यसरी खुल्दै छन् कार्यालय, कर्मचारी र सेवाग्राहीका लागि छुट्टाछुट्टै मापदण्ड……

झन्डै तीन महिना बन्द रहेका सरकारी, अर्धसरकारी र गैरसरकारी कार्यालयले असार १ (सोमबार) देखि लकडाउन अगाडिजस्तै पूर्ववत् रूपमा सेवा दिन थाल्ने भएका छन् । कोरोना संक्रमण नियन्त्रण गर्न घोषित लकडाउन खुकुलो बनाएको सरकारले ८३ दिनपछि सबै कार्यालय खोल्न लागेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता वसन्त अधिकारीले संक्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरी कार...

नेपालको नयाँ नक्सा संसद बैठकबाट पारित……

लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत पारित गरेको छ । शनिबार बसेको संसद बैठकले दुई तिहाई भन्दा बढी मतका साथ नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधानको दोश्रो संशोधन विधेयक २०७७ पारित गरेको छ । प्रतिनिधिसभा नियमावलि अनुसार गरिएको मत विभाजनमा संशोधन विधेयक पास गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय ५८ मत परेको हो । संविधान सं...

बाइडेनसँगै चुनाव लड्ने उपराष्ट्रपतिका उम्मेदवारको छनौट हुँदै……

अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रयाटको तर्फबाट जो बाइडेनले प्रतिश्पर्धा गर्ने निश्चित भएपनि उपराष्ट्रपतिमा अझै पनि धेरै जना आकांक्षी रहेका छन् । ती आकांक्षीहरुको नामावलीलाई साघुँरो बनाउने कार्य भइरहेको पार्टीका नेताहरुले जानकारी दिएका छन् । पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनको समूहबाट उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्नका लागि धेरै नेताहरुले आकांक्षा देखाएका छन् । आकांक्षीहरुको सूचीमा धेरै अश्...

कोरोना संक्रमण देखिएपछि बेइजिङका केही ठाउँमा पुन: लकडाउन……

लामो समयपछि कोरोना भाइरसको संक्रमण देखिएपछि चीनको राजधानी बेइजिङका केही भागमा पुन: लकडाउन गरिएको छ । दक्षिणी बेइजिङको सिनफादी मासु बजारमा कार्यरत व्यक्तिमा कोरोना संक्रमण देखिएपछि बेइजिङका ११ वटा आवासीय क्षेत्रमा लकडाउन गरिएको समाचार संस्था एएफपीले जनाएको छ । त्यस्तै मासुबजारको छेउछाउमा रहेको ९ वटा विद्यालयहरु पनि बन्द गरिएको छ । सिनफादी मासुबजारबाट संकलन गरिएका ५ सय १७ नमुनामध्ये ४५ जनामा संक्रमण...

कोरोना रोकथाम खर्चको अपुरो विवरण सार्वजनिक, झन् घटेर आयो खर्च……

कोरोना महामारीको नियन्त्रणमा सरकारको कदम प्रभावकारी नभएको भन्दै व्यापक जनआक्रोश र प्रदर्शन भइरहँदा सरकारले अहिलेसम्मको खर्चको एकपन्ने विवरण सार्वजनिक गरेको छ । शुक्रबार कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेसँगै शनिबार सो विवरण सार्वजनिक गरेको हो । सो विवरण अनुसार हालसम्म संघ, प्रदेश र स्थानीय तहबाट कुल ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैंया खर्च भएको छ । संघीय सरकारको तर्फबाट हालस...

थप २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुग्यो……

पछिल्लो २४ घण्टामा २७३ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये २४७ पुरुष २६ जना महिला छन्। ७२ जिल्लामा कोरोना देखिएको छ। थप २ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या १८ पुगेको छ। जम्मा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ छ। एनअेाएन...

ट्रम्पले ‘सामान्यतया’ पुलिसको लागि चोकहोल्ड प्रतिबन्ध गर्ने कुरामा समर्थन गर्दछन्……

एक अमेरिकी अफ्रिकी अमेरिकी जर्ज फ्लोएडको मृत्युबाट जातीयवाद विरोधी बिरोधको प्रकोप शुरू भएदेखि केही अमेरिकी पुलिस बलहरूले चोकहोल्डमाथि प्रतिबन्ध लगाएका छन्। गाेरा अधिकारीले ९ मिनेट फ्लोएडको घाँटीमा घुँडा टेकेपछि उनको मृत्यु भएकाे थियाे। ट्रम्पले भने कि यो चोकहोल्ड प्रतिबन्ध गर्न एक "धेरै राम्रो कुरा" हुनेछ तर ती अझै पनि केही परिस्थितिहरुमा आवश्यक हुन सक्छ। २०२० को प्रस्तावित न्यायाधीश पुलिस नियोजन ...

ललितपुरको पुल्चोकमा बम राखेर भाग्दै गरेको अवस्थामा प्रतिबन्धित नेकपाका नेता पक्राउ……

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेता शुक्रबार साँझ पक्राउ परेका छन् । ललितपुरको पुल्चोकमा विस्फोट गराउने उद्देश्यका साथ बम राखेर भाग्दै गरेको अवस्थामा पाटन बस्ने श्याम महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । बम राखेर उनी भाग्न लागेको स्थानीयले देखेपछि उनलाई तत्काल महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप...

सडकबाटै मागे सरकारसंग १० अर्बको हिसाव…..

शुक्रबार बुटवल भैरहवामा बिहानैदेखि उखरमाउलो गर्मी थियो । टन्टलापुरे घाम चर्केकै थियो । तैपनि दश बज्दा नबज्दै बुटवल भैरहवाको मुख्य सडकमा मुखमा मास्क लगाएका युवायुवतीको भिड बाक्लीदै गयो । सडकमा आउने अधिकाँसको हातमा प्लेकार्ड थियो । केही छिनमै बुटवल बसर्पाकदेखि ट्राफिक चोकसम्मको मुख्य सडक भरीयो । सुरुमा प्रदर्शनकारीले भौतिक दुरी कायम गरेका थिए । तर भिड बढ्दै गएपछि त्यो पनि सम्भव देखिएन । सरकारले बिही...

शुक्रबार पनि देशैभर सरकार विरोधी प्रदर्शन……

कोभिड–१९ रोकथाम र जाँचमा ढिलासुस्ती गरेकाे, सरकारी खर्च पारदर्शी नभएकाे भन्दै शुक्रबार पनि युवाहरूले सरकार विरोधी प्रदर्शन जारी राखेका छन् । काठमाडाैंकाे बसन्तपुरमा युवाहरूले प्रहरी दमनविरूद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन् । धुलिखेल, भक्तपुर र कीर्तिपुरमा पनि सरकार विराेधी प्रदर्शनमा भएकाे छ । त्यस्तै हेटौंडा, बुटवल, भैरहवा पाल्पामा पनि कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम नचालेको भन्दै...

अमेरिकाले इराकमा सेनाको संख्या घटाउने……

अमेरिकाले इराकमा पठाउँदै आएको अमेरिकी सेनाको संख्यामा कटौती गर्ने भएको छ। अमेरिका र इराक सरकारको बिहीबार जारी संयुक्त वक्तव्यमा सो कुराको जानकारी दिइएको हो। अमेरिकाले इराकमा (इस्लामिक स्टेट्स) आइएसको नियन्त्रणका साथै अन्य आतंकवादी क्रियाकलापहरुको नियन्त्रणका लागि भन्दै विगतदेखि सेना पठाउदै आएको छ। तर आगामी दिनमा ती सैनिक संख्यामा कटौती गर्ने अमेरिकाले जनाएको छ। अमेरिकाले आगामी महिनादेखि नै इराकमा ...

कोरोना भाइरसबाट विश्वमा ४ लाख २३ हजार भन्दा बढीको मृत्यु, करिब ७६ लाख संक्रमित……

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २३ हजार ८८८ पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर ७५ लाख ९९ हजार ६४९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ। शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३८ लाख ४३ हजार ७९५ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ३१ हजार ...