संखुवासभा दिदीबहिनी समूह हङकङको देउसीभैलो सम्पन्न

१६ नोभेम्बर, हङकङ– संखुवासभा दिदी बहिनी समूह हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, देउसी भैलो तथा नाँचगान गर्दै २०१९ को देउसी भैलो कार्यक्रम सम्पन्न गर्यो । जोर्डनस्थित हङिग्र आई रेष्टुरेण्टमा आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष झोना गुरुङको श्वागत मन्तब्यसंगै कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष गौमाया घले तथा प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानाद्धारा पानसमा बत्ति बालेर कार्यक्...

हङकङ ‘यलम्बर धनुबाण प्रतियोगिता-२०१९’ स्थगित

बगैंचा सम्बाददाता हङकङ यहि १७ नोभेम्बर २०१९ आईतबार हुन गईरहेको बहुचर्चित 'यलम्बर धनुबाण प्रतियोगिता २०१९' हाल हङकङमा चलिरहेको आन्दोलनको कारण स्थगित गरिएको कुरा प्रमुख आयोजक किरात राई यायोक्खा हङकङका अध्यक्ष श्री हरिचन्द्र राईले जानकारी गराएका छन्। प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा तरिए तापनि ६ महिनादेखि सुपुर्दगि बिधेयको बिरूद्धमा चलिरहेको हङकङको आन्दोलनले उग्ररूप लिएपछि सो परिस्थितिलाई...

संखुवासभा समाज हङकङको देउसी भैलो कार्यक्रम सम्पन्न

१० नोभेम्बर, हङकङ– संखुवासभा समाज हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, विभिन्न जातिय भेषभूषा प्रदर्शनी, देउसी भैलो तथा नाँचगान गर्दै २०१९ को देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गर्यो । जोर्डनस्थित ब्लु ओसियन रेष्टुरेण्टमा आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष सुशन गुरुङको श्वागत मन्तब्यसंगै कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष टोपबहादुर याक्खा तथा प्रमुख अतिथि हङकङ नेपाली महास...

सुनुवार समाज हङकङको देउसी कार्यक्रम सम्पन्न

९ नोभेम्बर, हङकङ– बलिहाङ तिवारको उपलक्ष्यमा सुनुवार समाज हङकङद्धारा देउसी तथा भेटघाट कार्यक्रम–२०१९ सम्पन्न गर्यो । जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित छोटो औपचारिक कार्यक्रमको उद्धघाटनसंगै कार्यक्रमका सभापति एवं समाजका उपाध्यक्ष राम सुनुवार, प्रमुख अतिथि किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र राई तथा विशेष अतिथि किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवान, स...

हङकङका चार किरातहरु बीच धनुवाण प्रतियोगिता हुंदै

७ नोभेम्बर, हङकङ– हङकङका चार किरातहरुः राई, लिम्बु, याक्खा र सुनुवार बीच किरातहरुको पौराणिक हतियार धनुवाण (आर्चरी) प्रतियोगिता हुने भएको छ । १७ नोभेम्बर २०१९ आइतबारका दिन लाइन रक आर्चरी क्लब हङकङमा हुन गइरहेको ‘प्रथम यलम्बर धनुवाण प्रतियोगिता २०१९’ मा दुई दर्जन बढि किराती पुरुष र महिला खेलाडीहरुले प्रतिस्पर्धा गर्ने धनुवाण प्रतियोगिताका सह–संयोजक अभिव याक्खाले बताए ।  समय संगै ओझेलमा पर्दै गएको...

याक्खा छुम्मा हङकङको देउसीभैलोमा डोकनी लाक

३ नोभेम्बर, हङकङ– बलिहाङ तङनामको अवसरमा किरात याक्खा छुम्मा हङकङद्धारा डोकेनी लाक (डोकनी नाँच) सहित “देउसी भैलो तथा शुभकामना आदनप्रदान कार्यक्रम–२०१९” सम्पन्न गर्यो । स्थापनाकाल देखि नै याक्खा छुम्माले वार्षिक कार्यक्रमको रुपमा मनाउँदै आएको देउसीभैलो कार्यक्रममा किरात याक्खा जातीहरुले परापूर्वकालदेखि साङदाङराङमा अर्थात धनको देवीका रुपमा डोको भित्र महिला पसेर नाच्दै आइरहेको लोपोन्मुख डोकेनी लाक अर...

९० औं साहित्य श्रृंखला महाकवि लक्ष्मी प्रसाद देवकोटा विशेष

२७ अक्टुबर, हङकङ– महाकवि लक्ष्मी प्रसाद देवकोटाको १११ औं जन्मजयन्तीको अवसरमा देवकोटा तथा तिहार विशेष सृजना वाचन तथा देउसी भैलो खेल्दै ९० औं हङकङ साहित्यिक साझा श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक सुनिता गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको फोटोमा फूलमाला चढाइएको थियो । कार्यक्रम संचालक समेत रहेका श्र...

बालबालिकाहरुको छैठौं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न

२६ अक्टुबर, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङ अन्तर्गत तेक्वान्दो किड्स क्लास जोर्डन ब्रान्चमा प्रशिक्षण लिइरहेका बालबालिकाहरुको छैटौं बेल्ट अपग्रेडिङ्ग टेष्ट जोर्डन स्थित कुन चुङ स्पोर्टस सेन्टरमा सम्पन्न भयो । क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त बेल्ट अपग्रेडिङ टेष्टमा कलर बेल्टका ३ दर्जन बढि प्रशिक्षार्थी बालबालिकाहरुले टेष्ट दिएका थिए । सो अवसरमा स्टुडेण...

तेक्वान्दो पुम्से तथा स्पारिङ च्याम्पियनसिपमा नेपाली क्लब युनाइटेडलाई १४ गोल्ड मेडल

२० अक्टुबर, हङकङ– ‘क्रश ताइवान पुम्से एण्ड स्पारिङ च्याम्पियनसिप–२०१९’ मा सहभागी एक मात्र नेपाली क्लब युनाइटेड तेक्वान्दो एसोसिएशन हङकङले उत्कृष्ट प्रदर्शन गर्दै १४ वटा गोल्ड मेडल सहित ३६ वटा मेडल हाता पार्न सफल भएको छ । चुनवान स्पोर्टस सेन्टरमा आयोजित उक्त कम्पिटिशनमा युनाइटेडका खेलाडीहरुले स्पारिङ र पुम्से दुबै तर्फ गरी १४ वटा गोल्ड, ११ वटा सिल्भर र ११ वटा ब्रोन्ज गरी जम्मा ३६ वटा मेडलहरु हाता ...

८९ औं साहित्य श्रृंखला सम्पन्न

२९ सेप्टेम्बर, हङकङ– सृजना वाचन तथा समीक्षा संगै श्रृंखलाको भावि योजना बारे छलफल गर्दै ८९ औं हङकङ साहित्यक साझा श्रृंखला सम्पन्न भयो । साहित्य श्रृंखलाकी संयोजक सुनिता गिरीको अध्यक्षतामा जोर्डन स्थित ब्लु ओसिन रेष्टुरेण्टमा सम्पन्न उक्त कार्यक्रममा श्रृंखलाका संरक्षक तथा सल्लाहकारहरु दाजु गुरुङ, टंक सम्बाहाम्फे, डी.बी. पालुङवा, दीपा एवाई राई लगायतले श्रृंखलाको भावि योजना तथा श्रृंखलाले खेल्नु पर्...

संखुवासभा दिदीबहिनी समूह हङकङको अध्यक्षमा गौ माया घले

२९ सेप्टेम्बर हङकङ–  संखुवासभा दिदी बहिनी समूह हङकङको तेस्रो अधिवेशनबाट गौ माया घले सर्वसम्मतबाट अध्यक्षमा चयन भएकी छिन् । आइतबार जोर्डनस्थित हङग्री आई रेष्टुरेण्टमा आयोजित अधिवेशनमा गौ माया गुरुङको नेतृत्वमा १३ सदस्सिय कार्य समिति चयन भएको हो । यसरी चयन भएका पदाधिकारीहरुमा क्रमशः अध्यक्षमा गौ माया घले, उपाध्यक्षमा झुमा गुरुङ, सचिवमा सारदा राई, कोषाध्यक्षमा सुमित्रा घले र सदस्यहरुमाः सुर्य कुमारी...

घरजम चलचित्रको प्रिमियर सो सम्पन्न

बगैंचा सम्बाददाता हङकङ १५ सेप्टेम्बर २०१९ आईतबार हङकङ काउलनको हुङहाम स्थित Whampoa सिनेमा हलमा नव निर्मित नेपाली कथानक चलचित्र 'घरजम' को प्रिमियर सो सम्पन्न भएको छ ।उक्त 'प्रिमियर सो'मा निर्देशक, निर्माता लगायत हङकङमा रहेका कलाकारहरूको समउपस्थितिमा छोटो औपचारिक कार्यक्रम राखिएको थियो । युगल पोमुले संचालन गरेको सो औपचारिक कार्यक्रम मार्फत निर्देशक मौसम लिम्बूले हलमा उपस्थित दर्शकहरूलाई सम्बोधन ग...