१०२ औं साहित्य श्रृंखला असार १५ विशेष

२७ जुन, हङकङ– असार विशेष सृजना वाचन, गायन तथा समीक्षा गर्दै १०२ औं हङकङ साहित्य साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चन्द्र मादेन ‘आन्छन’, सुनिता गिरी, बलबहादुर थापा, डोम राना, सन्ध्या क्षेत्री, पूर्णिमा शाह, नारायण भण्डारी, नविन सुहाङ, लालबहादुर गुरुङ, रोशन याक्सो, दाजु गुरुङ, गीता अधिकारी, टी.बी. याक्खा, अरुमा शर्मा, ज्योती शर्मा लगाय...

किरात राई यायोक्खा हङकङको ११औं अधिवेशन सम्पन्न

बगैंचा सम्बाददाता हङकङ, २७ जुन २०२१ आईतबार, किरात राई यायोक्खा हङकङको ११औं अधिवेशन सफल्तापूर्बक सम्पन्न भएको छ । संस्थाको आफ्नै भवन सुप्तुलुङ खिममा सम्पन्न उक्त अधिवेशनको खु्ल्ला सत्रलाई संस्थाका अध्यक्ष श्री हरिचन्द्र राईले सभापतित्व गर्नु भएको थियोभने प्रमुख अतिथिमा नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष, विशिष्ट अतिथिमा केन्द्रीय सदस्य, बिशेष अतिथिमा किरात सुनुवार समाज हङकङ, किरात याक्खा ...

युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४४ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न

१३ जुन, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४४ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न भयो । कोरोनाका कारण हङकङ सरकारद्धारा लगाइएका विभिन्न नीति नियमहरु पालना गर्दै २ मेदेखि विभिन्न शाखाहरुबाट छुटृाछुटृै शुरु भएको टेष्ट १३ जुन आइतबार वान्चाईस्थित हार्बोर रोड स्पोर्टस सेन्टरमा वानचाई हेडक्वार्टर सहित ६ वटा शाखाहरुको एक साथ सम्पन्न भयो । क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा...

नेपाल फाइनान्सको ९ औं वार्षिक साधारणसभा सम्पन्न

३० मे, हङकङ– हङकङकै इतिहासमा नेपालीहरुद्धारा खोलिएको पहिलो आधिकारिक तथा सफल वित्तिय संस्था नेपाल फाइनान्स लिमिटेडद्धारा कोभिड–१९ को महामारिका बीच पनि सेयर होल्डरहरुलाई लगानीको १० प्रतिशत लाभांश वितरण गर्दै ९ औं वार्षिक साधारण सभा सम्पन्न गर्यो । बगैंचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा रात्री भोज सहित आयोजना गरिएको कार्यक्रममा फाइनान्सका महाप्रबन्धक शशीमदन राईद्धारा जानकारी गराइए अनुसार ५० जना ...

१०१ औं साहित्य श्रृंखलामा सम्पन्न

३० मे, हङकङ– सृजना वाचन, गायन तथा समीक्षा गर्दै १०१ औं हङकङ साहित्य साझा श्रृंखला विशेष रुपले सम्पन्न भयो । साहित्य श्रृंखलाका नव–संयोजक रमण गुरुङको अध्यक्षतामा जोर्डनस्थित नयाँ पेजको कार्यालयमा आयोजित कार्यक्रमको शुरुवात मै श्रृंखलाका संयोजक रमण गुरुङले उपस्थित सम्पूर्ण सर्जकहरुलाई सृजना लेखन कार्यमा सबैको लगाभ रहोस भन्ने शुभकामना सहित कलम र नोटबुक उपहार स्वरुप प्रदान गरेका थिए । सोहि क्रममा श्र...

हङकङ नेपाली महासंघद्धारा दातासंगको सहकार्यमा २ सय अक्सिजन कन्सेन्ट्रेटर नेपाल पठाउँदै

२९ मे, हङकङ– हङकङ नेपाली महासंघद्धारा दातृ संस्था ‘सोएर्स एक्शन’ संगको सहकार्यमा तत्काल २ सय वटा अक्सिजन कन्सेन्ट्रेटर नपाल पठाउँने भएको छ । शनिबार साँझ मङककस्थित महासंघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘हेल्प नेपाल फाइट अगेन्स्ट कोभिड–१९ क्याम्पेन’ की संयोजक रिता गुरुङले उक्त जानकारी गराएकी हुन । हाल नेपालमा कोभिड १९ महामारीको रुप फैलिरहेको र अक्सिजनको अभावमा कयौं विरामीहरुले अकालमै ज...

सी.एस.टी.एन.हङकङद्धारा नृत्य प्रतियोगिता सम्पन्न

२३ मे, हङकङ– हङकङ नेपाली महासंघ अन्तर्गत नेपाली समुदायको लागि सामुदायिक सेवा समुह (सी.एस.टी.एन.) द्धारा हङकङका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु बालबालिकाहरु बीच नृत्य प्रतियोगिताको आयोजना सम्पन्न गर्यो । ४ देखि ७ वर्ष र ८ देखि १५ वर्ष गरी दुई उमेर समुहमा विभाजन गरी आयोजना गरिएको उक्त प्रतियोगितामा ४ देखि ७ वर्ष उमेर समुहमा सजना गुरुङले प्रथम स्थान हासिल गरिन भने नोमा थेबे र उपास्ना था...

थाउजेण्ड बिग बुद्ध नेपालबारे हङकङमा जानकारी सभा

९ मे, हङकङ– पूर्वी नेपालको सुन्दर नगरी धरानमा निर्माणाधिन थाउजेण्ड बिग बुद्धको कार्य प्रगती बारे थाउजेण्ड बिग बुद्ध नेपाल, हङकङ समितिद्धारा बगैचा रेष्टुरेण्टमा जानकारी सभाको आयोजना गर्यो । एन.आर.एन.ए., च्याम्बर लगायत विभिन्न संघ संस्थाका पदाधिकारी, व्यापारी, समाजसेवी तथा पत्रकारहरुको उपस्थिति रहेको उक्त जानकारी सभामा थाउजेण्ड बिग बुद्ध नेपाल, केन्द्रिय समितिका अध्यक्ष प्रदिप थापा र हङकङ समितिका अ...

आदिवासी जनजाति महासंघमा पुनः किसन राई

२ मे, हङकङ– नेपाल आदिवासी जनजाति महासंघ हङकङको आठौं महाधिवेशन मार्फत पुनः किसन राई अध्यक्षमा चयन भएका छन् । जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा आयोजित महासंघको आठौं महाधिवेशन मार्फत सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मतबाट चयन भएका हुन् । यसरी चयन भएका पदाधिकारीहरुमा क्रमशः अध्यक्षमा किसन राई, उपाध्यक्षमा कृष्णराज लावती, महासचिवमा टोपराज तामाङ र कोषाध्यक्ष करुणा प्रधान रहेका छन् । नेपाली महावाणिज्यदुत उदय...

हङकङ साहित्य श्रृंखलाको नेतृत्वमा रमण गुरुङ र गिता अधिकारी

२५ अप्रिल, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाको नवौं वार्षिक उत्सव कार्यक्रम मार्फत संयोजकमा रमण गुरुङ र सह–संयोजकमा गिता अधिकारी चयन भएका छन् । श्रृंखलाका संयोजक सुनिता गिरीको अध्यक्षता र हङकङका महावाणिज्यदुत उदयबहादुर राना मगरको प्रमुख आतिथ्यतामा उद्धघाटनसंगै शुरु भएको पहिलो चरणको कार्यक्रममा हङकङका ५३ जना साहित्यकारहरुको विभिन्न विधाका सृजनाहरु समेटिएको कृति ‘श्रृंखला–५’ लोकार्पण गरिएको थियो ।...

हङकङ नेपाली महासंघले विविध कार्यक्रमका साथ नेपाली नयाँ वर्ष मनायो

१८ अप्रिल, हङकङ– हङकङस्थित नेपाली संघ संस्थाहरुको छाता संगठनको रुपमा रहेको हङकङ नेपाली महासंघले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै नेपाली नयाँ वर्ष २०७८ मनायो । स्थानिय सरकारी तथा गैह्रसरकारी संघसंस्थाहरु संग समन्वय गरी जोर्डनस्थित याउ चिम मोङ मल्टिकल्चरल एक्टिभिटी सेन्टरको हलमा दिनभर आयोजना गरिएको कार्यक्रममा कोभिड–१९ रोग, यसले गर्ने असर तथा हङकङ सरकारद्धारा निःशुल्क प्रदान गर्दै आइरहेको कोभिड–१...

हङकङका नवनियुक्त महावाणिज्यदुतसंग महासंघद्धारा भेटघाट कार्यक्रम

१४ मार्च, हङकङ– हङकङ नेपाली महासंघले हङकङका लागि नवनियुक्त महावाणिज्यदुत उदय बहादुर राना मगरलाई श्वागत तथा भेटघाट कार्यक्रमको आयोजना सम्पन्न गर्यो । महासंघका अध्यक्ष टंक रानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महासंघका सल्लाहकारहरु हेजेन राई, प्रदिप थापा, रिता गुरुङ, डासुराम पराजुली, हेम लिम्बु, हर्क राना, कुल प्रसाद गुरुङ, आदिवासी जनजाती महासंघका अध्यक्ष किसन राई, एन.आर.एन.ए.की अध्यक्ष टिका ...