चीनबाट काठमाडौं आइपुग्यो खोप……

चीनले नेपाललाई दोस्रोपटक दिने वाचा गरेको कोरोनाविरुद्धको १० लाख डोजमध्ये मंगलबार ९ लाख ८ सय डोज काठमाडौं आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार त्यसमध्ये ८ लाख खोप नेपाल एयरलाइन्सले बेइजिङबाट ल्याएको हो । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले उपलब्ध गराउने भनेको २ लाख खोपमध्ये मंगलबार बिहान ५० हजार ४ सय र बेलुकी ५० हजार ४ सय गरी १ लाख ८ सय डोज खोप आइपुगेको हो । परराष्ट्र मन्त्रालय र काठमाडौंस्थ...

ब्ल्याक फंगसको जोखिम……

कोरोनामुक्त भएका र संक्रमितमा पनि छिटपुट रूपमा देखिएको ब्ल्याक फंगस रोगको जोखिम भए पनि त्यसको उपचारको तयारी हुन सकेको छैन । सुदूरपश्चिमको प्रमुख अस्पताल धनगढीको सेती प्रादेशिक अस्पतालमा अझै ब्ल्याक फंगसको पहिचान र उपचारको तयारी हुन सकेको छैन । कञ्चनपुरको महाकाली अस्पतालमा भने रोग पहिचान र उपचारको प्रारम्भिक तयारी हुन लागेको अस्पतालका चिकित्सकहरू बताउँछन् ।सुदूरपश्चिमको रेफरल सेन्टरका रूपमा रहेको ध...

कोरोना संक्रमित घट्दै……

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले सोमबार पछिल्ला चार महिनाको कोरोना भाइरस संक्रमण हुने दर सार्वजनिक गरे । जसअनुसार वैशाख पहिलो साता पीसीआर परीक्षण गराएकामध्ये २६.२ प्रतिशतमा पोजिटिभ देखिएको थियो भने यो दर वैशाख अन्तिम साता ४९.४७ प्रतिशत पुग्यो । जेठ दोस्रो साता संक्रमण दर २०.५४ प्रतिशतमा झरेको छ । टेकु अस्पतालमा जस्तै अन्यत्र गराइएको पीसीआर जाँचमा पन...

राष्ट्रपति र प्रधानमन्त्रीका कदमको राजनीतिक रूपमा प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय……

पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले ‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि प्रतिवाद गर्ने’ निर्णय लिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको बैठकले कोरोना महामारीबाट सुरक्षित हुँदै राजनीतिक तहबाट असंवैधानिक कदमको विरोध गर्ने तय गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । ब...

परीक्षणसँगै संक्रमितको संख्यामा कमी: ४३६९ जना संक्रमित…..

पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा काेराेना पुष्टि भएको हो । यही अवधिमा ६२०५ जना निको भएका छन् । कोभिड–१९ बाट थप १०९ जनाले ज्यान गुमाएका छन् । परीक्षणको संख्यामा कमी गरेसँगै पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्यामा कमी देखिएको हो । नेपालमा अझै पनि संक्रमणको दर उच...

आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड……

आगामी आर्थिक वर्षको बजेटको आकार बढेको छ । सरकारी आगामी आर्थिक वर्ष २०७८/२०७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो । चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड,वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश/स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको...

नयाँ बजेटमा के–के आयो ?……

                  सरकारले अध्यादेशमार्फत ल्याएको नयाँ आर्थिक वर्षको बजेटमा कोभिड रोकथाम र राहतलाई प्राथमिकता दिइएको छ । बजेट वितरणमुखी देखिएको छ । बजेटमा रहेका केही विशेषताहरु बुँदागत रुपमा हेर्नुहोस्: निषेधाज्ञा अवधिभर विजुली महसुलमा सहुलियत दिइने । वृद्धभत्ता मासिक ४ हजार पुग्यो, सबै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिश...

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता……

बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ । बिहीबार राति कोभिड–१९ संक्रमितको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीहरु बिरुद्ध ‘ज्यान मार्ने उद्योग’ र ‘आपराधिक उपद्रव’ गरेको ...

६ हजार ८५५ मा कोरोना संक्रमित, ९ हजार ८४१ जना निको……

२४ घण्टामा देशभर ६ हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । यस्तै, ९ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ पुगेको छ । क्वारेन्टाइनमा ८०९ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनु...

अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण, नर्सलाई लखेटेर कुटपिट…..

कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि नेपालगन्जको भेरी अस्पतालमा मृतकका आफन्तले स्वास्थ्यकर्मीलाइ नै ‘हत्या गर्ने प्रयास’ गरेका छन्। अस्पतालको कोभिड वार्डमा ड्युटी गरिरहेका चिकित्सक र स्टाफ नर्सलाई मृतकका आफन्तले लखेटिलखेटी आक्रमण गरेका हुन्। अस्पतालका अनुसार यही जेठ ४ गतेदेखि दाङ निवासी डिल्ली बहादुर रावतको उपचारका क्रममा बिहीबार राती ८ बजेतिर मृत्यु भयो। मृत्यु भए लगत्तै मृतकका भाई मान ब...

पूर्ण होइन, काम चलाउ बजेट ल्याउन सुझाव…..

संसद् विघटन भई चुनाव घोषणा भएको अवस्थामा काम चलाउ बजेट ल्याउन सरोकारवाला पक्षले सरकारलाई सुझाव दिएका छन्। अल्पमतको चुनावी सरकारले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्नेगरी पपुलिस्ट कार्यक्रम समावेश गरेर अध्यादेशमार्फत शनिबार पूर्ण आकारको बजेट ल्याउने चर्चा चलेको छ। यही बेला पूर्वअर्थमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू र निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्तहरूले बिहीबार छुट्टाछुट्टै विज्...

भेरी अस्पतालमा ‘ब्ल्याक फंगस’ बढ्दो…..

— गत वैशाखमा बुटवलस्थित कोरोना अस्पतालमा कपिलवस्तुका ६० वर्षीय एक पुरुषको मृत्यु भयो । यसअघि उनी दुई साता आईसीयूमा उपचारपछि कोरोना रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भएका थिए । अक्सिजनको मात्रा दिइराख्नुपरेको र टाउको दुखिरहेपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखेर पुनः उपचार थालिएको थियो । मधुमेह भएकाले उपचार गर्दागर्दै उनको एक्कासि आँखाको दृष्टि गुमेको अस्पतालका वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. सुदर...