डब्ल्यूएचओले भन्यो, ‘कोरोना कहाँबाट आएको थियो, त्यो थाहा पाउन अत्यावश्यक; ऊहानमा के भएको थियो पत्ता लगाउनेछौं’……

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको उत्पत्ति स्थल थाहा पाउन निकै नै आवश्यक भएको बताएको छ । डब्ल्यूएचओका टेड्रोस एडेनहोम गेब्रियाससका प्रमुखले कोरोनाभाइरस कहाँबाट आयो, त्यसबारे थाहा पाउन अत्यावश्यक भएको र यसबारे संगठनको धारणा स्पष्ट रहेको बताएका छन् । आफ्नो संगठनले यसबारे पत्ता लगाउने र यसो गर्नाले भविष्यमा यस्ता खालका समस्या रोक्न आफूलाई मद्दत पुग्ने बताएको छ । उनले भने, ‘यसको स्रो...

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ६ करोड २० लाख नाघ्यो……

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ६ करोड २० लाख नाघेको छ । कोरोना संक्रमणको तथ्याँक सार्वजनिक गर्दै आएको वल्ड्रो मिटरका अनुसार अहिले विश्वमा ६ करोड २३ लाख १४ हजार ८ सय १९ जना कोरोनाबाट संक्रमित भइसकेका छन् । त्यस्तै विश्वमा उक्त संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नाघेको छ । पछिल्लो तथ्याँकअनुसार विश्वभर १४ लाख ५४ हजार ७ सय ५४ जनाको संक्रमणबाट मृत्यु भैसकेको छ । त्यस्तै विश्वभर संक्रमणबाट ...

भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउनु आपसी सम्बन्धका लागि हानिकारक : चीन……

सुरक्षाको निहुँमा चिनियाँ कम्पनीमाथि भेदभावपूर्ण व्यवहार गरिएको भन्दै चीनले त्यस्ता कदमहरू तत्काल सच्याउन भारतसमक्ष अपिल गरेको छ । साथै, यस्तै भेदभाव जारी रहे चीन-भारत आपसी सहयोगमा समेत ठूलो क्षति पुग्नसक्ने चेतावनी पनि चीनले दिएको छ । बुधबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली च्येनले भारतले हालसम्म ४३ वटा चिनियाँ पृष्ठभूमि भएका मोबाइल एपहरू प्रयोगमा प्रति...

२४ घण्टामा १९४८ संक्रमित थपिए, निको हुने दर ९२ प्रतिशत पुग्यो……

पछिल्लो २४ घण्टामा देशभर १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा ३१४० जना संक्रमणमुक्त रहेको पनि जानकारी दिए । यससँगै कोरोना निको हुनको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित १६ हजार ६३९ जना रहे...

उत्तर कोरियाका शासक किमका भतिजा बेपत्ता, जसका बुबाको हत्यामा किमकै नाम जोडिएको थियो……

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका भतिजा किम हान सोल बेपत्ता भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उनी किम जोङ उनका सौतनी भाइ किम जोङ नामका छोरा हुन्। उनको अवस्था अज्ञात भएपछि अप्रिय अवस्थाको आशंका गरिएको छ। यसअघि उनका बुबा किम जोङ नाम पनि सन् २०१७ मा क्वालालाम्पुर एयरपोर्टमा मारिएका थिए। जुन घटनामा संलग्न आरोपमा भियतनामी र इन्डोनेसियाली महिला पक्राउ परेका थिए भने दाइ किम जोङ उनक...

२४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु……

पछिल्लो २४ घण्टामा मंगलबार थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २९९ परीक्षणहरु गरिएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १७ हजार ८५९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६२७ जना रहेका छन् । २४ घण्टामा ...

कोरोनाविरुद्धको खोप : नेपाल भित्र्याउन चुनौतीका पहाडै पहाड……

नेपालमा अब कोरोना विरुद्धको औषधि र खोप भित्र्याउने बाटो खुलेको छ । गत बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले ‘औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७’ जारी गरेपछि आपतकालीन प्रयोजनका लागि जुनसुकै खोप र औषधि नेपालले कानूनी रुपमा नै प्रयोग गर्न सक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा औषधि सम्बन्धि तेस्रो संशोधन लागि प्रस्ताव राखेपछि मन्त्रिपरिषद्ले राष्ट्रपति भण्डारीलाई सिफारिश गर...

पछिल्लो २४ घण्टामा थपिए १ हजार ९ सय ८० कोरोना संक्रमित……

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालस...

मत अवैध घोषणा गर्नुपर्ने ट्रम्पको माग खारेज……

अमेरिकाको पेन्सलभेनिया राज्यमा हुलाकमार्फत खसाइएका लाखौं मत अवैध घोषणा गर्न माग गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले गरेको माग एक न्यायाधीशले खारेज गरिदिएका छन् । पेन्सलभेनियाका न्यायाधीश म्याथ्यु ब्रानले अनियमितता भएको भन्दै गरिएको मागदाबी ‘जायज नभएको’ ठहर गरेका अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । आफ्नो आदेशमा न्यायाधीश ब्रानले ट्रम्पको चुनावी अभियान समूहले करिब ७० लाख मत...

ट्रम्प, ह्वाइट हाउसबाट निस्किन मानेनन् भने सेना लगाएर निकालिन्छ : ओबामा……

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउ (राष्ट्रपतिको कार्यालय) बाट निकालिने चेतावनी दिएका छन्। आफ्नो संस्मरण ‘अ प्रमिस्ड ल्यान्ड’का विषयमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ओबामाले पत्रकारले गरेको प्रश्नमा त्यस्तो जवाफ दिएका हुन्। अन्तर्वार्ताकार जिमी किममेलले ट्रम्पलाई इंगित गर्दै ओबामासँग प्रश्न गरेका थिए, ‘तपाईंले त ह्...

डब्लुएचओले कोरोनाविरुद्ध प्रयोग भैरहेको रेमडेसिभिरलाई औषधिहरुको सूचीबाट हटायो……

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एन्टी भाइरल औषधि रेमडेसिभिरलाई कोरोना उपचार गर्न प्रयोग गरिने औषधिहरुको सूचीबाट हटाएको छ । विश्वका जुन–जुन देशका अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारका लागि रेमडेसिभिर इन्जेक्सनको प्रयोग भैरहेको छ, ती देश र अस्पतालहरुलाई तुरुन्तै सो कार्य बन्द गर्न डब्लुएचओले आग्रह गरेको छ । संगठनले उक्त औषधि कोरोनाको उपचारमा सहयोगी रहेको कुनै प्रमाण नभएको समेत दाबी गरेको छ ।ट...

चिनियाँ खोप ‘मध्य चरणको परीक्षणमा सफल’……

कोभिड–१९ विरुद्ध चीनले विकसित गरेको खोपले मध्य–चरणको परीक्षणमा सफल भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । चीनले कोभिड–१९ विरुद्ध विभिन्न खोपहरू तयार गरिरहेको छ । तीमध्ये केही खोप स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीमा लगाइसकिएको छ । सिनोभ्याक बायोटेकले विकसित गरेको ‘कोरोनाभ्याक’ खोपले तीव्र रूपमा रोग प्रतिरोधी क्षमता विकसित गरेको अनुसन्धानकर्ताहरूले जनाएका छन् । उक्त परीक्षण ७ सय ४४ ...