चारखोले शीशीर ले गाए पुर्बेलि ठेट लोकगित

गीतकार तथा उपन्यासकार चारखोले शिशिर अर्थात चक्रबहादुर लिङ्दम अब गायकका रुपमा देखिएका छन् । ‘उघ्रिँदो आकाश’ नामक उपन्यासमार्फत शिशिरले साहित्य क्षेत्रमा चिनाएका हुन् । साथै उनी संगीत समेत आफै गर्छन् । सानैदेखि गीति लेखन, गायन तथा साहित्यप्रति रुचि राख्दै आएका शिशिरले चाँडै आफ्नै शब्द तथा संगीतकार एल्बम ल्याउ“दैछन् । त्यसका लागि हाल उनी गीत रेकर्डिङमा व्यस्त छन् । ८ वर्षको उमेरदेखि नै गीतसंगीतमा ...

ढाका उद्यमी कल्पना योङहाङ राष्ट्रपतिद्वारा विभूषित

काठमाडौं- राष्ट्रपति विद्या भण्डारीद्वारा ढाका उद्यमी तथा फेसन डिजाइनर कल्पना योङहाङ लिम्बू मानपदवीबाट विभूषित भएकी छन् । नेपाली जनताको हित अभिवबृद्धिमा योगदान पुर्‍याएवापत ढाकाविद् समेत रहेकी कल्पना 'प्रवल जनसेवा श्री' मानपदवीद्वारा विभूषित भएकी हुन् । राष्ट्रपति निवासमा मंगलबार विशेष समारोहबीच विभिन्न क्षेत्र र पेसामा आवद्ध ३४४ जना व्यक्तित्वहरुलाई राष्ट्रपति भण्डारीले विभूषित गरेकी थि...

विकास, सुसासन र सुरक्षा लागि सरकार कठोररूपमा लाग्ने: गृहमन्त्री, कियाचु ३०औं वर्षमा

ललितपुर गृहमन्त्री राम बहादुर थापाले विकासमा लागि सुसासन, सुरक्षा अपरिहार्य रहेकोले यसका लागि सरकार कठोररूपमा लागि परेको बताएका छन् । किरात याक्थुङ चुम्लुङको ३०औं वार्षिक कार्यक्रममा ललितपुरमा उनले यस्तो बताएका हुन। उनले भने “हिजोका सम्पूर्ण बेतिथिहरूलार्इ निस्तेज गर्न फटाहा, तस्कर विरूद्रध कठोर कदम उठाउन आवश्यक भएकाले कानुनको कानुन हुनु जरूरी रहेकाले सबै जनताहरूले सरकार तथा गृहमन्त्रालयलार...

पुर्व प्रजिअको पुस्तकमा ‘लिम्बू जातिको ईतिहास’

ललितपुर धनकुटाका पुर्व प्रमुख जिल्ला अधिकारि भगिराज ईङनामको पुस्तक 'लिम्बू जातिको ईतिहास' विमोचन भएको छ । गत भदौ १५ गते किरात याक्थुङ चुम्लुङको ३०औं वार्षिक कार्यक्रमको अवसर पारेर उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व कुलपति बैरागी काईलाबाट उक्त पुस्तक विमोचन गरिएको हो । सरकारी जागिरबाट रिटायर भएपछि एक दशकसम्म पुर्ख्यौली ईतिहासको अनुसन्धान पछि ईङनाम यो पुस्तक निकाल्नु भएको हो । मन्तब्यको क्रममा प...

तुम्रोक समाजले प्रदान गर्याे क्यान्सरपिडित सहयाेग

१२ भाद्र काठमाडौ । दीन दुःखीहरुको चहराईरहेको घाउमा मल्हम पटि्ट लगाउनु, आपत परेको वेला उद्धार गर्नु  मानवीयताको उत्कृष्ट रुप हो । सक्कली मन्दिर त मानिसको आत्मामा हुन्छ भन्ने मान्यतालाई चरितार्थ गर्दै तुम्रोक समाजले देश विदेशमा रहेका तुम्रोकहरुलाई सहयोगको आव्हृान गरी ३ जना आफ्नो वंशका क्यान्सरपिडितहरुलाई सहयोग गरेको छ । विभिन्न हस्पिटलहरुमा उपचार गराई रहेका क्यान्सरपिडितहरु नुगेन  तुम्रोक,  अमृता...

देखिरहन्छु जहिले… को म्युजिक भिडियो युट्युवमा सार्वजानिक

काठमाडौं, ७ भदौ । गायक अर्जुन पौडेलको स्वरमा रहेको 'देखिरहन्छु जहिले...' म्युजिक भिडियोे युट्युवमार्फत सार्वजानिक भएको छ । म्युजिक भिडियोलाई विहिबार रातोपुलस्थीत रक हाउस रेष्टुरेन्टमा सार्वजानिक गरिएको हो । वरिष्ठ संगीतकार हरि लम्साल, चलचित्र निर्माता हस्त लिवाङ, निर्देशक लोकेन सावा, याक्थुङ हाक्पारे पालाम सयङका अध्यक्ष रुपा आङबुहाङ, याक्थुङ मुनचइत चोक सयङका महासचिव विक्रम फागो वनेम, निर्देशक साग...

कञ्चनपुरमा गोली चल्यो, कर्फ्यू आदेश जारी

कञ्चनपुर बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरीले वास्तविक अपराधीलार्इ लुकाएर मानसिक सन्तुलन गुमाएका विष्टलार्इ सार्वजनिक गरिएको भन्दै आन्दोलन उग्र बनेपछि कञ्चनपुरको भिमदत्त नगरपालिकामा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार पुर्वमा भाषी पुल, पश्चिममा शिव मन्दिर, निङला उच्च मावि, सिपविकास केन्द्र लगायतका आसपासका क्षेत्रमा बिहिबार...

ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिको विवाद चुलिंदै

२ भदौ ताप्लेजुङ र ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिकाको कार्यालय भवन कहाँ राख्ने भन्ने विषयको विवाद झनै चुलिदैं गएको छ । गाउँपालिका जनप्रतिनिधिहरुले गाउँपालिकाको भवन डाडाँगाउँ भन्ने स्थानमा राख्ने निर्णय गरेपछि त्यस निर्णयको विरुद्धमा गाउँपालिकाबासी आम जनताहरु ससक्त रुपमा विरोधमा उत्रिएका हुन् । त्यहाँका स्थानीयले गाउँपालिकाको भवन पुर्णे डाडाँ बजारमा राख्नु पर्ने माग राख्दै पटक पटक आन्दो...

ललितपुर चुम्लुङको १२औं जिल्ला परिषद बैठक सम्पन्न

४ भदौ ललितपुर किरात याक्थुङ चुम्लुङ अन्तर्गतको ललितपुर जिल्ला कार्य समितिको १२औं जिल्ला परिषद बैठक २०७५ भाद्र २ गते ललितपुरको आफ्नै भवनमा सम्पन्न भएको छ । संस्थाले आगामी कार्यक्रमको खाकासहित गत आर्थिक वर्षमा गरेको प्रगति र आर्थिक प्रतिवेदन पारित गर्दै बैठक सम्पन्न गरेको हो । ललितपुर चुम्लुङले शाखा स्थापनापश्चात् चुम्लुङहिमको निर्माणसंगै भवनको परिसरमा राष्ट्रिय विभिुति फाल्गुनन्द, किराती विभूति...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोल १११,डिजेल मट्टितेल ९५

काठमाडौँ नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । गए मध्यराति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा एक रुपैयाँ तथा डिजेल/मट्टितेलमा २/२ रुपैयाँ बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेल/प्रतिलिटर ९५ रुपैयाँ भएको छ । हवाई इन्धनमा समेत प्रति लिटर ४ रुपैयाँ ५ पैसा वृद्धि भएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत...

माइतीघरमा बलात्कारीलाई कडा सजायँ माग गर्दै महिलाहरुको अर्धनग्न प्रदर्शन

काठमाडौं आज शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न लगाएर प्रदर्शन गरेका छन् । बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै महिलाहरुले अर्धनग्न प्रदर्शन गरेका हुन् । पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत थिए । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ । अर्थनग्न प्रदर्शन भनिए पनि कालो ...

याक्थुङ युवा मंच केन्द्रले यसरि मनाए विश्व युवा दिवस ।

विश्व युवा दिवसको अवशरमा याक्थुङ युवा मंच केन्द्रले कियाचु केन्द्रिय सस्थापक अध्यक्ष तथा आदिवासी जनजाति अभियन्ता नन्द कन्दङ्वालाई प्रमुख वक्ता बनाई पहिचान संरक्षण र आदिवासि हक अधिकार प्राप्तिको लागी युवा पुस्ताको भुमिका सम्बन्धि अन्तरकृया कार्यक्रम  गत साउन २७ गते सम्पन्न  गरेको छ । औपचारिक कार्यक्रमलाई मंचका केन्द्रिय महासचिव सुसन  हुक्पाचोङबाङले  संचालन गरेकाथिए,  प्रमुख अतिथि,संयुक्त राष्ट्र...