विधेयक प्रमाणीकरणको लागि हस्ताक्षर गर्दै प्रदेश नम्बर १ का प्रदेश प्रमुख पर्शुराम खापुङ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा “प्रदेश आर्थिक कार्यविधि वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८” प्रमाणिकरण गर्नुभएको छ । प्रदेश नं. १ को प्रदेश सभा नियमावली, २०७४ को नियम १०८ बमोजिम मिति २०७८÷१२÷११ गते बसेको प्रदेश सभाको ...
समाचार
मिल्ने साथीकै योजनामा कविताको हत्या…..
काठमाडौं- उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा पढ्ने कविता सुनुवार र १६ वर्षीया सीता (नाम परिवर्तन) मिल्ने साथी हुन् । मंगलबार विहान ट्युसन पढ्न सँगै गएकी कवितालाई सीताले योजनाबद्ध रुपमा हत्या गरेको आरोप लागेको छ । बेलका नगरपालिका–६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कवितालाई सीता र उनको ठुलो बुवाको छोरा बिनोद ढकाल मिलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । स्कुलबा...
फेरि बढायो ग्यास र पेट्रोलियम पदार्थको भाउ…..
काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै डिजेल र मट्टितेल पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ । आयल निगमले नोक्सानी बढेक...
सार्वजनिक स्थलमा चुनावी कार्यक्रम गर्न रोक…..
काठमाडौं- निर्वाचन आयोगले अनुमति बिना चुनावी कार्यक्रम गर्न रोक लगाएको छ। आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो। स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बै...
मेलम्चीको पानी चैतभित्र काठमाडौँ नआउने…..
काठमाडौं- मेलम्चीको पानी यसै वर्ष काठमाडौँमा आउने सम्भावना करिब अन्त्य भएको छ । गत असार १ र साउन १६ गते चलेको बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा ठुलो क्षति पुगेको थियो । खासगरी बाढीका कारण आयोजनाको टनेल तथा हेडवर्क्समा गम्भीर क्षति भएको थियो । मर्मतका लागि अझै केही समय लाग्ने हुँदा पानी नियमित आपूर्ति हुन पनि कुर्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास बोर्डले जनाएको छ । तर, यसअघि आयो...
घटनामा संलग्न भएको पुष्टि गर्दै २० जनाविरुद्ध कर्तब्य ज्यान मुद्दा…..
विराटनगर — उत्तरी मोरङमो लेटाङ घटना प्रकरणमा प्रहरीले सोमबार २० जनाविरुद्ध जिल्ला अदालतमा कर्तब्य ज्यान मुद्दा दायर गरेको छ । घटनामा संलग्न भाएको आशंकामा थप ४३ जनाविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । लेटाङ ५ खेरुवास्थित शिक्षा माध्यामिक विद्यालयका शिक्षक विजय पौडेलले कक्षा ६ मा अध्यनतर एक बालिकालाई यौन दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रण गर्न पुगेको प्रहरी टोलीलाई उत्तेजित भ...
राज्य ढुकुटीबाट हेलिकोप्टर चढेर चुनाव प्रचारमा मन्त्री र नेता…..
काठमाडौँ — स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा बाक्लिएका राजनीतिक प्रशिक्षण, भेला र प्रचारमा सरकारी स्रोतसाधनको दुरुपयोग बढेको छ । उद्घाटन तथा अनुगमनका नाममा प्रधानमन्त्री तथा मन्त्रीहरू हेलिकोप्टर चढेर जिल्ला–जिल्लामा आयोजित दलका कार्यक्रममा पुग्ने गरेका छन् । मन्त्रीका नाममा सरकारी ढुकुटी खर्च गरेर उडाइने हेलिकोप्टरमा दलका नेता–कार्यकर्ताको कोचाकोच हुन्छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रश...
पत्र बुझ्न बतास समूहले अस्वीकार, अस्वीकार पछि सार्वजनिक सूचना…..
काठमाडौं- तिलगङ्गास्थित नेपाल-भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र बुझ्न बतास समूहले अस्वीकार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको थियो । बतास समूहले पत्र बुझ्न अस्वीकार गरेपछि कोषको सञ्चालक परिषद्ले सार्वजनिक सूचना नै निकालेको छ । परिषद्ले श्री...
पम्पहरूमा पठाउन थालियो इन्धन, भोलिबाटै सहज हुने…..
काठमाडौँ — ट्याङ्कर चालकहरुसँग सहमति भएसँगै पम्पहरुलाई थानकोट डिपोबाट पेट्रोलियम पदार्थ पठाउन थालिएको छ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले विभिन्न माग राख्दै डिपोबाट इन्धन 'लोड' नगरेपछि राजधानीका निजी पम्पहरुले आइतबार दिनभर तेल बिक्री गर्न पाएनन् । खुलेका सरकारी पम्पहरुमा भने दिनभर सवारीसाधनको लामो लाइन लाग्यो । पेट्रोलियम पदार्थको प्राविधिक चुहावट/नाेक्सानी हुँदा चर्को जरिवाना तिर्नुपरेको, समय...
चुच्चे नक्सा नराख्दा राष्ट्रको शिर निहुरियो…..
काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै आपत्ति जनाएका छन् । बुद्धिजिवी परिषद्को १० औं महाधिवेशनको उद्घाटन गर्दै उनले दूतवासमा चुच्चे नभइ बुच्चे नक्सा राखिएको बताए । उनले यस्तो काम वर्तमान सरकारले पटकपटक गरेको पनि बताए । सम्मानीय प्रधानमन्त्रीले प्रकाशित गरेको एक सय दिनको विवरणमा चुच्चे नक्सा हटाइयो । भौगोलिक ...
कुर्थादेखि जयनगरसम्म नियमित रुपमा रेल सेवा सुरु…..
धनुषा- धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेल सेवा सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गरेपछि सो रेल सेवा नियमित रुपमा सुरु भएको हो । नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखको लागतमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गर...
पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता…..
काठमाडौँ — पेट्रोलियम व्यवसायीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरेका छन् । चैत ६ गतेदेखि ग्यासको पिडिओ खरिद बन्द गर्नेदेखि इन्धन लोडअनलोड बन्द गरेका उनीहरुले आयल निगमसँग शनिबार चार बुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएका हुन् । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार व्यवसायीको मागको सन्दर्भमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्नेगरी सहमति भएको हो । पेट्रोलियम बिक्रेता कमिसन र ढुवानी ...
















