बिहानैदेखि प्रहरीको बाक्लो उपस्थिति………

चैत १९, २०७४  भक्तपुर । सोमबार विहान ९ देखि १० बजेसम्म १ घण्टा यातायात व्यवसायीहरुले कोटेश्वरमा चक्काजाम गर्ने चेतावनी दिएपछि कोटेश्वर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।तर, निर्धारित समयमा त्यहाँ चक्का जाम भने गरिएन । आज सम्बन्धित पक्षसँग वार्ता रहेको कारण चक्काजाम नगरिएको बुझिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा १३ वटा बस व्यवसायी समिति आबद्ध रहेको कोटेश्वरपू...

कोशीपीडितको आँगनमा चिनियाँ राजदूत……..

चैत १९, २०७४  काठमाडौँ । कोशीपीडित भन्नेबित्तिकै भारतको नाम जोडिन्छ । कोशी ब्यारेजले निम्ताएको समस्या मानिन्छ, कोशीपीडितको कथा । शनिवार अचानक चिनियाँ राजदूत यु होङ कोशीपीडितका पुगिन् । भोक्राहा नरसिंह–४ र कोशी गाउँपालिका –१ लौकहीको मुसहर बस्तीमा उनले चिनियाँ सहयोगको अनुगमन गरिन् । यहाँ गत साउनको बाढीले धेरै समस्या ल्याएको थियो । बाढीपीडित घरपरिवारमा अझैँपनि लत्ताकपडा, खाद्यान्न र बसोबासको अभाव छ ।...

विभिन्न क्षेत्रमा फ्री वाइफाइ………..

१८ चैत २०७४,   काठमाडौं- काठमाडौंका सम्पदा क्षेत्रमा ६० दिनभित्र वाइफाइ जडान गरिने भएको छ। सर्वसाधरणलाई निःशुल्क वाइफाइको सेवा उपलब्ध गराउन काठमाडौं महानगरपालिले वाइफाइ जडान गर्न लागेको हो। त्यसको लागि महानगरपालिकाले आइतबार वल्र्डलिंक कम्पनीसँग सम्झौता समेत गरिसकेको छ। सम्झौता पत्रमा महानगर प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले र वल्र्ड लिंकका निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरेका छन्। हस्तक्...

खुमबहादुरको शव पार्टी कार्यालय लगियो

चैत १८, २०७४  काठमाडौँ । विदेशमा रहेका छोरा अनुराग खड्का काठमाडौँ आएपछि नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपा लगिएको छ । मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीर शनिबार राति ९ बजे काठमाडौं ल्याइएको थियो । आइतबार दिउँसो १ बजेदेखि खड...

अव ताेडियाे सिण्डिकेट………..

चैत १८, २०७४   काठमाडौं– सडक रुट इजाजतमा व्यवसायीको एकाधिकार (सिण्डिकेट)तोड्ने गरी सरकारले नयाँ निर्देशिका जारी गरेको छ । यातायात व्यवस्था विभागले आइतबार ‘यातायात व्यवस्थापन कार्याविधि निर्देशिका, २०७४’ जारी गर्दै यातायात क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गराएको हो । यसअघिको यातायात व्यवस्थापन कार्याविधि निर्देशिका २०६० मा रुट इजाजतका लागि स्थानीय यातायात समितिको सिफारिस चाहिने उल्लेख थियो । तर, ...

केन्द्र र प्रदेशमा ७१ मन्त्री, अझै १७ थपिँदै………

चैत १८, २०७४  काठमाडौं - केन्द्र र प्रदेशमा गरी देशमा छ दर्जन मन्त्री नियुक्त भइसकेका छन् । अझै कम्तीमा १७ मन्त्री थपिँदै छन् ।  नेताको व्यवस्थापन गर्न सरकारी सेवा-सुविधा पाउने संसदीय समिति बढाउने योजनामा पनि दलहरू छन् ।  संविधानको व्यवस्थाअनुसार केन्द्र सरकारको मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुनेछ । प्रधानमन्त्रीसहित २२ सदस्य नियुक्त भइसकेका छन् । प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि तीन मन्...

कक्षा १ मा भर्ना गर्न ८८ हजार !……..

चैत १८, २०७४  काठमाडौं - नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् । स्थानीय तहमा शिक्षासम्बन्धी ऐन नबनेका कारण शुल्क निर्धारण प्रक्रिया ठप्प छ ।  यसै अवस्थाको फाइदा उठाउँदै निजी विद्यालयहरुले आफूखुसी शुल...

भारतबाट फर्किएपछि फोरम सरकारमा जाने………

चैत १८, २०७४  काठमाडौं - संघीय समाजवादी फोरमले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सरकारमा सहभागी हुने तयारी गरेको छ । संविधान संशोधनबारे सरकारसँग भएको सहमतिको मस्यौदा तयार भइसकेको र मन्त्रालयको संख्यासमेत टुंगो लागेकाले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि हस्ताक्षर गर्ने तयारी भएको हो । दुवै पक्षको सहमतिमा संविधान संशोधन गर्ने गरी तयार भएको सम्झौतापत्र प्रधानमन्त्रीको हातमा पुगिसकेको फोर...

गृहमन्त्रीकै आडमा बालुवा तस्करी………

१८ चैत २०७४, ललितपुर – जनप्रतिनिधिकै सक्रियतामा ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापस्थित बागमती नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ। उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनेश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाव फर्काएर अवैध रुपमा बालुवा तस्करी गरिरहेको हो। उनीहरूले सञ्चालन गरिरहेको साइनिङ बालुवा वासिङ सेन्टरबाट दैनिक सयभन्दा बढी टिपर बालुवा जिल्लाका विभिन्न डि...

थवाङमा प्रहरी परिचालन……….

 १७ चैत २०७४,    रोल्पा- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पाको थवाङमा गर्न थालेको जनसत्ता घोषणा कार्यक्रम रोक्न लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। शनिबार बिहानै ठूलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई थवाङमा परिचालन गरिएको हो। ‘ध्वंसात्मक गतिविधि नगर्न र समानान्तर सरकार घोषणा गर्न नदिने राज्यको नीति अनुसार हामीले हाम्रो तयारी गरेको हौ,’ रोल्पा जिल्लाका निमित्त प...

चारखोले शिशिरकृत उपन्यास ‘उध्रिँदो आकास’ लोकार्पण ।

काठमाडौँ, १७ चैत, लेखक तथा साहित्यकार चारखोले शिशिरद्वारा लिखित उपन्यास 'उघ्रिँदो आकाश' को लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ । आज राजधानीमा आयोजित एक विशेष समारोहकाबीच डा. गिता केशरी र योगेन्द्र प्रशाद तिमिल्सिना को बाहुलीबाट कृतिको लोकार्पण गरेका हुन् । कृति लोकार्पणपछि बोल्दै प्रा.डा. गोबिन्द राज भट्टराईले यो कृतिले रोजगारीमा विदेशिएका युवाको दुःख, पूर्वी पहाडको दुःख र महिलाले समाजमा ...

पूर्व गृहमन्त्रीको भरतमा उपचारका क्रममा निधन

काठमाडौं पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ। मृगौला रोगबाट पीडित खड्काको भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । ४ फागुनमा बाथरुममा लडेर छाती र मिर्गौलामा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनलाई त्यहाँ सुधार नभएपछि एपोलोमा लगिएको थियो । उनलाई ६ फागुनमा थप उपचारका लागि एपोलो लागिएको थियो । उनको...