त्री कार्यालय*तिर लागेका छन् । पार्टी एकताको प्रयासका लागि दुई दिनयता १० सदस्यीय कार्यदलको बैठक अर्थमन्त्रालयमा नियमितजसो बस्दै आएको छ । विहीबार प...
डेनमार्कलाई हराउँदै इङल्यान्ड फाइनलमा…..
इङल्यान्डले युरोकप फुटबल प्रतियोगिताको फाइनलमा इटलीसँगको भेट पक्का गरेको छ । डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इङल्यान्ड फाइनलमा पुगेको हो । १९६६ को विश्वकपपछि इङल्यान्डले कुनै पनि ठूला प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो पहिलो पटक हो । घरेलु मैदान बिम्बलीमा अतिरिक्त समयको पहिलो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्दै कप्तान ह्यारी केनले इङल्यान्डलाई जित दिलाए । त्यसअघि निर्धारित समयको खेल १–...
ओली र नेपालबीचको वार्ता बिनानिष्कर्ष टुंगियो …..
काठमाडौं, एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल निष्कर्षविहीन भएको छ । ओली र नेपालबीच दुई घण्टा भएको छलफलमा कुनै सहमति जुट्न नसकेको हो । बैठकमा अध्यक्ष ओली 'पावर सेयरिङ' मा सहमत नभएपछि एमाले विवाद समाधानमा कुनै प्रगति हुन नसकेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । ‘खासगरी अध्यक्ष ओली 'पावर सेयरिङ' मा सहमत नभएपछि वार्ता निष्कर्षविहीन बन्यो,’ ती नेताको भनाइ छ ।...
















