त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यलयमा गरिएको तालाबन्दी…..

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या शीघ्र समाधान गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । तीन वर्षमा ३ सय दिन त्रिविमा तालाबन्दी भएको विषय उठाएर प्रमुख प्रतिपक्षी एमालेले सरकारको ध्यानाकर्षण गराउँदै सभामुखबाट रुलिङ माग गरेको थियो । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिविमा पठनपाठनको वातावरण तहसनहस पारेको भन्दै एमालेले संसद् अवरोध गर्ने चेतावनी दि...

संसदीय समितिमा पठाइयो नागरिकता विधेयक…..

काठमाडौं -    राष्ट्रपति विद्या भण्डारीले नेपाल नागरिकता ऐन २०६३, पहिलो संशोधन विधेयक ०७९ प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्देश आइतबार राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरियो । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बैठकमा राष्ट्रपति कार्यालयबाट आएको सन्देश पढेर सुनाए । गत साउन ६ गते संघीय संसदबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय प...

गठबन्धनको कार्यदल बैठक निष्कर्षविहीन…..

काठमाडौं -   मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन बनेको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो । कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका हिमलाल पुरीले आजको छलफल खासै उपलब्धिमुलक हुन नसकेको बताए । यसअघि काँग्रेसले प्रतिनिधिसभातर्फ १०० सिट तथा माओवादी केन्द्र ६०, नेक...

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै…..

काठमाडौं-  सत्ता गठबन्धन कार्यदलको बैठक आज​ पनि बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो । साउनको तेस्रो सातायता कार्यदलको बैठकमा आगामी मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल भइरहेको छ । कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी राखेको छ । १६५ निर्वाचन क्षेत्रमध्ये करिब ४० सिटमा कांग...

मतदाता नामावलीको त्रुटि सच्याउन सकिने…..

काठमाडौं-    मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि आइतबारदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । यस अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवम् कुनै मतदा...

काठमाडौं मलको नक्सा भुइँतलासम्म मात्रै…..

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलको प्लिन्थ लेबलसम्मको मात्रै नक्सा पास भएको जनाएको छ । महानगरको सहरी तथा भवन निर्माण विभागका सुरज शाक्यले प्लिन्थ लेबल (भुइँतला)सम्मको मात्रै नक्सा पास भएको बताए । उनले उक्त भवनमा दुई तलाको पार्किङ रहेको पार्किङका लागि पास भएको नक्सामा सटरहरू राखिएको बताए । गत बुधबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसहितको टोलीले मलमा निर्माण गरि...

‘एक्सन’ मा उत्रिए मेयर शाह…..

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसहितको टोली बिहीबार बिहान अनधिकृत रूपमा निर्माण भएका संरचना हटाउन शंखमूल पुग्यो । पार्किङका लागि भनेर छुट्याइएको बेसमेन्टमा सञ्चालित बर्गर हाउसलगायत अन्य भवनका पसल हटाउन निर्देशन दिएर शाह टोलीसहित बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स पुग्यो । कम्प्लेक्सका अध्यक्ष द्विराज शर्मा सिवाकोटीले मेयर शाहलाई नक्सा लिएर आउन चुनौती दिए । त्यसपछि एक्कासि आवेश...

सैनिक अधिकारीहरूसँग राष्ट्रपतिको परामर्श…..

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका प्रतिनिधिलाई भेट्ने क्रममा बुधबार साँझ पूर्वसैनिक अधिकारीहरूलाई शीतलनिवासमा रात्रिभोज दिएकी छन् । प्रधानसेनापति, पूर्वप्रधानसेनापतिहरूसहित करिब ७० जना सहभागी उक्त भोजमा राष्ट्रपतिले राजनीतिक संवाद पनि गरिन्, जसमा संसद्मा विचाराधीन नागरिकता विधेयक मुख्य थियो । नेपाली सेनाकी परमाधिपतिसमेत रहेकी राष्ट्रपतिसँगको भेटमा पूर्वप्रधानसेनापतिहरू प...

राष्ट्रपतिको कदमबारे काँग्रेसमा छलफल…..

काठमाडौं-   सत्तारुढ दल नेपाली काँग्रेस नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रिय सभाबाट पनि हुबहु पास गरेर राष्ट्रपतिबाट प्रमाणीकरण गराउने पक्षमा रहेको छ । गत साउन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्नका लागि फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाबाट यथास्थितिमै पारित भएर यति बेला राष्ट्रिय सभामा पुगेको छ । आगामी भदौ १२ गते राष्ट्रिय सभाको बैठक बोलाइएको छ । राष्...

भारतीय सेनाले ल्याएको गोर्खाको ‘अग्निपथ’ भर्ती स्थगित…..

काठमाडौँ — भारतीय सेनाले ल्याएको ‘अग्निपथ’ योजनाअनुसार गोर्खा भर्ती तत्काल नहुने भएको छ । नयाँ नीतिअनुसार भारतले गोर्खा भर्ना गर्न खोजे पनि नेपाल सरकारले राष्ट्रिय धारणा बनाएर औपचारिक प्रतिक्रिया दिने भन्दै तत्काल स्थगित गर्न आग्रह गरेको छ । परम्परागत रूपमा हुँदै आएको भर्ना जस्तै नयाँ भर्तीमा सहजीकरण गरिदिन भारतीय सेनाले ३१ जेठमा पत्र पठाए पनि नेपाल सरकार अहिलेसम्म लिखित जवाफ पठाएको छैन । भारतीय स...

शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्‍न निर्देशन…..

काठमाडौं-     काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरअन्तर्गतका शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । मेयर शाहले मंगलबार एक विज्ञप्ति जारी गरी राजनीतिक आबद्धता त्याग्न निर्देशन दिएका हुन् । साथै उनले दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई पनि उनले अपिल गरे ...

शैलुङ कन्स्ट्रक्सनलाई ठेक्कापट्टामा तीन वर्षका लागि प्रतिबन्ध…..

काठमाडौँ — सरकारले शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई ठेक्कापट्टामा तीन वर्षका लागि प्रतिबन्ध लगाएको छ । खरिद सम्झौताविपरीत ठेक्का अलपत्र पारेको आरोपमा सार्वजनिक खरिद अनुगमन कार्यालयले शैलुङलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो । काठमाडौं उपत्यकामा थुप्रै ठेक्का ओगटेर पेस्की रकम दुरुपयोग गरेको, सम्झौतामा उल्लिखित मितिभित्र निर्माण सम्पन्न नगरेको, नियतवश निर्माण लागत बढाए...