भारतीय सेनाको नियन्त्रणमा चिनियाँ सैनिक……

भारतीय सेनाले पूर्वी लद्दाखस्थित सीमा क्षेत्रबाट एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको जनाएको छ । भारतीय सेनाले लद्दाखको डेमचोकस्थित भारतीय क्षेत्रमा प्रवेश गरेपछि चिनियाँ सैनिकलाई नियन्त्रणमा लिइएको जनाएको छ । भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै उनलाई चिनियाँ सेनाको जिम्मा लगाइने जनाएको छ । ‘चिनियाँ सेनाका कर्पोरल वाङ या लङलाई एलएसी पार गरेको अवस्थामा अक्टोबर १९ मा नियन्त्रणमा लिइएको छ,’ विज्ञप...

२४ घण्टामा थपिए ३ हजार ७ सय ९० कोरोना संक्रमित, २ हजार ३ सय ३५ डिस्चार्ज……

पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको बताएका छन् । यो सँगै देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ४० हजार ७ सय ७८ पुगेको छ । यसैगरी पछिल्ल...

भारत र चीनले विश्वमा प्रदूषण बढाइरहेका छन् : ट्रम्प……

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, रुस र भारतलाई विश्वभर प्रदूषण बढाउन जिम्मेवार ठहराएका छन् । उनले अमेरिका यस मामिलामा राम्रो रहेको दाबी गरेका हुन् । नर्थ क्यारोलाइनामा बिहीबार एक र्यालीको दौरान ट्रम्पले भने, ‘मेरो कार्यकालमा अमेरिकाले आफ्नो पर्यावरणको रक्षा गर्दै उर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गरेको छ । पर्यावरण प्रदूषण र ओजोनमा भइरहेको क्षतिबारे अमेरिकाको तथ्यांक सबैभन्दा राम्रो छ ।’ ...

२४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिए, १ हजार ८०० जना कोरोनामुक्त……

पछिल्लो २४ घण्टामा शनिबार थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख २९ हजार ३०४ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सकृय संक्रमितको संख्या हालसम्म ३८ हजार ७३७ पुगेको छ । त्यसैगरी २४ घण्टामा १ हजार ८०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्...

पहिलो र दोस्रो चरणको परीक्षणमा कोरोनाविरुद्धको चिनियाँ खोप सुरक्षित पाइयो : अध्ययन……

चिनियाँ कम्पनीले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोप पहिलो र दोस्रो चरणको परीक्षणमा सुरक्षित रहेको पाइएको छ । बिहीबार द ल्यान्सेट जर्नलमा प्रकाशित एक रिर्पोटका अनुसार चिनियाँ सरकारद्वारा सञ्चालित सिनोफार्म कम्पनीले विकास गरिरहेको कोरोना खोप बीबीआईबीपी–कोरभीको पहिलो र दोस्रो चरणको परीक्षण सफल भएको बताइएको छ । उक्त रिपोर्टका अनुसार पहिलो र दोस्रो चरणको परीक्षणमा सहभागी व्यक्तिलाई गम्भीर प्रकृतिको कु...

भारतसँग विवाद भइरहेका बेला चीनका राष्ट्रपति सीले सेनालाई भने: युद्धका लागि उच्च तयारी गर्नू……

पूर्वी लद्दाखमा भारतसँग विवाद भइरहेका बेला चीनका राष्ट्रपति सी चिनफिङलाई आफ्ना सेनालाई युद्धका लागि तयार रहन निर्देशन दिएका छन्। भारतीय पत्रिका दैनिक भास्करको दाबीअनुसार एक सैन्य आधार क्षेत्रको भ्रमण गर्ने क्रममा राष्ट्रपति सीले पिपुल्स लिवरेसन आर्मी (पीएलए) का सैनिकलाई दिल र दिमागबाटै युद्धका लागि तयार रहन आदेश दिएका हुन्। सी मंगलबार गआङडोङ प्रान्तस्थित सैन्य आधार क्षेत्रको भ्रमणमा गएका थिए। छाओझ...

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ माहिनायताकै धेरै……

बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या विगत केही दिनको तुलनामा दोब्बर संख्याले वृद्धि भएको छ । गएको २४ घन्टामा थप एक सय ४३ जना कोरोना संक्रमितको मृत्यु भएको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यो संख्या विगत चार महिना यताकै सबैभन्दा धेरै हो । योसँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या संख्या ४३ हजार १८ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा थप १७ हजार २ स...

देशभर सक्रिय संक्रमितको संख्या ३५९१५ पुग्यो, आजमात्रै ३५५६ मा संक्रमण पुष्टि……

देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ। मंगलबार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर प...

अमेरिकी राष्ट्रपतिबाट अब सर्दैन कोरोना……

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अब अरूलाई कोरोना भाइरस (कोभिड–१९) सर्ने खतरा नरहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ट्रम्पको उपचारमा संलग्न चिकित्सक डा. सिन कोन्लीले ट्रम्पको स्वास्थ्य अवस्थाबारे आइतबार औपचारिक जानकारी दिएका हुन् । यद्यपि, उनले ट्रम्पमा कोभिड–१९ नेगेटिभ देखिएकोबारे केही उल्लेख गरेनन् । कोन्लीले राष्ट्रपतिको शरीरमा अब ‘भाइरसको संख्या बढेको कुनै प्रमाण नभेटिएको’ बता...

‘सरकारको आग्रह बेवास्ता गरिए पुनः लकडाउन हुनसक्छ’……

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुनसक्ने तर्फ सरकारले सचेत गराएको हो । नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताए । अहिलेको अवस्थामा लक डाउ...

चीनद्वारा ताइवानको विषयमा भारतीय मिडियालाई ‘चेतावनी’……

चीनले ताइवानको राष्ट्रिय दिवसको सन्दर्भमा प्रकाशित/प्रसारित सामग्रीप्रति आपत्ति जनाउँदै भारतीय सञ्चारमाध्यमहरुलाई घुमाउरो भाषामा त्यस्तो नगर्न ‘चेतावनी’ दिएको छ । १० अक्टोबरमा ताइवानको ‘राष्ट्रिय दिवस’ सन्दर्भ पारेर बुधबार भारतका प्रमुख छापा माध्यमहरु र केही विद्युतीय सञ्चारमाध्यमहरुले विज्ञापन सामग्री प्रसारण तथा प्रकाशित गरेका थिए । नयाँदिल्लीस्थित चिनियाँ दूतावासद्वारा भारतीय सञ्चारमाध्यमहरुलाई...

कोरोना संक्रमितको मृत्युको विषयमा किष्ट अस्पतालमा झडप……

ललितपुरको किष्ट अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । बुधबार बिहान बिरामीको मृत्यु रहस्यमय ढंगले भएको भन्दै आफन्तले अस्पताल घेराउ गरी सत्य–तथ्य छानविनका लागि माग गरेका छन् । गत शनिवार कोरोना संक्रमण भएपनि नुवाकोट तादी गाउँपालिकाका शेरबहादुर लामालाई ललितपुरको किष्ट मेडिकल शिक्षण अस्पतालमा भर्ना गरियो । भर्ना गरेपछि शेरबहादुरले फोनबाट अस्पतालले राम्रो उपचार नगरेको गुन...