ललितपुरमा गठबन्धनभित्र लफडा…..

ललितपुर- ललितपुर जिल्लाको एक महानगरपालिकासहित ६ स्थानीय तहमा सत्ता गठबन्धनभित्र सर्वसम्मत हुन नसकेपछि लफडा भएको छ। सत्ता गठबन्धनमा सहभागी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि बाग्मती प्रदेश कमिटी र केन्द्रमा सिफारिस गरिएको हो । गठबन्धनमा सहभागी जसपा र राष्ट्रिय जनमोर्चाले वडामै चित्त बुझा...

बालबालिकालाई खोपमा अझै अन्योल, खोप भित्रिने मिति अझै अनिश्चित…..

काठमाडौँ — ५–११ वर्ष उमेर समूहका बालबालिकाले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । सरकारले मार्च महिनाभित्रै खोप लगाइसक्ने घोषणा गरे पनि अझैसम्म कहिलेबाट अभियान सुरु हुन्छ निश्चित भएको छैन ।  सरकारले बालबालिकाका लागि आउने भनिएको फाइजर कम्पनीको खोप ५–११ वर्ष उमेर समूहलाई लगाउने निर्णय गरेको थियो । स्थानीय निर्वाचनअघि नै खोप भित्र्याएर लगाइसक्ने सरकारको तयारी रहे पनि विश्वभर अत्यधिक माग रहेकाल...

अर्थतन्त्रको अहिलेको अवस्था राम्रो भन्न मिल्दैन…..

काठमाडौँ — घट्दो विदेशी मुद्राको सञ्चिति, बढ्दो व्यापार घाटा र श्रीलङ्काको वित्तीय संकटबाट आँत्तिएर नेपाल सरकारले दुईवटा नीतिगत निर्णय गर्न लागेको सुनिएको छ । पहिलो नीति‚ केही वस्तुहरूको आयातमा प्रतिबन्ध लगाउने र दोस्रो‚ आइतबार पनि सार्वजनिक बिदा दिने ।  तर‚ के यी नीतिहरूले समस्याको समाधान होला त ? के यी कदम तथ्यमा आधारित भएर चाल्न लागिएका नीतिहरू हुन् ? कतै यी नीतिहरूले समस्या झनै बल्झाउने त होइन...

२०७९ साल चुनावी वर्ष, स्थानीय तहमा ३५,२२१…..

काठमाडौँ — वैशाख ३० मा घोषित स्थानीय तह निर्वाचनका लागि दलहरू यतिबेला उम्मेदवार छनोटमा व्यस्त छन् । एक महिना मात्रै समय बाँकी रहँदा निर्वाचन आयोगले पनि तयारी तीव्र बनाएको छ । स्थानीय मात्रै होइन यस वर्ष प्रतिनिधिसभा, प्रदेशसभाका साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको पनि चुनाव हुँदै छ । कुल ३६ हजारभन्दा बढी जनप्रतिनिधि चुनिने भएकाले २०७९ साल चुनावी वर्ष हुनेछ । २०७४ वैशाख ३१, असार १४ र...

एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको…..

काठमाडौँ — एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । एमालेको केन्द्रीय कार्यलयमा बुधबार सहमति भएको हो । दुवै पार्टीको तर्फबाट एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभाग प्रमुखबीच पाँच बुँदे सहमति भएको हाे । सहमतिका क्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपाल अध्यक्ष कमल थ...

७५३ पालिकामै गठबन्धन,महानगर र उपमहानगर प्रमुख तथा उपप्रमुखको सिट बाँडफाँट…..

काठमाडौँ — पाँचदलीय सत्ता गठबन्धनको बैठकले ७ सय ५३ पालिकामै चुनावी गठबन्धन गर्ने ढाँचा तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिका केन्द्रले भागबन्डा गर्ने निर्णय गरेको छ भने अन्य पालिकामा केन्द्रले तय गरेको मापदण्डका आधारमा पद बाँडफाँट गरेर पठाउन प्रदेश र जिल्ला संयन्त्रलाई निर्देशन दिएको छ ।  सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत...

आजबाट पुन काठमाडौं पठाइयो मेलम्चीको पानी…..

काठमाडौं-    मेलम्ची नदीको पानी पुनः पथान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरे । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पु¥याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएक...

राष्ट्र बैंकमाथिको ठाडो हस्तक्षेप, गभर्नर नहुँदा अस्थिरता बढ्छ…..

काठमाडौँ — अर्थतन्त्र गम्भीर संकटको संघारमा रहेको अवस्थामा मौद्रिक व्यवस्थापन गर्ने जिम्मेवार निकाय नेपाल राष्ट्र बैंक नेतृत्वविहीन हुँदा मुलुकमा अस्थिरता झनै बढ्ने टिप्पणी अर्थविद्हरूले गरेका छन् । गभर्नर नहुँदा आगामी बजेटका लागि उपयुक्त सुझाव आउन नसक्ने, राष्ट्र बैंकका कर्मचारीको आत्मविश्वासमा खलल पुग्ने र यसले अस्थिरता बढाउने उनीहरूले बताएका छन् । कानुनविपरीत गल्ती गरेको भए जस्तो अवस्थामा जोसुक...

निर्वाचन आयोगले माग्यो ६ करोडको चुनावी खर्चबारे जवाफ…..

काठमाडौँ — '२०७४ सालको संघीय संसद्को चुनावमा ६ करोड खर्च भयो' भन्ने अभिव्यक्ति दिएका कांग्रेस नेता शशांक कोइरालासँग निर्वाचन आयोगले जवाफ मागेको छ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि २५ लाख रूपैयाँसम्म खर्च सीमा तोके पनि कोइरालाले निर्वाचन महँगो हुँदै गएको र गत निर्वाचनमा आफ्नो ६ करोड खर्च भएको बताएका थिए । निर्वाचन आयोगसमक्ष भने उनले २१ लाख ७५ हजार खर्च भएको विवरण पेस गरेका थि...

नेपालमा श्रीलङ्काको त्रासदी, अर्थतन्त्र सङ्कटको चिन्ता…..

काठमाडौं -   यतिबेला मुलुकको अर्थतन्त्रलाई लिएर सबैजसो क्षेत्र तरङ्गित छ । संकटउन्मुख अर्थतन्त्रको विषयले नछोएको सायदै कुनै क्षेत्र होला । बढ्दो आयात, घट्दो रेमिट्यान्ससँगै चुलिएको व्यापार घाटामा थप विदेशी मुद्राको सञ्चितिमा समेत तीव्र दबाब पर्न थालेपछि यतिखेर सबैले मुलुकको अर्थतन्त्रलाई लिएर चिन्ता व्यक्त गर्न थालेका छन् । न्यून विदेशी मुद्राको सञ्चितिकै कारण कागज,मसी समेत किन्न नसक्ने अवस्थामा प...

नातागोताकै हालीमुहाली, सबै दल एउटै ड्याङका मुला…..

काठमाडौं - नेपाली राजनीतिमा नातागोताको हालीमुहाली नयाँ कुरा होइन । सत्तामा रहनेले नातावाद, कृपावादलाई प्रश्रय दिन्छ भने सत्ता बाहिर रहनेले विरोध गर्दछ । तर एउटा चरणमा नातावाद–कृपावादको विरोध गर्नेहरुले पनि आफू सत्तामा पुगेपछि नातागोता छानेर अवसर दिने परिपाटीसमेत नेपाली राजनीतिमा विद्यमान छ । व्यक्तिवाद, परिवारवाद र नाता–कृपावाद विरुद्ध लडेका पार्टी पनि उस्तै हुन थालेपछि इमानदार नेता–कार्यकर्ता चिढ...

डीआईजीको सिटमा बढुवा गर्न सकस…..

काठमाडौं- नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को पद खाली छ । चैत १ मा ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएसँगै रिक्त भएको सिटमा बढुवा हुन सकेको छैन । चैत १ मा बढुवा समितीले धीरज प्रताप सिंह, बसन्त पन्त र रवीन्द्र बहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । उनीहरुको सिफारिससँगै खाली भएको डीआईजीको सिटमा बढुवा गर्न सकस भएको हो । मेरिट लिस्ट अनुसार पुराना...