जम्मु काश्मिरमा भारतीय सैनिकमाथि आक्रमण, २ जवानको मृत्यु……

जम्मु काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणमा २ भारतीय सैनिक (सीआरपीएफ)को मृत्यु भएको छ । पुलवाको पामपोर क्षेत्रमा भएको आक्रमणमा उनीहरु मारिएका हुन् । एक्कासि भएको आतंकवादी आक्रमणमा ५ जवान घाइते भएका थिए । घाइते ५ जनामध्ये २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइते अन्य ३ जवानको उपचार भैरहेको जनाइएको छ । आक्रमण पंपोर बाइपासमा सोमबार १२ बजेर ५० मिनेट जाँदा भएको थियो । सीआरपीएफको ११० औं बटालियन ...

चीनसँगको विवादबीच भारतीय सेना र वायुसेनाले युद्धका लागि सुरु गर्‍यो संयुक्त तयारी……

चीनसँगको विवादबीच भारतीय सेना र वायुसेनाले जुनसुकै परिस्थितीसँग जुध्नका लागि संयुक्त तयारी सुरु गरेका छन् । सेना र वायुसेनाको ‘जोइन्ट वार अपरेशन’ पनि सुरु भएको छ । लेह हवाई क्षेत्रमा वायुसेनाले सी–१७ एस, इल्यूशिन–७६ एस र सी–१३० जे सुपर हरक्यूलिस जेट तैनाथ गरेको छ । यी फाइटर जेटले लगातार सीमामा उडान भरिरहेको छ । यी विमानमार्फत् सीमामा तैनाथ सेनाका जवानसम्म वायुसेनाले आवश्यक सामग्री ओसारपसारसमेत गरि...

बसमै बन्धक बनाएर दुई दिनसम्म सामूहिक बलात्कार……

यौनजन्य अपराध र घरेलु हिंसाका घटना एकपछि अर्को गरेर बाहिर आइरहेका बेला उपत्यकामै एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ लिवालीमा शनिबार रोकिराखेको बा३ख २६१२ नम्बरको बसभित्र १७ वर्षीया किशोरीमाथि बलात्कार भएको हो । पीडित किशोरी सिन्धुपाल्चोक घर भई मूलपानी बस्दै आएकी थिइन् । घटनामा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकको साँगाचोकगढी–१० चौताराका २२ वर्षीय नीरकुमार खड्का...

२४ घण्टामा देशभर २२५३ जना संक्रमित थपिए, सक्रिय संक्रमित २२ हजार २१९ पुगे……

पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् । आज १२ हजार ७८४ जनाको पीसीआर भएको छ । यस्तै देशभर कोरोना निको हुनेक...

चीनसँग विवाद भइरहेका बेला भारतले गर्‍याे शक्तिशाली क्षेप्यास्त्र परीक्षण……

चीनसँगको सीमा लद्दाखबारे विवाद बढिरहेका बेला भारतले भारतले नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ। भारतले शनिबार ओडिसाको बालासोरमा ‘सौर्य’ नामको ब्यालिस्टिक मिसाइलको नयाँ संस्करण सफलतापूर्वक परीक्षण गरेको हो। रक्षा मन्त्रालयका स्रोत उधृत गर्दै समाचार एजेन्सी पिटिआईले लेखेको छ– यो नयाँ मिसाइलले झन्डै हजार किलोमिटर टाढा आक्रमण गर्न सक्छ। भारतले यो क्षेप्यास्त्र परीक्षण यस्तो समयमा गरेको छ कि चीनसँग सीमा...

२४ घण्टामा देशभर २१२० कोरोना संक्रमित थपिए……

पछिल्लो २४ घण्टामा देशभर २ हजार १२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर संक्रमितको कु्ल संख्या ८४,५७० पुगेको गौतमले बताए । आज १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो। यस्तै आज काठमाडौंमा १००१, भक्तपुरमा ६७ र ललितपुरमा १०९ गरी उपत्यकामा ११७७ जनाम...

अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण……

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार बिहान ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना भएको जानकारी दिएका हुन् । कोरोना देखिएपछि आफूहरु क्वारेन्टाइनमा बस्ने पनि उनले जानकारी दिएका छन् । बिहीबार बेलुका राष्ट्रपति ट्रम्प र प्रथम महिलामा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रपति ट्रम्पका फिजिसियन डाक्टर सिन कोन्लेले जानक...

चीनले भन्यो, ‘लद्दाखमा भारतको गैरकानूनी कब्जा’, भारतको कडा प्रतिक्रिया……

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले उनको देशले भारतद्वारा स्थापित गरिएको कथित केन्द्र प्रशासित प्रदेश लद्दाखलाई मान्यता नदिने बताएको छ । भारतले चीनको दाबी खारेज गरेको छ । भारतीय विदेश मन्त्रालयले एक बयान जारी गर्दै भने, ‘हामीले भारत–चीन वास्तविक नियन्त्रण रेखाबारे चीनको एक प्रवक्तालाई उद्धृत गर्दै लेखिएको रिपोर्ट देख्यौं । भारतले कहिले पनि एकतर्फी कारवाही अनुसार सन् १९५९ मा बनाएको एलएस...

उपत्यकामा एकै दिन थपिए ९ सय ३४ संक्रमित, काठमाडौंमा ७४७……

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ३४ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ४७ जना, भक्तपुरमा ७३ जना र ललितपुरमा ११४ जनामा संक्रमण देखिएको हो।देशभर १५ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ सय ३१ जना कोरोना मुक्त भएका छन्। अहिलेसम्म ७६ हजार २ सय ५८ जनामा संक्र...

कोरोना भाइरसबाट विश्वमा १० लाख भन्दा बढीको मृत्यु……

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३३ लाख ११ हजार पुगेका छ। कूल सङ्क्रमितमध्ये दुई करोड ४६ लाख ३९ हजार निको भएका छन् भने करिब ७६ लाख ७० हजार मानिस सक्रिय सङ्क्रमित छन्। विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ...

नेपालमा थपिए १३ सय ५१ कोरोना संक्रमित, संक्रमितको संख्या ७४ हजार नाघ्यो……

पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको बताएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ७ सय ४२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालस...

कोरोनाले २० लाखभन्दा बढीको मृत्यु हुन सक्छ : डब्लूएचओ……

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) कारण २० लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने जनाएको छ । कोभिड–१९ विरुद्धको प्रभावकारी खोप प्रयोगमा आउने अवधिसम्म मृतकको संख्या २० लाख नाघ्न सक्ने संगठनले जनाएको हो । डब्लूएचओका आपत्कालीन मामिला प्रमुख डा. माइक र्‍यानले अन्तर्राष्ट्रिय सहकार्य नभए मृतकको संख्या त्योभन्दा बढी हुन सक्ने दाबी गरे । माइक र्‍यानका अनुसार अहिलेको ...