माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका पक्षमा दृढ रहेर नेताहरूलाई आन्दोलित गराइराख्न युवा विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । बुधबार पाँच दलीय गठबन्धन निकट विद्यार्थी सङ्गठनका अध्यक्षहरूसँगको ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले विद्यार्थीहरूले परिस्थितिको सही मूल्याङ्कन गर्दा सही सूचना सम्प्रेषण हुने समेत बताए । सो अवसरमा प्रचण्डले केपी शर्मा ओली र आफूहरू कुनै...
समाचार
सुजिता भण्डारी मृत्यु प्रकरण, पिप्लेमा कर्फ्यु…..
चितवन — सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर पूर्वी चितवन पिप्लेका स्थानीयले सडक प्रदर्शन बढाउँदै लगेपछि चितवन जिल्ला प्रशासन कार्यालयले मंगलबार साँझ साढे ७ बजेदेखि २४ घण्टासम्म कर्फ्यु आदेश जारी गरेको छ । सडकमा लामा दुरीका गाडीबाहेक केही चल्न नपाउने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा उल्लेख छ । सुजिता भण्डारीको हत्या भएको दाबीसहित हत्यारालाई चाँडो कानुनी दायरामा ल्याउन ...
स्पेन सेमिफाइनलबाटै घर फर्किन बाध्य…..
टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटालीले युरोकप फुटबलको फाइनलमा स्थान बनाएको छ । स्पेनबाट अल्भारो मोराटा र डेनी ओल्मोले हानेको पेनाल्टी मिस भएसँगै सो टीम सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । यता इटालीबाट म्यानुअल लोकाटेल्लीबाहेक अन्य सबै चार खेलाडीले टाइब्रेकरमा गोल गरे । यसअघि निर्धारित र अतिरिक्त समयमा दुबै टोलीबीच एक–एक गोलको बराबरी भएको थियो । लण्डनस्थित बिम्बली रंगशालामा बुधबार बिहान ...
एक मात्रा लगाए पुग्ने ‘जेन्सेन’ खोप ल्याइँदै…..
काठमाडौँ — कोभिड–१९ विरुद्ध एक मात्रा लगाए पुग्ने ‘जेन्सेन’ खोप ल्याइने भएको छ । अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित कोभिडविरुद्धको खोप ‘जेन्सेन’ कोभाक्स सुविधाअन्तर्गत अनुदानमा नेपालले पाउन लागेको हो । जोन्सनको ‘जेन्सेन एडी२६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लाग...
लगातार दोस्रो दिन कोरोना संक्रमण निको हुनेभन्दा संक्रमितको संख्या बढी……
नेपालमा लगातार दोस्रो दिन निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी देखिएको छ । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो ।मंगलबार २६३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुँदा १५ सय ६५ जना संक्रमणमुक्त बनेका छन् । १२ हजार ५८५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७१८ जना तथा एन्टिनजेन विधिबाट ९१६ जनामा संक्रमण...
आज सेमिफाइनलमा स्पेन र इटलीबीच प्रतिस्पर्धा हुँदै…..
काठमाडौं, स्पेन र इटलीबीच आज युरोकप फुटबलको सेमिफाइनलमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार मध्यराति १२ः४५ मा खेल सुरु हुनेछ । त्यसअघि नै स्पेनका प्रशिक्षक लुइस इन्रिक्युले अनौठो अभिव्यक्ति दिएका छन् । ‘यदी हामीले जित्यौं भने त्यो हाम्रा लागि ठूलो कुरा हुनेछ । तर, यदी इटलीले सही रुपमै जित्यो भने फाइनलमा म इटलीको समर्थन गर्नेछु,’ उनले भने । खेलअघिको पत्रकार सम्मेलनमा उनले यस्तो प्रतिक्रिया दिएका...
फुट्ने सहमति गरे जसपा नेताहरू…..
काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) फुटतर्फ अग्रसर भएको छ । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएका हुन् । मंगलबार आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । तर, दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ । छलफलपछि निर्वाचन आयोग स्रोतले भन्यो, ‘उहाँहरु एक...
एमालेमा आशाको दियो बलेको छ…..
काठमाडौं, नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठकले अहिलेसम्म भएका अनौपचारिक छलफलबारे पुनरावलोकन गरेको छ । साथै,कार्यदलका सदस्यहरूबीच विवाद समाधानका लागि नयाँ शिराबाट अघि बढ्ने सहमति पनि भएको छ । योसँगै अव एमालेका दुई पक्षले भन्दै आएको जेठ २, प्रतिनिधि सभा विघटन, हस्ताक्षर फिर्ता लगायतका विषय नउठाउनेमा नेताहरु सहमति नजिक पुगेका छन् । यसअघि ओली पक्षले शेरबहादुर देउवालाई प्रधा...
दशकको सकसपछि ८४ अर्बमा तामाकोसीबाट बिजुली…..
दोलखा, काठमाडौं — निर्माणको एक दशक अवधिमा अनेक समस्या झेलेको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसीबाट ७६ मेगावाट विद्युत् परीक्षण उत्पादन सुरु भएको छ । जडित क्षमता ४ सय ५६ मेगावाट रहेको यो आयोजनाका ६ वटा युनिटमध्ये पहिलो युनिटबाट परीक्षण उत्पादन थालिएको हो । पहिलो युनिटबाट परीक्षण उत्पादन सुरु भएको हरेक १० दिनमा थप अर्को युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने आयोजनाको तयारी छ । भदौ १५ सम्म ६ वटै...
देउवासहित १ सय ४६ सांसदको रिट निवेदन खारेज गर्नुपर्छ : एमीकस क्युरी पाठक……
प्रतिनिधिसभा विघटनवविरुद्ध शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनका सुनुवाइका लागि गठित संवैधानिक इजलासले झिकाएको एमीकस क्युरीकी सदस्य उषा मल्ल पाठकले रिट निवेदन खारेज गरेर निर्वाचनमा जानु उत्तम विकल्प रहेको बताएकी छन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्त हुन नसकेको अवस्थामा काम चलाउ प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको सिफारिस र राष्ट्रपतिको निर्णय संव...
प्रधानमन्त्री दुर्योधन जस्ता, राष्ट्रपतिको भूमिका भीष्मको जस्तो…..
काठमाडौं, प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आइतबार सभामुखका कानुन व्यवसायीले बहस सकेका छन् । दुई घण्टा समय अवधिमा सभामुखको तर्फबाट बरिष्ठ अधिवक्ता श्याम खरेल,उपेन्द्र केशरी न्यौपाने,लव कुमार मैनाली,अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गरे । प्रधान न्यायाधीश जबराको प्रश्नको सार थियो–‘जतिपनि मुलुक छन् त्यहाँ,अदालतले प्रजातन्त्र बलियो बनाउने गरी ब्याख्या गरेको छ,यहाँ (अदालतमा) आएको नि...
हरेक अभिव्यक्ति पार्टी विभाजनको पक्षमा…..
काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति गराएर विभाजनउन्मूख एमाले विवादलाई ‘सेफ ल्यान्डिङ’ गराउने दोस्रो पुस्ताका नेताहरुको कोसिस जारी छ । तर, आइतबारसम्म उनीहरूको कोसिसको सुखद नतिजा आएको छैन । फागुन २८ मा केपी ओलीले वस्तुतः पार्टी विभाजनको घोषणा गर्नुभयो, त्यसकारण हामीले एकताको कुरा गर्यौं । र, राष्ट्रिय कार्यकर्ता भेला गर्यौं...
















