किम जोङकी बहिनीले दिइन् दक्षिण कोरियाविरुद्ध सैन्य कारबाहीको धम्की……

उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाविरुद्ध सैनिक कारबाही गर्ने चेतावनी दिएकी छिन् । उत्तर कोरियाको सीमा क्षेत्रमा सरकार विरोधी गतिविधि बन्द नगरेको भन्दै यो जोङले आक्रोश व्यक्त गरेकी छिन् । दक्षिण कोरियाले यस्तो काम बन्द नगरे सैनिक कारबाही गरिने उनले बताइन् । किमले सर्वोच्च नेता, पार्टी र सरकारबाट आफूलाई मिलेको अधिकार प्रयोग गर्दै सेनालाई कारबाही गर्न भनेको बताइन् । सै...

निजी प्रयोगशालाले पनि कोरोनाको पीसीआर परीक्षण गर्न पाउने……

सरकारले निजी प्रयोगशालालाई पनि कोरोनाको पीसीआर परीक्षणका लागि स्वीकृति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेका निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्न पाउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले संकलन गरेको नमूना मात्रै निजीले परीक्षण गर्ने बताउँदै यसका लागि लाग्ने खर्च मन्त्रालयले व्यवस्था गर्ने बताए । उनले भिसा तथा निरोग...

कोरोना अपडेट : थप ४२५ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या ९७४ पुग्यो……

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५ हजार ७६० पुगेकाे छ । जसमा पुरुष ५३२४ र महिला ४३६ रहेका छन् । यस्तै बितेको २४ घण्टामा ६१ जना ड...

पर्वतको कुश्मामा पहिरो : पाँचको मृत्यु, चार बेपत्ता…..

पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका छन् । शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो । आज बिहान थप दुई जना दीपा थापा र कमला...

हङकङको ओशियन पार्क काेभिड-१९ को कारण चार महिना बन्द भएपछि फेरि खुल्यो……

हङकङको आइकनिक थिम पार्क ओशियन पार्कले शनिबार काम सुरु गर्‍यो जुन काेभिड-१९ महामारीका कारण चार महिना भन्दा बढी समयको लागि बन्द भएको थियो। आगन्तुकहरू, कर्मचारीहरू र जनावरहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न, पुन: खोलेको पहिलो दुई हप्तामा पार्कमा अधिकतम पार्क तात्कालिक क्षमता घटेर ९,०००, सामान्य स्तरको २५ प्रतिशत हुनेछ। एन्टी - महामारी उपायहरूको श्रृंखला लागू गरिनेछ। सबै आगन्तुकहरूले पार्क...

अक्सफोर्डमा परीक्षण भैरहेको सम्भावित कोरोना भ्याक्सिन खरिद गर्न ४ देशले गरे सम्झौता……

चार युरोपियन मुलुकहरुले कोरोना भ्याक्सिनको उत्पादन र वितरणको जिम्मा लिएको अष्ट्राजेनेका कम्पनीसँग सम्झौता गरेका छन् । युरोपियन मुलुकहरु इटाली, जर्मनी, फ्रान्स र नेदरल्यान्डसले सो कम्पनीसँग भ्याक्सिन आपूर्तिका लागि सम्झौता गरेका हुन् । इटलीका स्वास्थ्यमन्त्रीका अनुसार सोही सम्झौताअनुसार उक्त कम्पनीले युरोपका नागरिकहरुका लागि कोरोना भाइरसको भ्याक्सिन आपूर्ति गर्नेछ । यो सम्झौता बेलायतमा बन्ने सम्भाव...

संक्रमित बढ्दै गएपछि मोदी दबाबमा……

नयाँदिल्ली — कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा बढी प्रभावित एसियाली मुलुक भारतमा दैनिक संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार २४ घण्टाको अवधिमा ११ हजार ४ सय ५८ नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार यो संख्या एकै दिन संक्रमित हुने हालसम्मकै बढी हो । सुरु सुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भए पनि हाल य...

यसरी खुल्दै छन् कार्यालय, कर्मचारी र सेवाग्राहीका लागि छुट्टाछुट्टै मापदण्ड……

झन्डै तीन महिना बन्द रहेका सरकारी, अर्धसरकारी र गैरसरकारी कार्यालयले असार १ (सोमबार) देखि लकडाउन अगाडिजस्तै पूर्ववत् रूपमा सेवा दिन थाल्ने भएका छन् । कोरोना संक्रमण नियन्त्रण गर्न घोषित लकडाउन खुकुलो बनाएको सरकारले ८३ दिनपछि सबै कार्यालय खोल्न लागेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता वसन्त अधिकारीले संक्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरी कार...

नेपालको नयाँ नक्सा संसद बैठकबाट पारित……

लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत पारित गरेको छ । शनिबार बसेको संसद बैठकले दुई तिहाई भन्दा बढी मतका साथ नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधानको दोश्रो संशोधन विधेयक २०७७ पारित गरेको छ । प्रतिनिधिसभा नियमावलि अनुसार गरिएको मत विभाजनमा संशोधन विधेयक पास गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय ५८ मत परेको हो । संविधान सं...

बाइडेनसँगै चुनाव लड्ने उपराष्ट्रपतिका उम्मेदवारको छनौट हुँदै……

अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रयाटको तर्फबाट जो बाइडेनले प्रतिश्पर्धा गर्ने निश्चित भएपनि उपराष्ट्रपतिमा अझै पनि धेरै जना आकांक्षी रहेका छन् । ती आकांक्षीहरुको नामावलीलाई साघुँरो बनाउने कार्य भइरहेको पार्टीका नेताहरुले जानकारी दिएका छन् । पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनको समूहबाट उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्नका लागि धेरै नेताहरुले आकांक्षा देखाएका छन् । आकांक्षीहरुको सूचीमा धेरै अश्...

कोरोना संक्रमण देखिएपछि बेइजिङका केही ठाउँमा पुन: लकडाउन……

लामो समयपछि कोरोना भाइरसको संक्रमण देखिएपछि चीनको राजधानी बेइजिङका केही भागमा पुन: लकडाउन गरिएको छ । दक्षिणी बेइजिङको सिनफादी मासु बजारमा कार्यरत व्यक्तिमा कोरोना संक्रमण देखिएपछि बेइजिङका ११ वटा आवासीय क्षेत्रमा लकडाउन गरिएको समाचार संस्था एएफपीले जनाएको छ । त्यस्तै मासुबजारको छेउछाउमा रहेको ९ वटा विद्यालयहरु पनि बन्द गरिएको छ । सिनफादी मासुबजारबाट संकलन गरिएका ५ सय १७ नमुनामध्ये ४५ जनामा संक्रमण...

कोरोना रोकथाम खर्चको अपुरो विवरण सार्वजनिक, झन् घटेर आयो खर्च……

कोरोना महामारीको नियन्त्रणमा सरकारको कदम प्रभावकारी नभएको भन्दै व्यापक जनआक्रोश र प्रदर्शन भइरहँदा सरकारले अहिलेसम्मको खर्चको एकपन्ने विवरण सार्वजनिक गरेको छ । शुक्रबार कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेसँगै शनिबार सो विवरण सार्वजनिक गरेको हो । सो विवरण अनुसार हालसम्म संघ, प्रदेश र स्थानीय तहबाट कुल ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैंया खर्च भएको छ । संघीय सरकारको तर्फबाट हालस...