लकडाउनमा सांसदले लिए सवारी भत्ता……

काठमाडौँ — लकडाउनमा सवारीसाधन नचले पनि संघीय सांसदहरुले बैठकमा सहभागी हुँदा यातायात भत्ता लिएको पाइएको छ । सरकारले चैत ११ देखि मुलुकभर लकडाउन घोषणा गरेपछि यातायात ठप्प थियो । संसद्को छैटौं अधिवेशन चैत २६ मा सुरु भएको थियो । भाडाको ट्याक्सी नचल्ने र निजी गाडी रिजर्भ गरेरसमेत बैठकमा जान नसक्ने अवस्था भएपछि संसद् सचिवालयले सांसदहरुका लागि गाडी व्यवस्था गरेको थियो । तर बैठकमा सहभागी भएबापत एक हजार र य...

हिमाली जिल्ला मनाङमा पनि कोरोना संक्रमित भेटिए……

हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनी सहित गण्डकी प्रदेशमा विहीबार कोरोनाका थप ४२ जना संक्रमित फेला परेका छन्। गण्डकी प्रदेशमा अब मुस्ताङ बाहेक सबै जिल्लामा संक्रमित भेटिएका छन्। प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार मनाङमा फेला परेका संक्रमित चामे गाउँपालिकामा कार्यरत कर्मचारी हुन्। ५७ वर्षका ती पुरुष कपिलबस्तुको ब...

थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या सात हजार नाघ्यो……

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५८६ कोरोना संक्रमित बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिएका हुन् । यो सँगै संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको छ । हालसम्म एकहजार १६७ जना कोरोनाको उपचार गरेर घर फर्किएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । श्राेत: रापा...

भारत चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो…..

भारत र चीनबीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गरेका हुन्। भारत र चीनबीचको सीमामा भएको विवाद र सैनिक झडपमा परी २० जना भारतीय सैनिकको ज्यान गएको बताइएको थियो। साथै संयुक्त राष्ट्रसंघका महासचिवले सो विषयमा वार्ताको माध्यमबाट विवादको समाधान खोज्नका लागि पनि आह्वान गरेको बताइएको छ। संयुक्त राष्ट्र...

विदेशबाट आएकामा कोरोनाको कडा लक्षण

एक साताभित्र विभिन्न देशबाट नेपाल ल्याइएका कोरोना संक्रमितहरुमा कडा खालको लक्षण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार उनीहरुमा श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने लक्षणहरु छन्। ‘अस्पतालमा आइपुग्दै कडा लक्षण सहित आइरहेका छन्’ उनले मंगलवार नागरिकसँग भने। उपचारपछि लक्षण घटिरहेको राजभण्डारीले बताए। निर्देशक राजभण्डारीका अनुसार यस अघ...

लद्दाखमा भारत-चीन झडप : २० भारतीय सैनिकको मृत्यु……

नयाँदिल्ली — भारत र चीनबीच एक महिनादेखि कायम तनाव बढेर हिंसात्मक झडपमा परिणत भएको छ । भारतीय र चिनियाँ सेनाबीच सोमबार राति पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको झडपमा परी भारतीय सेनाका एक जना अधिकृत (कर्णेल) सहित २० जनाको मृत्यु भएको छ । सुरुमा भारतीय सेनाले झडपमा एक जना कर्णेलसहित ३ जना भारतीय सैनिकको मृत्यु भएको बताएको थियो । मंगलबार राति भारतीय सेनाले एक वक्तव्यमार्फत झडपमा गम्भीर घाइते भएका अन्...

डेक्सामेथासोनले कोरोना संक्रमितको ज्यान बचाउन सकिने

जोर्नी दुख्ने तथा दमलगायतका रोगमा लामो सयमदेखि प्रयोग भइरहेको सस्तो र सुलभ डेक्सामेथासोन औषधिले कोरोनाका गम्भीर बिरामीलाई पनि बचाउन सकिने निष्कर्ष बेलायतका वैज्ञानिकले निकालेका छन्। अनुसन्धानकर्ताका अनुसार यो औषधिले भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका ८ बिरामीमध्ये १ तथा र अक्सिजन दिनुपर्ने २५ कोरोना संक्रमितमध्ये एक जनाको ज्यान जोगाउन सकिने देखिएको हो। यो औषधिको मूल्य पनि सस्तो तथा जहाँसुकै पाइने भ...

उत्तर कोरियाद्वारा अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त……

उत्तर कोरियाली दक्षिण कोरियासँगैको सीमाक्षेत्रमा रहेको आफ्नो अन्तर–कोरियाली सम्पर्क कार्यालयको भवन ध्वस्त पारेको छ। दुबै कोरियाबीच पछिल्लो समय बढ्दै गएको तनाबकै बीच उत्तर कोरियाले यस्तो कदम चालेको अनुमान गरिएको छ। दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको सम्पर्क कार्यालय भवन अपराह्न २.४९ मिनेटमा ध्वस्त बनाइएको जनाएको छ। यस बारेमा मन्त्रालयले कुनै थप विवरण दिएक...

अमेरिकामा २४ घन्टायता ४ सयभन्दा कमको मृत्यु……

संयुक्त राज्य अमेरिकामा गएको २४ घन्टायता कोरोना भाइरसको प्रकोपका कारण ४०० भन्दा कम नागरिकको मत्यु भएको पाइएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा गएको २४ घन्टा यता कोरोना भाइरसका कारण भएका मृत्युमध्ये ४०० भन्दा कमको ज्यान गएको हो । उक्त विश्वविद्यालयले ४०० भन्दा कमको निधन भएको अमेरिकामा यो दोस्रो दिन हो भनेको छ । यसरी हेर्दा अमेरिकामा एकै दिनमा हुने मृत्युमा कमी आएको...

कोरोना संक्रमण ७३ जिल्लामा, २४ घन्टामा थपिए ३८० जना संक्रमित……

काठमाडौँ — पछिल्लो २४ घन्टामा मंगलबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ६ हजार ५९१ पुगेको जनाए । संक्रमित हुनेमा झापाका १ जना, पाँचथरका २ जना, सुनसरीका २ जना, सिरहाका २ जना, रौटहटका ३८ जना, महोत्तरीका १७ जना, पर्साका २ जना, गोरखाका १० जना, नवलपर...

क्वारेन्टिनमा भएको बलात्कारबारे छानबिन हुने……

कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित सहिद स्मारक माविको क्वारेन्टिनमा बसेकी महिलामाथि भएको सामूहिक बलात्कारबारे छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगको एक टोली घटनास्थलतर्फ लागेको छ। आयोगले नेपाल प्रहरीलाई विस्तृत जानकारी पठाउन पत्राचारसमेत गरेको छ। आयोगको धनगढीस्थित प्रदेश कार्यालयको टोली अनुगमनका लागि सोमबार घटनास्थलतर्फ लागेको हो। भारतबाट आई जेठ २० गतेदेखि क्वारेन्टिनमा बस्दै आएकी उनले जेठ ३१ ग...

वडाध्यक्ष मल्लको बयान : केटालाई नियन्त्रणमा लिएर राखेको हुँ, तर कसले मार्‍यो थाहा भएन !……

काठमाडौं । रुकुम पश्चिम चौरजहारी घटनाका प्रतिवादी वडाध्यक्ष समेत रहेको डम्बर बहादुर मल्लले घटना भएका दिन आफू धानको बिउ राख्न खेतबारीमा गएको बताएका छन् । उनले सो दिन खेतको काम सकेर अपरान्ह अन्दाजी ४,५ बजे वडा कार्यालय नजिककोे क्वारेन्टिन व्यवस्थापनमा खटिएको टीमलाई सल्लाह दिन गएका बेला जाजरकोटबाट नवराज विक सहितका केटाहरु आफ्नो गाउँमा आउँदै गरेको भन्ने सूचना पाएको बताएका छन् । वडाध्यक्ष मल्लले आफू क्...