जनवरी 2 आइतबारदेखि बसको भाडा बढ्ने

28 डिसेम्बर 2021, हङकङ काउलुन मोटर बसले संयुक्त रूपमा सञ्चालित मार्गहरूको लागि आगामी आइतवार (जनवरी 2) देखि बस भाडा ३.२ प्रतिशतले बढाउने भएकोछ । अप्रिल 4 मा सिटीबस र न्यू वर्ल्ड फर्स्ट बसको भाडा 8.5 प्रतिशत र अर्को वर्ष जनवरी 2 मा 3.2 प्रतिशतले वृद्धि हुने गरी चारवटा बस कम्पनीका लागि मार्चमा अधिकारीहरूले चरणबद्ध रूपमा 12 प्रतिशतसम्म भाडा वृद्धिलाई अनुमोदन गरेपछि यो परिवर्तन आएको हो। केएमबीले आइत...

किरात याक्थुङ चुम्लुङ हङकङले मनायो चासोक तङनाम

बगैंचा डटकम २८ डिसेम्बर २०२१ हङकङ, जोर्डन स्थित याक एण्ड यति रेष्टुरेन्टमा किरात याक्थुम चुम्लुङ हङकङले चासोक तङनाम मनाएको छ । एक आयोजना कावा अध्यक्ष शमशेर तुम्बाहाङफेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संस्थाका उपाध्यक्ष शेर बहादुर लक्सम्बाले स्वागत मन्तव्य राखेका थिए । कोराना महामारीको कारण स्थगित गरिएको चासोक तङनाम यस बर्ष एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको कार्यक्रममा महावाणिज्यदूत ...

नक्कली अपहरण गरेर पैसा ठग्ने प्रयास गर्ने ठगी पक्राउ

२६ डिसेम्बर २०२१ हङकङ । हङकङ प्रहरीले आइतवार एक २० वर्षीय पुरुषलाई नक्कली अपहरण गरेर परिवारलाई हङकङ डलर ३00,000 ठगी गर्ने प्रयास गरेको अभियोगमा पक्राउ गरेका छन् । ती व्यक्तिकी आमाले क्रिसमसको पूर्वसन्ध्यामा पुलिसलाई फोन गरेकी थिइन्, उनले आफ्नो छोरामाथि हमला भएको र फिरौतीको मागसहितको भिडियो प्राप्त गरेको बताएकी थिइन् । उक्त दिन काउलुन वेस्ट क्राइम डिभिजनका अधिकारीहरू अपहरणमा परेको मानिसको ...

हङकङ प्रहरीले लागु औषध ‘केटामाइन’ बरामद गरेको छ

२५ डिसेम्बर २०२१, हङकङ क्रिसमसको पूर्वसन्ध्यामा गरिएको अपरेशनका क्रममा प्रहरीले ४८ झोला शंकास्पद केटामाइन बरामद गरेको जनाएको छ । प्रहरीले शनिबार लेई यु मुनमा लागुऔषध ओसारपसार विरुद्धको अभियानका क्रममा चार जनालाई पक्राउ गरेको र १.२६ टन संदिग्ध केटामाइन बरामद गरेको बताएको छ, जुन रेकर्डमा लागुऔषधको सबैभन्दा ठूलो बरामद हो। अफिसरहरूले ड्रग्सको  मूल्य हङकङ डलर ८४० मिलियन रहेको बताए, र थपे कि यस...

बालबालिकालाई दुर्व्यवहार गरेको भन्दै बाल हेरचाह केन्द्रका कर्मचारीलाई बर्खास्त गरियो

२४ डिसेम्बर २०२१ एक बाल हेरचाह केन्द्रका कर्मचारीहरूले त्यहाँका बालबालिकालाई दुर्व्यवहार गरेको पुष्टि भयो कि- उनीहरूको आँखामा हान्ने, कपाल तानेर र बच्चाहरूलाई भुइँमा फ्याँकेको मिडिया रिपोर्टहरू पछि एक कर्मचारीलाई बर्खास्त गरिएको छ। हङकङ सोसाइटी फर द प्रोटेक्शन अफ चिल्ड्रेनले डिसेम्बर १७ मा मोङ कोकको पोर्टल्याण्ड स्ट्रिटमा रहेको चिल्ड्रेन्स रेसिडेन्सियल होममा दुईदेखि तीन वर्षका धेरै बालबालिका...

थप जुन ४ को कलाकृति विश्वविद्यालयहरूबाट हटाइयो

२४ डिसेम्बर २०२१ हङकङ विश्वविद्यालयले क्याम्पसबाट 'पिलर अफ सेम' मूर्ति हटाएको एक दिनपछि शुक्रबार थप दुई विश्वविद्यालयहरूले जुन ४ को सम्झनामा कलाकृति हटाएका छन्। चिनियाँ विश्वविद्यालयमा लोकतन्त्रको देवीको मूर्ति रातारात हटाइयो, जो लिंगनान विश्वविद्यालयको ठूलो पर्खाल मूर्तिकलाको रूपमा राखिएको थियो। चिनियाँ विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै यसको प्रशासनिक र योजना समितिले 2010 मा मूर्ति...

HK SAR को सातौं कार्यकाल LegCo का सबै ९० सदस्य निर्वाचित

बगैंचा हङकङ 20 डिसेम्बर २०21, चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (HK SAR) को सातौं कार्यकालको विधान परिषद् (लेगको) का सबै ९० सदस्य सोमबार बिहान निर्वाचित भएका छन्। आइतबार १३ लाखभन्दा बढीले मतदान गरेपछि निर्वाचन समिति निर्वाचन क्षेत्र ४० सिट, कार्यात्मक निर्वाचन क्षेत्र ३० सिट, र भौगोलिक क्षेत्र २० सिटबाट सदस्यहरू निर्वाचित भएका हुन् । काउन्सिलको प्रमुख कार्यकारीले, लेजिस्लेटिभ काउन्सिल अध्यादेश...

नेपाली समाज हङकङको प्रथम अधिवेशन सम्पन्न, डा. बाबुराम भट्टराईले दिए शुभकामना…

बगैंचा डटकम हङकङ, १८ डिसेम्बर २०२१, आईतबार, जोर्डन स्थित चुम्लुङ हिममा एकिकृत संघीय समाजवादी पाटी र नयॉं शक्ति पाटी निकट राजनैतिक संगठन विदेश विभाग अन्तरगत हङकङ नेपाली समाज र समावेशी नेपाली समाज मिलेर बनेको संस्था 'नेपाली समाज हङकङ'को प्रथम अधिवेशन सम्पन्न भयो। आयोजित कार्यक्रमलाई अनलाईन जुम मार्फत जनता समाजवादी पाटीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमंत्री डा. बाबुराम भट्टराईले प्रमुख अ...

हङकङ नेपाली व्यापार संघको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: प्रकाश पुन…

बगैंचा डटकम हङकङ, १८ दिसेम्बर २०२१ शनिबार, जोर्डन स्थित बगैंचा रेष्टुरेण्ट एण्ड पाटी प्यालेसमा सम्पन्न हङकङ नेपाली व्यापार संघको दोस्रो अधिवेशनको सम्पन्न भएको छ । संघका अध्यक्ष तेज प्रकाश पुनको सभापतित्व रहेको उक्त कार्यक्रममा नेपाली महाबाणिज्यदूत तथा संघका संरक्षक उदय बहादुर राना मगरको प्रमुख आतिथ्य रहेको थियो । त्यसैगरी बिशेष अतिथिहरू काउलून चेम्बर अफ कमर्शका अध्यक्ष HOMER YU, नेपाल एयरलाईन्स...

हङकङको “वर्ल्ड ट्रेड सेन्टर”मा आगलागि, दर्जनौं घाईते…

बगैंचा डटकम, हङकङ १५ डिसेम्बर २०२१ बुधबार, हङकङको कजवे बे स्थित 'वर्ल्ड  ट्रेड सेन्टर' नामक ब्यापारिक भवनमा आगलागि भएको छ । आगलागिका कारण १३ जना घाइते भएका छन भने सयौं मानिसहरू फसेको समाचारहरू प्राप्त भएका छन् । आगलागी भवनबाट फायर फाईटर तथा उद्दारकर्मीहरूले तत्कान रेस्क्यू गरि करिब १३ सय जना भन्दा बढी मानिसको उद्धार गरेका थिए । दिनको लगभग १२:३७ बजे आगलागी भएको खबर सम्बन्धित निकाया फायर डि...

किसन राईको मृत्युबारे निष्पक्ष छानबिन गर्न माग

बगैंचा सम्वाददाता, हङकङ १४ डिसेम्बर २०२१ हङकङका बरिष्ट पत्रकार तथा सामाजिक अभियन्ता किसन राईको शंकास्पद मृत्युको बिषयलाई लिएर प्रश्न उठिरहेको अवस्थामा मृतक र उनको परिवारको न्यायको पक्षमा आवाज उठाईरेको संस्था 'किरात राई यायोक्खा हङकङ र उक्त बिषयप्रति ऐक्यबद्धता जनाएका हङकङका डेढ दर्जन संस्थाका प्रतिनिधिहरू र उक्त संस्थाका अध्यक्षहरूद्वारा हस्तक्षरित पत्रसहितको सामुहिक टोलिले किरायाको अगुवाईमा...

धरानमा निर्माणाधिन थाउजेण्ड बिग बुद्ध बारे जानकारी सभा

१२ डिसेम्बर, हङकङ– पूर्वी नेपालको सुन्दर नगरी धरानमा निर्माणाधिन थाउजेण्ड बिग बुद्धको कार्य प्रगतीबारे आइतबार निर्माण समितिद्धारा जानकारी सभाको आयोजना सम्पन्न गर्यो । हङकङ नेपाली महासंघ, एन.आर.एन.ए., च्याम्बर कमर्श, व्यापार संघ लगायत विभिन्न संघ संस्थाका पदाधिकारी, व्यापारी, समाजसेवी तथा पत्रकारहरुको उपस्थिति रहेको उक्त जानकारी सभामा थाउजेण्ड बिग बुद्ध नेपाल, केन्द्रिय समितिका अध्यक्ष प्रदिप ...