अनुदान लिएको कम्पनीले सम्पत्ति बेचेर फरार…..

मकवानपुर -   बागमती प्रदेश सरकारको अनुदानमा चरम अनियमितता हुने गरेको भेटिएको छ । प्रदेश सरकारले जनस्वास्थ्यलाई ख्याल गर्दै व्यवस्थित र स्वस्थकर मासु उपलब्ध गराउने उद्देश्य अनुसार २०७६ सालमा पशु वधशाला स्थापनाका लागि दिएको अनुदान दुरुपयोग भएको हो । प्रदेश सरकारले दैनिक २५० वटा राँगा–भैंसी वध गरी मासु प्रशोधन गर्ने वधशाला स्थापना तथा सञ्चालनका लागि निजी कम्पनीलाई अनुदान दिएको थियो । बफेलो क्वालिटी फ...

सांसद बन्नकै लागि ओलीसँग सहकार्यको प्रस्ताव…..

काठमाडौं-   जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी यसअघि पाँच पटक सांसद बनिसकेका व्यक्ति हुन् । यसो त उनी चार पटक मन्त्री समेत भइसकेका छन् । उनै त्रिपाठी सोमबार ६ पटक सांसद बन्ने योजनाका साथ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । अध्यक्ष ओली निवास बालकोटमा उनी फेरि सूर्य चिह्नबाटै आफ्नो पार्टीले चुनाव लड्ने प्रस्ताव बोकेर पुगेका हुन् । यसअघि २०७४ सालको चुनावमा पनि त्रिपा...

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता, राजनीतिमा हलचल …..

काठमाडौं -    नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक साउन ६ गते प्रतिनिधिसभा र १२ गते राष्ट्रियसभाबाट पारित भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी साउन १५ मा प्रमाणीकरणका लागि शीतल निवास पठाए । तर, शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले १४ दिन अध्ययनका लागि भन्दै ‘होल्ड’ गराइन् । राष्ट्रपतिले १५ दिनसम्म अध्ययनका लागि समय पाउने व्यवस्थाअनुसार होल्ड गरेर राखिएको उक्त वि...

डेढ लाख ऋण, ८० लाख ब्याज, मिटरब्याज…..

काठमाडौँ — मिटरब्याजबाट उत्पन्न अपराध नियन्त्रण तथा सुदखोरको पहिचान एवं छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ । सुदखोरबाट सताइएका पश्चिम नवलपरासीका पीडितहरू नौ दिनदेखि राजधानीको माइतीघरमा धर्नामा छन्। दिनभर सडकमा बसेका उनीहरू सहयोगमा खानेकुरा बटुल्दै साँझ बासस्थान पुग्छन्। सुरुमा गौशालामा रहँदै ...

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन आयोग…..

काठमाडौं -  निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी तीव्र पारेको छ । यतिबेला आयोगले निर्वाचनमा सहभागी हुने दलको पहिचानका लागि दल दर्ताको काम गरिरहेको छ । साउन ३१ गतेसम्मका लागि दल दर्ताको कार्यक्रम राखिएकोमा हालसम्म ३१ दल दर्ता भएका छन् भने अन्य केही दल दर्ताको प्रक्रियामा छन् । दल दर्ताको काम सकेपछि मतदाता नामावली तयार पारेर स्थानीय तहसम्म पठाए...

राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास…..

काठमाडौँ — न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् । आत्मदाह प्रयासपछि प्रहरीको नियन्त्रणमा रहेकी निहारिका स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अपस्तालमा । उनलाई तत्कालै प्रहरीले ...

नेपालमा विद्युत् आयात घट्दै, निर्यात बढ्दै…..

काठमाडौँ — स्वदेशी बिजुलीबाट वर्षायामको माग धान्न सकिने भएपछि भारतबाट हुने विद्युत् आयात क्रमशः घट्दै गएको छ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा नेपालले भारतबाट २१ अर्ब ५० करोड ५० लाख रुपैयाँ बराबरको बिजुली किनेको थियो । त्यो रकम गत आर्थिक वर्ष करिब आधाले घटेको छ । गत आर्थिक वर्ष ०७८/७९ मा बिजुली आयात ११ अर्ब ५८ करोड २० लाख रुपैयाँमा सीमित देखिन्छ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा ४ करोड ४० लाख युनिट वि...

कोभिड-१९ को संक्रमण देखापरेपछि चीन आयातमा रोक…..

रसुवा — रसुवागढी नाकाबाट हुने आयात आइतबारदेखि पुनः रोकिएको छ । चीनको तिब्बत क्षेत्रमा कोभिड-१९ को संक्रमण देखापरेपछि चीनले आइतबारदेखि आयातमा रोक लगाएको हो । रसुवागढी नाकाबाट आइतबारदेखि सामान आयात रोकिएको रसुवा भन्सार कार्यालयले बताएको छ । शनिबार बिहानसम्म सामान लोड भएका कन्टेनर नेपाल आएको तर आइतबारदेखि भने कुनै कन्टेनर नआएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताए । ३०...

कम्तीमा मास्क त लगाऔं…..

काठमाडौँ — कोरोना संक्रमण बढेसँगै सतर्कता अपनाउन र लक्षण देखिएमा परीक्षण गराउन भन्दै विज्ञहरूले सचेत गराएका छन् । संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदी संक्रमण उकालो लागेसँगै शंकास्पद लक्षण देखिए परीक्षण गराइहाल्नुपर्ने बताउँछन् । उनका अनुसार समयमै परीक्षण गराउँदा त्यसले जोखिम समूहलाई धेरै हदसम्म जोगाउँछ । डा सुवेदी भन्छन्– ‘संक्रमित धेरै जना सिकिस्त भएका छैनन् तर लक्षण देखिएकाहरुले परीक्षण गर्नुपर...

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग…..

काठमाडौँ — चीनले नेपाललाई विभिन्न शीर्षकमा १५ अर्ब रुपैंयाँभन्दा बढी सहयोग गर्ने भएको छ । साथै बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि चीनले व्यक्त गरेको छ । चीनका विदेश मन्त्री वाङ यीले नेपालका परराष्ट्र मन्त्री नारायण खड्कासँगको द्विपक्षीय वार्ताको दौरान बुधबार आर्थिक सहयोगका साथै रेलमार्ग निर्माण लगायत अन्य महत्त्वपूर्ण विषयहरुमा स...

ताइवान भ्रमणपछि चीनको प्रतिक्रियाबाट नडराउने…..

काठमाडौं-    ताइवान भ्रमणपछि चीनको प्रतिक्रियाबाट कंग्रेसका सदस्य नडराउने अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले बताएकी छिन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘डरलाग्दो बदमासी’ जस्तो व्यवहार गरिरहेको उनले बताएकी छिन् । पेलोसीको भ्रमणपछि चीनले ताइवान वरपर सैन्य अभ्यास गरिरहेका बेला उनको सो भनाइ आएको हो । चीनको सेनाले यसअघि घोषणा गरेको लाइभ फायर अभ्यास समाप्त भएपछि ताइवान वरपर ठूलो मात्रामा सैन...

राष्ट्रपतिले नागरिकता विधेयक रोक्नुहुन्न…..

काठमाडौँ — सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरणमा ढिलाई गर्न नहुने बताएका छन् । उनले विधेयक राष्ट्रपतिले रोक्न नहुने पक्षमा आफू रहेको बताएका हुन् । जापान भ्रमणबाट फर्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बुधबार पूर्वधानमन्त्री दाहालले नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भ...