फेरि बढ्न थाले कोरोना संक्रमित…..

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो समय देशभर फेरि संक्रमित बढ्न थालेको तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि मंगलबार २६३६ जनामा संक्रमण पुष्टि भएको थियो । जबकी सो दिन ११ हजार ७४८ जनाको परीक्षण भएको थियो । आज भने मंगलबारको भन्दा केही कम अर्थात ११ हजार ५...

न्यायाधीशहरूलाई गाडी किन्न ८१ करोड…..

काठमाडौँ — सार्वजनिक निकायमा हुने फजुल खर्च कटौतीमा जोड दिइरहेको अर्थ मन्त्रालयले महँगा गाडी खरिदका लागि सर्वोच्च अदालतले पठाएका प्रस्तावहरूमा भने निकै उदारता देखाएको छ । प्रधानन्यायाधीश, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र जिल्ला न्यायाधीशहरूका लागि महँगा गाडी अधिक संख्यामा खरिद गर्न अर्थले बिनारोकटोक स्वीकृति दिइरहेको छ ।  गत पुसमा प्रतिनिधिसभा विघटन भइसकेपछि हालसम्म गाडी खरिद गर्नका लागि सर्वोच्च...

नेपाल पक्षले पार्टीभित्रको लडाइँमा जीत हासिल गरेको छ…..

काठमाडौं, नेकपा एमालेमा माधवकुमार नेपाल पक्षले गत फागुनदेखि उठाउँदै आएको जेठ २ अघिको संरचनामा फर्कनुपर्ने माग पूरा भएको छ । अन्ततः माधव नेपाल पक्षले पार्टीभित्रको लडाइँमा जीत हासिल गरेको छ । मंगलबार बालुवाटारमा बसेको केपी ओली पक्षको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई खारेज गर्दै असार १८ गते जेठ २ पूर्वको केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेपछि माधव नेपाल पक्षको माग पूरा भएको हो ।माओ...

मन्त्री श्रेष्ठलाई, प्रधानमन्त्री केपी ओलीले सचेत गराए…..

काठमाडौँ — जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी महिलालाई प्रहरी कार्यालयबाट आफ्नै गाडीमा राखेर घर पुर्‍याउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका छन्  आगामी दिनमा आवेशमा आएर त्यस्ता कार्य नगर्न प्रधानमन्त्री ओलीले शिक्षामन्त्री श्रेष्ठलाई सचेत गराएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । मंगलबार ...

प्रदेश १ सरकारको गाडी मोह, एक अर्ब बढीका गाडी खरिद…..

प्रदेश १ सरकारले विगत साढे तीन वर्षमा प्रदेश तथा प्रदेशवासीको हितका लागि भन्दै गरेका धेरैजसो निर्णय कार्यान्वयनमा आएका छैनन् । तर मुख्यमन्त्रीसहित मन्त्रीहरूका लागि गाडी गर्ने सन्दर्भमा निर्णय लिन र त्यसलाई कार्यान्वयनमा ल्याउन प्रदेश सरकारले निकै तदारुकता देखाउने गरेको छ । मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले साढे तीन वर्षको अवधिमा १ अर्बभन्दा बढी मूल्यको गाडी खरिद गरेको छ । विशेष गरी मुख्यमन...

राजनीतिक अस्थिरताको कारण, अदालतको फैसला हो ?…..

काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा सुनुवाइका क्रममा न्यायाधीश खतिवडाले सरकारी पक्षको बहस र लिखित जवाफमाथि प्रश्न उठाएका छन् । सरकारी पक्षले लिखित जवाफमा र बहसका क्रममा राजनीतिक अस्थिरताको कारण अदालतका फैसला भएका टिप्पणी गरेपछि न्यायाधीश खतिवडाले बहसका आएका नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई यस्तो जिज्ञासा राखेका हुन् । प्रधानमन्त्री नियुक्त नगर्ने राष्ट्रपतिको निर्णय, प्रतिनिधि...

नेतादेखि न्यायालयसम्म ओलीको हमला…..

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी राजनीतिक दलका शीर्ष नेता मात्रै होइन सर्वोच्च अदालतका न्यायाधीश र बुद्धिजीवीहरूमाथि पनि तिखो शब्द बाण प्रहार गरेका छन् । सोमबार सरकारी निवास बालुवाटारमा मदन भण्डारी फाउन्डेसनको आयोजनामा भएको कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका ओलीले न्यायाधीश, बुद्धिजीवी र राजनीतिक दलका शीर्ष नेतामाथि पालैपालो खनिएका हुन् । डेढ घण्टा सम्बोधन गरेका ओलीले अधिकांश समय...

भारतको भन्दा सात गुणा बढी नेपालको संक्रमण…..

काठमाडौँ — भारतभन्दा नेपालमा सात गुणा बढी कोरोना संक्रमण दर रहेकाले भारतीय रणनीति हेरेर यहाँ संक्रमण रोकथाम र नियन्त्रण गर्न नसकिने विज्ञहरूले बताएका छन् । भारतमा कोरोनाविरुद्धको खोप धेरैले लगाइसकेकाले पनि जोखिमको अवस्था उस्तै नरहेको उनीहरूको भनाइ छ । विगतमा भारतमा देखिएको संक्रमणको अवस्था, प्रभाव र जटिलताका आधारमा नेपालमा रणनीति बनाउने गरिए पनि अब त्यसो गर्न उचित नहुने इपिडिमियोलोजी तथा रोग नियन्...

दाहाल छेपारोले जस्तो रंग फेर्ने मान्छे,नेपाल लाजसरम पचेको मान्छे…..

काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति अमर्यादित टिप्पणी गरेका छन् । एमालेको अन्तरविरोधमा नेपालले विपक्षी गठबन्धनलाई साथ दिएकोमा ओलीको तीव्र आक्रोश छ ।७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल लाज–सरम पचेको मान्छे भनेर टिप्प्णी गरे । ‘माधव नेपाल भन्ने एक ज...

२५ सिट बढी भएका सार्वजनिक सवारी साधन जोर-बिजोरमा चल्न पाउने…..

काठमाडौँ — उपत्यकामा २५ भन्दा बढी सिट भएका सवारी साधनलाई जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय भएको छ । ती सवारीलाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर सिट क्षमताअनुसार जोर बिजोरअनुसार चलाउन दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । काठमाडौंका प्रजिअद्वारा जारी आदेशमा भनिएको छ, 'काठमाडौं उपत्यकाभित्र मात्र सञ्‍चालन हुने २५ सिट क्षमता भन्दा बढीका सार्व...

सरकारी किताबमा पुरानै नक्सा छापेर बिक्रीवितरण…..

काठमाडौँ — लिपुलेक, कालापानी र लिम्पियाधुरा नसमेटिएको नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक विद्यार्थीलाई वितरण भइरहेको पाइएको छ । लिम्पियाधुरासम्मकै क्षेत्र समेटर नयाँ नक्सा एक वर्षअघि नै जारी गरिएको भए पनि सरकारले निःशुल्क वितरण गर्ने पाठ्यपुस्तकमै नक्सा अद्यावधिक नगरिएको हो । कक्षा ५ र ९ का सामाजिक अध्ययन पुस्तकमा पुरानै नक्सा । शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले ...

खोप नआए डेल्टा प्लस झनै भयावह……

खोपको अभावमा कोभिड–१९ को तेस्रो लहर आउने अवस्थामा ‘डेल्टा प्लस’ भेरिएन्टले धेरै प्रभाव पार्ने विज्ञहरूले बताएका छन् । हाल नेपालमा दोस्रो लहर फैलिएको डेल्टा भेरिएन्टको अर्को रूप ‘डेल्टा प्लस’ हो । डेल्टा (बी.१.६१७.२) भेरिएन्टको विकसित रूप ‘एवाई.१’ वा डेल्टा प्लस भेरिएन्ट यसै साता नेपालमा समेत पुष्टि भएको छ । यो म्युटेसनको नाम ‘के४१७ एन’ हो । छिमेकी भारतलगायत ११ मुलुकमा डेल्टा प्लस भेरिएन्ट देखिएको ...