एमाले संसदीय दलको उपनेतामा नेम्वाङ……..

 २१ चैत २०७४,   काठमाडौं- नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन् । वुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई चयन गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमणको पूर्व सन्ध्यामा संसदीय दलको बैठक बसेको थियो। बैठकमा बोल्दै ओलीले भ्रमणको क्रममा पुराना सन्धि सम्झौताको कार्यान्वनमा जोड दिने बताए । उनले भारत ...

सामान बनाएर रक्तचन्दन तस्करी……….

२१ चैत २०७४,  काठमाडौं- दिल्ली- काठमाडौं रुटमा चल्ने टुरिष्ट बसबाट प्रहरीले रक्तचन्दन बरामद गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले दिल्लीबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४५१६ नम्बरको बसबाट रक्तचन्दनबाट बनाइएका सामान बरामद गरेको हो। प्रहरीले राती ३ बजे कलंकीबाट बसलाई नियन्त्रणमा लिएको थियो। अवैध सामान सहित २ जनालाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा चालक काभ्रेका झिल्केन रुम्वा र...

कामै नगरी बुझे ८ करोड तलब र भत्ता ……..

चैत २१, २०७४  देशको आर्थिक समृद्धि र जनताको सेवामा दत्तचित्त भएर लाग्नुपर्ने कर्मचारीहरू जब आफ्नो काम नगरी राजनीति गर्छन् तर राज्यले तलब र भत्ता दिइरहनुपर्छ भने अब आफै कल्पना गरौं, देशको विकास कसरी भइरहेको होला ? कुरा निजामती कर्मचारीहरूको ट्रेड युनियनको हो । पेसागत हकहित र अधिकारका लागि भन्दै २०४९ सालबाट निजामती सेवामा पनि ट्रेड युनियनको व्यवस्था गरियो । यसको मुख्य उद्देश्य भनेको पेसागत हकहितका ल...

६ बर्षमा ६ प्रधानमन्त्रीको भारत भ्रमण……….

चैत २१, २०७४  काठमाडौं - पछिल्ला ६ बर्षमा नेपालका ६ प्रधानमन्त्रीले छिमेकी मुलुक भारत भ्रमण गरे पनि भारतको अनधिकृत बाँध तथा तटबन्धबाट पीडित नेपालीलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने विषय भने अगाडि बढ्न सकेको छैन । यो अवधिमा सबैजसो प्रधानमन्त्रीले भ्रमणमा आफ्ना समकक्षीसँगको भेटमा डुवान समस्यालाई प्रमुख मुद्दा बनाइएको दाबी गरे पनि अहिलेसम्म किसानले राहत भने पाउन सकेका छैनन् । पछिल्लो अनुमानित...

एक दशकदेखि घरमै बसी-बसी तलब…….

चैत २१, २०७४   कालिकोट - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी-बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ ।  पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी नियुक्ति लिएकी उनले ०६४ सालदेखि विद्यालयमा जान छोडे पनि तलब खाइरहेको खुलेको हो । मुख्यमन्त्री शाही, प्रधानाध्यापक अनिपाल शाही र जिल्ला शिक्षा अधिकारी विष्णु तिव...

निर्णय लिने जिम्मा ओली र दाहाललाई…….

२० चैत २०७४, काठमाडौं- पार्टी एकताको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठन भएका दुई कार्यदलले चुनाव चिन्ह र प्रस्तावनाबारे निर्णय लिने जिम्मेवारी दुई अध्यक्षलाई दिएका छन्।कार्यदलले मंगलबार एकता संयोजन समितिलाई प्रतिवेदन बुझाएका थिए। ‘चुनाव चिन्ह र प्रस्तावनामा लेख्ने विषयमा निर्णय लिन कार्यदलले दुई अध्यक्षलाई जिम्मा दिएको छ,’ राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदलका सदस्य देवेन्द्र पौडेलले भ...

कसको सल्लाहमा बोल्छन्………

चैत २०, २०७४    काठमाडौं– रामबहादुर थापा बादल गृहमन्त्री भएको ३६ दिन पूरा भएको छ । त्यही ३६ दिनको बीचमा उनले बोलेका कतिपय कुरा प्रचार मात्रै त हैन ?’ भन्ने आशङ्का उत्पन्न हुने खालका छन् । सोमबार गृहमन्त्री बादलले गृहमन्त्रालयमा आयोजित गृह–प्रशासन सुधार मार्गचित्र सार्वजनिक गर्दै नेपालमा नेपालमा तस्करी र दुई नम्बरी धन्दा बढेको उल्लेख गर्दै हुण्डीबाजहरूसँग पैसाको गोदाम नै भएको दाबी गरेका थिए । गृहमन...

सबैलाई रुवाए मदनकृष्णले……..

चैत २०, २०७४  काठमाडौं – सानोपर्दा, ठूलो पर्दा होस् या स्टेज कार्यक्रम मार्फत सबैलाई हसाउँदै आएका बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मंगलबार धेरैलाई रुवाए । सोमबार राती निधन भएकी पत्नी यशोदा सुवेदी ‘श्रेष्ठ’को पार्थिव शरीर दाहसंस्कारका लागि चितामा राख्ना साथ उनी भक्कानिए पछि अन्तिम संस्कारमा पुगेका कलाकार, रंगपत्रकार तथा उपस्थित सर्वसाधारणको समेत आँखा रसाएका थिए । पत्नीको पार्थिव शरीरतिर हेर्दै भक्क...

सिन्डिकेटले सर्वसाधारणलाई हदै सम्मकाे सास्ती……..

२० चैत २०७४, बनेपा – सार्वजनिक यातायातमा एकाधिकार राख्दै आएका व्यवसायीले जिल्ला सदरमुकाम धुलिखेल पुग्न यात्रुलाई तीनवटासम्म बस फेर्न बाध्य बनाएका छन्। यसबाट ग्रामीण रुटहरु खोपासी, मानेदोभान, शंखु, कामीडाँडा, ढुंखर्क, च्याम्राङबेसी, बाँसडोल, रविओपी देउराली, शेरा नाला, घिमिरेगाउँ नालाबाट समितिका बसमा सदरमुकाम धुलिखेल पुग्ने यात्रुले हैरानी खेप्दै आएका छन्।  समितिहरुले गाउँमा बस चलायौं भनेका छन् तर क...

अवैध खानी बन्द गर्न पत्र………….

२० चैत २०७४,   ललितपुर – बागमती किनारमा अवैध रुपमा सञ्चालन हुँदै आएको बालुवाखानी बन्द गर्न सोमबार गोदावरी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला समन्वय समितिलाई पत्र काटेको छ। लामो समयदेखि अनुमतिबिना खानी सञ्चालन भएको खुलासा भएपछि नगरपालिकाले बन्द गराउन पत्र काटेको हो्।  आइतबार नागरिक दैनिकमा उक्त समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालयले तत्काल बैठक बसेर खानी बन्द गर्न नगरपालि...

कामै नगरी तलब भत्ता खान्छन् यी ‘नेता’ कर्मचारी ………….

चैत १९, २०७४   निजामती कर्मचारी अर्थात् लोक सेवा लगायतका अन्य परीक्षा पास गरेर सरकारी सेवामा प्रवेश गरेका राष्ट्रसेवक कर्मचारी । सरकारले लगाएको काम गर्नुपर्ने, खटाएको स्थानमा जानुपर्ने व्यक्तिहरू । तर निजामती सेवामा रहेका करिब एक दर्जन कर्मचारीहरू अहिले पनि काम नै नगरी राज्यकोषबाट तलब र भत्ता बुझिरहेका छन् । विषय निजामती ट्रेड युनियनको हो । निजामती अर्थात् सरकारी सेवामा रहेका कर्मचारीहरूको संस्थाग...

८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक……..

चैत १९, २०७४   काठमाडौँ । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले अपराधको ग्राफ बढ्दै गएको बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित ‘गृह प्रशासन सुधार कार्ययोजना–२०७४’ सार्वजनिक गर्दै मन्त्री थापाले नेपालमा लागुऔषध सेवनकर्ताको संख्या पनि दैनिक बढिरहेको बताए ।  राजधानीको काँठ क्षेत्रमा खुलेका रिसोर्टहरुमा स्कूल ड्रेसमै युवा–युवतीहरु लठ्ठिन जान्छन् भन्ने सूचना पाएको छु,’ उनले भने, ‘लागुऔषध ग्राममा हैन, ट...