हङकङ नेपाली व्यापार संघको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: प्रकाश पुन…

बगैंचा डटकम हङकङ, १८ दिसेम्बर २०२१ शनिबार, जोर्डन स्थित बगैंचा रेष्टुरेण्ट एण्ड पाटी प्यालेसमा सम्पन्न हङकङ नेपाली व्यापार संघको दोस्रो अधिवेशनको सम्पन्न भएको छ । संघका अध्यक्ष तेज प्रकाश पुनको सभापतित्व रहेको उक्त कार्यक्रममा नेपाली महाबाणिज्यदूत तथा संघका संरक्षक उदय बहादुर राना मगरको प्रमुख आतिथ्य रहेको थियो । त्यसैगरी बिशेष अतिथिहरू काउलून चेम्बर अफ कमर्शका अध्यक्ष HOMER YU, नेपाल एयरलाईन्स...

हङकङको “वर्ल्ड ट्रेड सेन्टर”मा आगलागि, दर्जनौं घाईते…

बगैंचा डटकम, हङकङ १५ डिसेम्बर २०२१ बुधबार, हङकङको कजवे बे स्थित 'वर्ल्ड  ट्रेड सेन्टर' नामक ब्यापारिक भवनमा आगलागि भएको छ । आगलागिका कारण १३ जना घाइते भएका छन भने सयौं मानिसहरू फसेको समाचारहरू प्राप्त भएका छन् । आगलागी भवनबाट फायर फाईटर तथा उद्दारकर्मीहरूले तत्कान रेस्क्यू गरि करिब १३ सय जना भन्दा बढी मानिसको उद्धार गरेका थिए । दिनको लगभग १२:३७ बजे आगलागी भएको खबर सम्बन्धित निकाया फायर डि...

किसन राईको मृत्युबारे निष्पक्ष छानबिन गर्न माग

बगैंचा सम्वाददाता, हङकङ १४ डिसेम्बर २०२१ हङकङका बरिष्ट पत्रकार तथा सामाजिक अभियन्ता किसन राईको शंकास्पद मृत्युको बिषयलाई लिएर प्रश्न उठिरहेको अवस्थामा मृतक र उनको परिवारको न्यायको पक्षमा आवाज उठाईरेको संस्था 'किरात राई यायोक्खा हङकङ र उक्त बिषयप्रति ऐक्यबद्धता जनाएका हङकङका डेढ दर्जन संस्थाका प्रतिनिधिहरू र उक्त संस्थाका अध्यक्षहरूद्वारा हस्तक्षरित पत्रसहितको सामुहिक टोलिले किरायाको अगुवाईमा...

धरानमा निर्माणाधिन थाउजेण्ड बिग बुद्ध बारे जानकारी सभा

१२ डिसेम्बर, हङकङ– पूर्वी नेपालको सुन्दर नगरी धरानमा निर्माणाधिन थाउजेण्ड बिग बुद्धको कार्य प्रगतीबारे आइतबार निर्माण समितिद्धारा जानकारी सभाको आयोजना सम्पन्न गर्यो । हङकङ नेपाली महासंघ, एन.आर.एन.ए., च्याम्बर कमर्श, व्यापार संघ लगायत विभिन्न संघ संस्थाका पदाधिकारी, व्यापारी, समाजसेवी तथा पत्रकारहरुको उपस्थिति रहेको उक्त जानकारी सभामा थाउजेण्ड बिग बुद्ध नेपाल, केन्द्रिय समितिका अध्यक्ष प्रदिप ...

नेपाली जनप्रगतीशिल मञ्च हङकङको अध्यक्षमा दुर्गाबहादुर गुरुङ ‘मिलन’

५ डिसेम्बर, हङकङ– नेकपा माओवादी केन्द्रको विदेश विभाग अन्तर्गत नेपाली जनप्रगतीशिल मञ्च हङकङको अध्यक्षमा दुर्गाबहादुर गुरुङ ‘मिलन’ चयन भएका छन् । आइतबार जोेर्डनस्थित भारतीय भू.पू.गोर्खा रेष्टुरेण्टमा सम्पन्न मञ्चको तेस्रो अधिवेशन मार्फत अध्यक्षमा दुर्गाबहादुर गुरुङ ‘मिलन’, उपाध्यक्षमा क्रमशः आशिस सुवेदी र नरेन्द्र केरुङ, सचिवमा हरिन्द्र तमु ‘हरी’, सह–सचिव तथा प्रवक्तामा किन्दर राई, कोषाध्यक्षमा अर...

तिमी यहि कहि छौ–सुनिता गिरी

तिमीलाई फूलहरुमा भेट्छु तिमीलाई जूनहरुमा भेट्छु तिमीलाई घामहरुमा भेट्छु लहराइरहेको छालहरुमा भेट्छु तिमी बिलय भएर पनि हृदयहरुमा छौ बिजुली झैँ आकाशमा केही चम्किएको आभाष हुन्छ पानी जस्तो आँखामा केही छछल्किरहेको प्रतीत हुन्छ कहाँ हो कहाँ पहरा जस्तो अनौठो गरि यो छाती किन सुसाईरहेको अनुभुत हुन्छ तिमी बिलय भए पछि माउ बिनाको चल्ला भएका छौ भोक हराएको छ तिर्खा हराएको छ निद हराएको छ तर पनि ...

१०७ औं साहित्य श्रृंखला सम्पन्न

२८ नोभेम्बर, हङकङ– सृजना वाचन, गायन तथा समीक्षा गर्दै १०७ औं हङकङ साहित्य साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा जोर्डनस्थित नयाँपेजको हलमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि मगर संघ हङकङका अध्यक्ष एवं समाजसेवी हर्क राना रहेका थिए । कार्यक्रमको शुरुवातमै केही अगाडी मात्रै मगर संघको अध्यक्षमा निर्वाचित हर्क राना तथा किरात राई यायोक्खा हङकङकी अध्यक्ष माया थ...

पत्रकार स्व.किसन राई बगैचा अक्षय कोष मार्फत सम्मानित हुने

२८ नोभेम्बर, हङकङ– हङकङमा बसेर दुई दशक भन्दा लामो समय नेपाली समुदायलाई पत्रकारिताको क्षेत्रबाट सेवा गर्दै आएका स्व.किसन राईलाई बगैंचा संचारद्धारा स्थापित “बगैचा अक्षय कोष” बाट मरणोपरान्त सम्मान गरिने भएको छ । तिहारको उपलक्ष्यमा आइतबार जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा भेटघाट कार्यक्रमको आयोजना गर्दै बगैचा संचारका संयोजक सुवास राईले उक्त कुराको जानकारी दिए हुन । स्व.राईका परिवार हङकङ आए पछि एउटा औपच...

संखुवासभा दिदीबहिनी समूह हङकङको देउसीभैलो सम्पन्न

२७ नोभेम्बर, हङकङ– संखुवासभा दिदी बहिनी समूह हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, देउसी भैलो तथा नाँचगान गर्दै २०२१ को देउसी भैलो कार्यक्रम सम्पन्न गर्यो । जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा शनिवार साझ आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष झोना गुरुङको श्वागत मन्तब्यसंगै समाजका अध्यक्ष गौ माया घले र प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानाद्धारा पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरि...

हङकङ नेपाली महासंघको अध्यक्षमा रिता गुरुङ

१८ नोभेम्बर, हङकङ– हङकङ नेपाली महासंघको ११ औं महाधिवेशनबाट अध्यक्षमा रिता गुरुङ निर्वाचित भएकी छिन् । आइतबार याउ मा तेई कम्युनिटी सेन्टरको सभाहलमा सम्पन्न उक्त अधिवेशनमा २८ मत प्राप्त गर्दै रिता गुरुङ अध्यक्षमा निर्वाचित भईन भने अध्यक्षका अर्का प्रत्यासी टंक रानाले १७ मत प्राप्त गरेका थिए । त्यस्तै गरी मतादान प्रक्रिया मार्फत नै महासचिवमा हेम थापा र सचिवमा सन्जोग राई निर्वाचित भए भने उपाध्यक्षमा ...

गुरुङ (तमु) समाज संखुवासभा हङकङको देउसीभैलो सम्पन्न

२१ नोभेम्बर, हङकङ– गुरुङ (तमु) समाज संखुवासभा हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, देउसी भैलो तथा नाँचगान गर्दै २०२१ को देउसी भैलो कार्यक्रम सम्पन्न गर्यो । जोर्डनस्थित ईण्डिया क्लबमा शनिबार साँझ आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष श्याम गुरुङको श्वागत मन्तब्यसंगै समाजका अध्यक्ष चन्द्रबहाुदर गुरुङ, प्रमुख अतिथि संखुवासभा समाज हङकङका अध्यक्ष टोपबहादुर याक्खा र समाजका संस्थापक अध्यक्ष एवं ज्येष्...

हङकङ नेपाली महासंघको ११ औं महाधिवेशन २८ नोभेम्बरमा हुदै

२२ नोभेम्बर, हङकङ– हङकङ नेपाली महासंघको ११ औं महाधिवेशन यही २८ नाभेम्बर २०२१, आइतबारका दिन जोर्डनस्थित याउ मा तेई कम्युनिटी हलको ४ तलामा दिनको १ बजेदेखि हुने भएको छ । अधिवेशन संयोजक, आर्थिक, प्रचार प्रसार, मञ्च सजावट तथा व्यावस्थापन लगायत विभिन्न समितिहरु गठन गरी ११ औं अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको बताउदै उक्त दिन महासंघ अन्तर्गत रहेका विभिन्न संघसंस्थाका अध्यक्ष, प्रतिनिधी, पत्रकार, बुद्धिज...