१५ कार्तिक २०७५, काठमाडौं - स्वदेशी लगानीमा निर्माणाधीन अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लागत दोब्बर पुग्ने भएको छ। सुरुमा ३५ अर्ब २९ करोड लागतमा सम्पन्न हुने भनिएको आयोजनाको लागत अहिले बढेर करिव ७० अर्ब पुग्ने देखिएको हो। आयोजना निर्माण सम्पन्न हुने अवस्थासम्म व्याजसमेत जोड्दा करिव ६९ अर्ब लाग्ने अनुमान गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठल...
समाचार
ऊखु किसानलाई रकम नदिने सुगर मिल्सका सञ्चालक राकेश अग्रवाल पक्राउ
काठमाडौ ऊखु किसानलाई बक्यौता रकम भुक्तान नगरेका व्यवसायी राकेश अग्रवाल पक्राउमा परेका छन् । आज बिहान महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्रीज र सर्लाहीमा रहेको अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रीज प्रालिका सञ्चालक रहेका अग्रवालले उखु किसानलाई करीब ५० करोड रुपैयाँ तिर्न बाँकी छ । ऊखु किस...
बहिनीको सम्झनामा स्वास्थ्य केन्द्र स्थापना………
ओखलढुंगा – बहिनीको सम्झनामा सिद्धिचरण नगरपालिका–६, जन्तरखानी डमारमा स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । स्थानीय ङिमा शेर्पाले आफ्नी स्वर्गीय बहिनी डाली शेर्पाको सम्झनामा स्वास्थ्य केन्द्र स्थापना गरेका हुन् । ओखलढुंगा नौ डाँडा संस्था स्थापना गरी शेर्पाले डाली शेर्पा मेमोरियल स्वास्थ्य सेवा केन्द्र निर्माण गरेका हुन्। पाँच वर्षअघि बच्चा जन्माउने क्रममा अत्यधिक रक्तश्राव भएर उनकी ४२ वर्षीया बहिनी ड...
सुन फलाउँदै ‘ट्रफल च्याउ’ यो जातको च्याउ मूल्यवान् हुन्छ……..
रोल्पा – थवाङ राचिवाङका किसान अहिले दंग छन् । विश्वमै दुर्लभ तथा बहुमूल्य मानिने ‘ट्रफल’ च्याउका बिरुवा हुर्कंदै गरेकाले उनीहरू खुसी भएका हुन् । ‘यो जातको च्याउ मूल्यवान् हुन्छ भन्ने सुनेका छौं, उत्पादन सुरु भएपछि निक्कै कमाइ हुन्छ होला,’ स्थानीय राजकुमार रोकामगरले भने। रोकामगरका अनुसार सात वर्षअघि थवाङको एक हेक्टर जग्गामा रोपिएका चार सय ३५ मध्ये अहिले दुई सय बिरुवा हुर्किरहेका छन् । यी बिरुवा बेल...
पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी तुम्रोकले गरे बजार अनुगमन
सदरमुकाम फिदिममा व्यवसायीले कालो बजारी गर्ने गरेको पाइएको छ ।हिजो मंगलबार अनुगमन टोलिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले बजार अनुगमन गरेकाहुन। अनुगमन गर्ने क्रममा इलेक्ट्रोनिक्स र गिफ्ट पसलहरुमा बढी कालोबजारी हुने गरेको पाइएको तुम्रोकले बताए । त्यस्ता अधिकांश पसलहरुमा अन्डर बिलिङको समस्या पाइएको छ’ उनले भने बिलमा थोरै मूल्य देखिएको तर बिक्री गर्दा ५/६ गुणा बढी मूल्यमा...
सी.एस.टी.एन.डान्स कम्पिटिशनको उपाधी सिजस्मी गुरुङलाई
२८ अक्टुबर, हङकङ– हङकङ नेपाली महासंघद्धारा संचालित तथा गृह मामिला विभागद्धारा प्रायोजित नेपाली समुदायको लागि सामुदायिक सेवा समुह (सी.एस.टी.एन.) द्धारा आयोजित नेपाली बालबालीकाहरु बीचको खुल्ला डान्स कम्पिटिशनको प्रथम उपाधी सिजस्मी गुरुङले हात पारिन । २८ जनाले प्रतिस्पर्धा गरेको उक्त प्रतिष्पर्धामा कस्मिना गुरुङले दृतिय, आयुष्मा राईले तृतिय र प्रतिक्षा गुरुङले वेष्ट स्टेज पर्फमरको ट्रफी हाता पारे ।...
डी.ए.बी. द्धारा दशैको शुभकामना आदनप्रदान कार्यक्रम
२८ अक्टुबर, हङकङ– हङकङको सबै भन्दा ठूलो राजनीतिक पार्टी डोमोक्रेटिक एलाइन्स फर द बेटरमेन्ट (डी.ए.बी) ले नेपाली समुदायको लागि दशैको अवशरमा दिवा भोज सहितको भेटघाट तथा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गर्यो । हङकङमा रहेका नेपाली समुदायका अग्रज, बुद्धिजिवी तथा विभिन्न संघ संस्थाहरुमा आवद्ध समाजसेवीहरुलाई विशेष निमन्त्रणा गरेर आयोजना गरिएको उक्त कार्यक्रममा डिस्ट्रिक काउन्सिलर बेन्नी यङ, एलेक्स प...
७८ औं साहित्य श्रृंखलामा सुनिइन नेपालकी कवि कल्पना काफ्ले
२८ अक्टुबर, हङकङ– कवि कल्पना काफ्लेसंगको नेपाली भाषा तथा साहित्य बारे विशेष भलाकुसारी, सृजना वाचन तथा समीक्षा गर्दै श्रृंखलाका संयोजक डी.बी. पालुङ्वाको अध्यक्षतामा ७८ औं साहित्य श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो । नेपाल वायुसेवा निगमको जागिरकै शिलशिलामा केही दिनका लागि नेपालबाट हङकङ आइपुगेकी कवि काफ्लेलाई साहित्य श्रृंखलाको तर्फबाट खदा लगाएर सम्मान गरिएसंगै एक–आपसमा परिचयात्...
नेकपा र कांग्रेस कार्यकर्ता बीच झडप एकको मृत्यु…………
सर्लाही – सर्लाहीको रामनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र कांग्रेस कार्यकता बीच झडप हुँदा एक जनाकाे ज्यान गएकाे छ। झडपका क्रममा चलेकाे गाेली लागेर एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। रामवन गाउँपालिका–४ का वडा अध्यक्ष रामनरेश महतोका काका अन्दाजी ५५ वर्षीय रामविलास महतोको गोली लागेर मृत्यु भएकाे सर्लाही क्षेत्र नं. ४ अन्तर्गत प्रदेशसभा ‘क’बाट निर्वाचित सांसद् विरेन्द्र स...
भिभिआइपी सवारीमा जनतालाई सधै सास्ती……..
काठमाडौं - जब राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री राजकीय, औपचारिक र अनौपचारिक भ्रमणमा निस्कँदा जनस्तरबाट भ्रमण शैलीको तीव्र आलोचना हुन्छ । भ्रमणक्रममा हुने जाम सर्वसाधारणको टाउको दुखाइ बन्दै आएको छ । तर, भ्रमण सकिएपछि जामको सास्तीबारे कुरा सेलाउने गर्छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक भ्रमणमा निस्केसँगै फेरि भिभिआइपीका कारण हुने जामबाट जनताले सास्ती पाएको कुरा फेरि चर्चामा...
राज्य व्यवस्था समितिका निर्देशन अलपत्र………
काठमाडौं - प्रतिनिधिसभाको महत्वपूर्ण समिति ‘राज्य व्यवस्था समिति’ले सरकारलाई विभिन्न समयमा दिएका निर्देशन अलपत्र पर्ने अवस्था देखिएको छ। राज्य व्यवस्था समितिको असोज १८ गते बसेको बैठकले संघीय निजामती सेवा ऐन जस्तो महत्वपूर्ण कानुनको अध्यादेश नल्याई संसद्बाट पारित गराए मात्र कार्यन्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको थियो। तर सरकारले संसद् नभएको अवस्थामा अध्यादेशमार्फत कानुन ल्याउने तयारी गरिरहेको ...
प्रधानमन्त्रीको स्वास्थ्य स्थिर……….
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन्। सोमबार साँझ मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै स्वास्थ्य स्थिति सुधारोन्मुख र स्थिर रहेको जनाएको छ। प्रधानमन्त्रीको उपचार डा. अरुण सायमीको संयोजकत्वमा डा. दिव्या सिंह शाह र डा. सन्त कुमार दासको टोलीले गरिरहेको छ। प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिएको...
















