चुनावी संघारमा नौ थरी व्यापारका लाइसेन्स…..

काठमाडौँ — निर्वाचन आचारसंहिता लागू भइसकेपछि पनि धितोपत्र बजार, वस्तु बजार, धितोपत्र ब्रोकर, बिमा कम्पनीलगायत क्षेत्रमा लाइसेन्स वितरण गर्न लागेको विषयमा निर्वाचन आयोगले सरकारलाई स्पष्टीकरण सोधेको छ । आयोगले शनिबार पत्र लेखेर अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र बिमा समितिलाई तीन दिनभित्र जवाफ पठाउन भनेको हो । निर्वाचन आचारसंहिताविपरीत कार्य रोक्न आवश्यक आदेश जारी गर्न माग गर्दै शुक्रबार उपभोक्ता हित ...

अर्थतन्त्रको अहिलेको अवस्था राम्रो भन्न मिल्दैन…..

काठमाडौँ — घट्दो विदेशी मुद्राको सञ्चिति, बढ्दो व्यापार घाटा र श्रीलङ्काको वित्तीय संकटबाट आँत्तिएर नेपाल सरकारले दुईवटा नीतिगत निर्णय गर्न लागेको सुनिएको छ । पहिलो नीति‚ केही वस्तुहरूको आयातमा प्रतिबन्ध लगाउने र दोस्रो‚ आइतबार पनि सार्वजनिक बिदा दिने ।  तर‚ के यी नीतिहरूले समस्याको समाधान होला त ? के यी कदम तथ्यमा आधारित भएर चाल्न लागिएका नीतिहरू हुन् ? कतै यी नीतिहरूले समस्या झनै बल्झाउने त होइन...

चालु आर्थिक वर्षको बजेट१६ खर्ब ३२ अर्ब ८३ करोड पेस…..-

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन् । अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताए । आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको मन्त्री शर्माले जनाए । ...

एकै दिन २९ अर्ब ६९ करोडको भुक्तानी, ३ खर्ब हाराहारीको बजेट फ्रिज…..

काठमाडौं, चालु आर्थिक वर्ष २०७७/७८ को अन्तिम दिन आज असार ३१ गते सरकारले वर्षभरिकै उच्च भुक्तानी गरेको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार सरकारले आर्थिक वर्ष सकिनै लाग्दा आज एकै दिन अधिकतम २९ अर्ब ६९ करोड माथिको भुक्तानी दिएको हो । यस्तो भुक्तानी आज नियमित अर्थात् चालु खर्च तर्फ ६ अर्ब ४२ करोड ५ लाख रुपैयाँ र पुँजीगत खर्च तर्फ अधिकतम १५ अर्ब ९७ करोड ७७ लाख भएको छ भने बाँकी ७ अर्ब २९ करोड ५५ ला...

न्यायाधीशहरूलाई गाडी किन्न ८१ करोड…..

काठमाडौँ — सार्वजनिक निकायमा हुने फजुल खर्च कटौतीमा जोड दिइरहेको अर्थ मन्त्रालयले महँगा गाडी खरिदका लागि सर्वोच्च अदालतले पठाएका प्रस्तावहरूमा भने निकै उदारता देखाएको छ । प्रधानन्यायाधीश, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र जिल्ला न्यायाधीशहरूका लागि महँगा गाडी अधिक संख्यामा खरिद गर्न अर्थले बिनारोकटोक स्वीकृति दिइरहेको छ ।  गत पुसमा प्रतिनिधिसभा विघटन भइसकेपछि हालसम्म गाडी खरिद गर्नका लागि सर्वोच्च...

पूर्ण होइन, काम चलाउ बजेट ल्याउन सुझाव…..

संसद् विघटन भई चुनाव घोषणा भएको अवस्थामा काम चलाउ बजेट ल्याउन सरोकारवाला पक्षले सरकारलाई सुझाव दिएका छन्। अल्पमतको चुनावी सरकारले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्नेगरी पपुलिस्ट कार्यक्रम समावेश गरेर अध्यादेशमार्फत शनिबार पूर्ण आकारको बजेट ल्याउने चर्चा चलेको छ। यही बेला पूर्वअर्थमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू र निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्तहरूले बिहीबार छुट्टाछुट्टै विज्...

यूरोपेली यूनियनले नेपाललाई ९ अर्ब ८० करोड आर्थिक सहयोग…………..

लन्डन- यूरोपेली यूनियनले नेपाललाई कोरोना भाइरस नियन्त्रण र त्यसका प्रभावका लागि आर्थिक सहयोग गरेको छ। यूरोपेली यूनियनले नेपाललाई ९ अर्ब ८० करोड आर्थिक सहयोग गरेको हो। कठिन समयमा यूरोपेली यूनियन नेपालको एक असल मित्र रहेको बताउँदै नेपालका लागि यूरोपेली यूनियनका राजदूत भेरोनिका कोडीले भनेका छन्, 'यस संकटको समयलाई नियन्त्रणमा लिन यो सहयोग महत्वपूर्ण हुनेछ। उच्चजोखिमको क्षेत्रमा प्रभाव कम गर्न यो सहयोग...

‘फोर्स मर्जर’ होइन, जानेलाई सहुलियत………

काठमाडौं - नेपाल राष्ट्र बैंकले केही ढिलो गरी ल्याएको चालु आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको मर्जरलाई बाध्यकारी नबनाई इच्छुकलाई सहुलियतको व्यवस्था गरेको छ। यसअघि बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउने कार्यक्रम ल्याएका गभर्नर चिरञ्जीवी नेपालले अहिले बैंक तथा वित्तीय संस्थाको मर्जरलाई प्राथमिकता दिएको देखिन्छ। मौद्रिक नीतिले मर्जरमा जाने वित्तीय संस्थाका ला...

३० अर्बका उद्योगमा चीनको मात्र २७ अर्ब लगानी………

बैशाख ८, २०७५    काठमाडौँ । चालु आर्थिक वर्षको (२०७४/७५) नौ महिनामा ३० अर्ब ४१ करोड ५ लाख रुपैयाँ भन्दा बढीको १० ठूला उद्योग दर्ता भए । दर्ता भएका १० ठूला उद्योगमा चीनको लगानीमात्र २७ अर्ब ६ करोड ९० लाख रुपैयाँ रहेको उद्योग विभागको तथ्यांकमा छ । चीनले यो लगानी विभिन्न ६ वटा उद्योगमा गरेको हो । उसले जलविद्युत, होटल, सिल्क रोड, हर्बल लगायत कम्पनीमा लगानी गरेको हो । देशमा स्थिर सरकार बनेसँगै विदेशी ल...

अनियमित खर्च ५ खर्ब ५ अर्ब पुग्यो

चैत २९, २०७४ प्रचलित कानुन् उल्लंघन गरी मुलुकको ढकुटीबाट भएको अनियमित खर्चको रकम ५ खर्ब ५ खर्ब रुपैयाँ पुगेको छ । गत बर्ष २०७३, ७४ सम्मको बेरुजु रकम ३ खर्ब ९६ खर्ब रुपैयाँ थियो । महालेखापरीक्षक कार्यालय स्रोतले उपलब्ध गराएको बार्षिक प्रतिवेदनअनुसार यो बर्ष १ खर्ब ९ अर्ब रुपैयाँले बेरुजु रकम बृद्धि भएको छ । यस पटक स्थानीय तह गाउँ र नगरपालिका को बेरुजुसमेत लेखापरीक्षण मुल प्रतिवेदनमा समा...

प्रहरीमाथि नै अनुसन्धान थालियो……..

८ चैत, काठमाडौं । तस्करीको साढे ३३ केजी सुन गायब भएपछि भरिया सनम शाक्यको अपहरणपछि हत्या भएको घटनामा प्रहरी प्रधान कार्यालयले प्रहरीमाथि नै अनुसन्धान थालेको छ । घटनाको विषयमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगरेको भन्दै उजुरी परेपछि प्रहरी मुख्यायलले छुट्टै अनुसन्धान समिति बनाएर छानबिन सुरु गरेको हो । प्रहरीकै मिलेमतोमा सुन गायब भएको हुन सक्ने आशंकामा अनुसन्धान थालिएको स्रोतको भनाइ छ । प्रहरी मुख...

बैंकहरुलाई तीन दिने अल्टिमेटम……….

चैत ७, २०७४  काठमाडौं–नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक जान नमानेका ११२ स्थानीय तहमा पुग्ने प्रतिबद्धता सहितको पत्र बुझाउन दिन ३ दिनको समय दिएको छ । मंगलबार विभिन्न बैंकहरुलाई निर्देशन दिँदै राष्ट्र बैंकले वाणिज्य बैंक नपुगेका स्थानीय तहमा जान चाहेको पत्र सहित आउन भनेको राष्ट्र बैंकको एक अधिकारीले बताए । ती अधिकारीले भने, ‘हामीले बिहिबार सम्मको समय दिएर प्रतिबद्धता जनाउन भनेका छौ । आठ महिनामा (फाग...