मुख्यमन्त्री जम्मरकट्टेलले आज पुन: विश्वासको मत लिँदै…..

हेटौँडा -   बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन् । बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भए पछि स्थगित भएको बैठक आज बोलाइएको हो । बैठक अपराह्न १ बजे बस्नेछ । नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि दोहोर्‍याएर विश्वासको मत लिन लागेका हुन् । ने...

नेपाल वायुसेवा निगमले पुरुषलाई महिला बनाएर उडाए…..

काठमाडौँ — ताप्लेजुङबाट सोमबार बिहान ७:४७ बजे १५ यात्रु बोकेर काठमाडौं अवतरण भएको नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो ।  क्याप्टेन पेम्बा शेर्पा र रक्षित मल्लले जहाजमा चढेका यात्रु र लोडसिट पेपरमा केही फरक देखे । पाइलटलाई ताप्लेजुङमा बुझाइएको लोडसिटमा १० महिला र ५ पुरुष लेखिएको थियो । तर, ४५ मिनेटको उडानपछि काठमाडौं आइपुग्दा चालकदलले जहाजमा ९ महिल...

आज दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री…..

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका...

एजेन्डाविहीन विद्यार्थी संगठन, स्ववियु निर्वाचन आज…..

काठमाडौँ — स्वतन्त्र विद्यार्थी युनियनका प्रतिस्पर्धी र निर्वाचित नेताहरू मुलुक हाँक्ने शीर्षस्थ स्थानमा पुगेका छन् । २०२३ सालमा सरस्वती बहुमुखी क्याम्पस ठमेलको स्ववियु सभापति निर्वाचित रामचन्द्र पौडेल अघिल्लो साता मात्र गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बने । चुनावी तयारी : आइतबार हुने स्ववियु निर्वाचनका लागि काठमाडौंको पद्मकन्या क्याम्पसमा मतदान केन्द्र तयार गर्दै कर्मचारी । त्रिभुवन विश्वविद्य...

मुख्यमन्त्री बन्न राजधानीमा नेताहरूको दौडधुप…..

काठमाडौँ — राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा सहभागी हुन काठमाडौं आएका प्रदेशसभाका सांसदहरूले मुख्यमन्त्री र मन्त्री बन्नका लागि नेताहरूसँग लबिइङ थालेका छन् । उपराष्ट्रपति निर्वाचनसमेत सकिएकाले एमालेका मुख्यमन्त्री रहेका कोसी, गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरण हुने सम्भावना छ । यी प्रदेशमा कांग्रेस र माओवादीले सरकारको नेतृत्व लिने गरी आ–आफ्नो दलका शीर्ष नेतालाई दबाब बढाएका छन् । मन्त्...

एकदिवसीय विश्वकपका लागि नेपाल छनोट…..

काठमाडौँ — नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार यूएईमाथि अद्वितीय र नाटकीय जित रच्दै सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाएको छ । ग्लोबल छनोट जुन–जुलाईमा जिम्बावेमा हुँदै छ । जहाँ १० टिम प्रतिस्पर्धामा हुनेछन् । १० टिमले दुई समूह रहेर प्रतिस्पर्धा गर्नेछन् । दुवै समूहका शीर्ष ३–३ टिम सुपर लिगमा पुग्नेछन् । सुपर लिगको खेलपछि शीर्ष दुई टोलीले विश्वकपमा स्था...

बोआओ रद्द गरेर भारत भ्रमणको लागि दाहालको जोडबल…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको गृहकार्य सुरु भएको छ । विश्वासको मत लिएलगत्तै दाहाल प्रधानमन्त्रीका रूपमा तेस्रो पटक दिल्ली जान लागेका हुन् । चीनमा आयोजित ‘बोआओ फोरम फर एसिया’ मा भने दाहाल सहभागी नहुने सम्भावना बढेको छ । हेनान प्रान्तमा चैत १४ देखि १७ सम्म हुने कार्यक्रमका लागि चिनियाँ राजदूत छन सोङले फागुन १० मै भेटेर दाहाललाई निम्तो दिएका थिए । पहिलोपल्ट प्रधानमन्त्री हुँद...

पार्टी सरकारमा जाने भएपछि कांग्रेसका सांसदहरुले मन्त्री बन्न दौडधुप तीव्र…..

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेपाली कांग्रेस चैतको पहिलो साताभित्र ‘इन्ट्री’ गर्ने तयारीमा छ । प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिएपछि सरकारमा जाने कांग्रेसको तयारी छ । पार्टी सरकारमा जाने भएपछि कांग्रेसका सांसदहरुले मन्त्री बन्न दौडधुप तीव्र बनाएको अवस्था छ । कांग्रेसका ९८ जना सांसद (प्रतिनिधि र राष्ट्रियसभा) मध्ये सभापति शेरब...

सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक बस्दै…..

काठमाडौँ । १० दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटेको थिएन । गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी खो...

प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । राष्ट्रपति निर्वाचनमा बनेको नयाँ गठबन्धनका कारण एमाले र राप्रपाले सरकार छाड्नुका साथै समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत लिन लागेका हुन् । राप्रपाले फागुन १३ र एमालेले १५ गते सरकार छाडेका थिए । राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको मितिबाट ३० दिनभित्र अर...

शीतलनिवासमा पौडेलको शपथ…..

काठमाडौँ — गणतान्त्रिक नेपालका तेस्रा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार कार्यभार सम्हालेका छन् । शीतलनिवासमा आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिएपछि पौडेलले राष्ट्राध्यक्षका रूपमा पदभार सम्हालेका हुन् । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पौडेललाई राष्ट्राध्यक्षको कार्यभार सुम्पँदै ७ वर्षे दुई कार्यकाल पूरा गरी शीतलनिवासबाट बिदा भएकी छन् ।  शीतलनिवासमा सोमबार...

राष्ट्रपति पौडेलको शपथ आज…..

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि आज दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ ल...