राष्ट्रपति राजापाक्षले दिए राजीनामा…..

काठमाडौँ — मुलुक छोडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापक्षले बिहीबार राजीनामा दिएका छन् । मालदिभ्स हुँदै सिंगापुर पुगेका उनले उतैबाट सभामुखलाई ईमेलबाट राजीनामा पठाएका हुन् । राजापाक्ष परिवारको कुशासनका कारण मुलुक नै आर्थिक टाट पल्टेको छ । त्यसैविरुद्ध आन्दोलन चर्किएको छ । श्रीलंकामा ज्यानको समेत जोखिम बढेपछि राष्ट्रपति राजापाक्ष मुलुक छोडेर भागेका थिए । उनको राजीनामाबारे शुक्रबार सभामुख...

प्रतिबन्धको बाबजुद रुसको मुद्रा रुबलले डलरसँग प्रतिस्पर्धा…..

काठमाडौं-    यस वर्ष सबै प्रतिबन्ध र चुनौतीका बाबजुद डलरको तुलनामा रुसको मुद्रा रुबल विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रा बनेको छ । युक्रेनमाथिको आक्रमणपछि रुसले आधुनिक इतिहासकै सबैभन्दा कडा आर्थिक प्रतिबन्धको सामना गरिरहेको छ । तर रुबल बलियो बन्न पश्चिमी देशको कारबाहीले पनि रोक्न सकेन । दुई महिना अघि यो यस्तो घटना थियो जुन कल्पना गर्न गाह्रो थियो। डलरको तुलनामा रुबलको स्थिति एक सेन्टभन्दा कममा ...

भारतमा एकै दिन ९० प्रतिशतले बढ्यो नेपालमा झस्को…..

नयाँदिल्ली — भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको छ । एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ । पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन संक्रमितको संख्या १ हजार १ सय ५० थियो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको छ । नयाँदिल्लीमा कोरोना भाइरस परीक्षणका लागि स्वाब संक...

संसद् विघटन सर्वोच्चद्वारा बदर…..

इस्लामावाद — पाकिस्तानी सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा मतदान नगराउने उपसभामुख कासिम सुरीको निर्णय बदर गरिदिएको छ । अदालतले पाकिस्तानी संसद् (राष्ट्रिय सभा) पुन:स्थापना गर्दै शनिबार १० बजेका लागि बैठक बोलाउन सभामुखलाई आदेशसमेत दिएको छ । प्रधानन्यायाधीश उमर अता बन्दिअलको अध्यक्षताको पाँच सदस्यीय इजलासले सर्वसम्मत फैसला गर्दै संसद्‌मा अविश्वास प्रस्ताव पेस भएको ...

नेटोको अर्को निशाना चीन…..

काठमाडौं -   चीनबाट आएको बढ्दो सुरक्षा चुनौतीको प्रतिकारमा एसियामा नेटोले साझेदारहरुसँगको समन्वयलाई थप गहन बनाउने योजना बनाएको छ । रुसले युक्रेनमा गर्दै आएको सैन्य आक्रमणप्रति चीनले आलोचना गर्न अस्वीकार गर्दै आएको नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले बताएका छन् । सदस्य राष्ट्रका साथै फिनल्यान्ड, स्वीडेन, जर्जिया र ईयूका विदेश मन्त्रीहरुको बैठक आयोजना गर्ने घोषणा पनि उनले गरेका छन् । यद्यपि उनले एस...

चीनसँग दर्जन सम्झौता गर्न नेपाल सरकारको गृहकार्य…..

काठमाडौँ — सरकारले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा करिब एक दर्जन विषयमा समझदारी गर्न गृहकार्य गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१६ मा चीनको भ्रमण गरेदेखि हालसम्म दुई मुलुकबीच ५० भन्दा बढी विषयमा सहकार्य गर्ने सम्झौता गरिएकामा अधिकांश कार्यान्वयन भएका छैनन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच शनिबा...

उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश, किभको सपिङ मलमा क्षेप्यास्त्र प्रहार…..

काठमाडौं- चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश दिएको छ । कोभिड–१९ का घटनामा फेरि बृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो । लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध जस्ता तरिका अप्नाएर सन् २०२० को सुरुमा चीन सरकारले कोभिडलाई नियन्त्रणमा राख्न सफल भएको थियो । तर, पछिल्लो समयमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रेनका कारण संक्रमण फैलिएको छ । जिलिन प्रा...

चिनियांँ परराष्ट्रमन्त्री वाङ शुक्रबार नेपाल आउँदै…..

काठमाडौँ — चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणको औपचारिक घोषणा भएको छ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै वाङ चैत ११ देखि १३ सम्म काठमाडौं आउन लागेको सार्वजनिक गरेको हो । परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङबीच गत कात्तिक २ मा फोन वार्ता हुँदा खड्काले वाङलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । सोही निम्तोलाई आधार मानेर वाङ शुक्रबार ने...

रूस र युक्रेनबीच युद्ध अन्त्य गर्ने वार्ता सफलता नजिक पुगेको टर्कीले जानकारी…..

काठमाडौं- रूस र युक्रेनबीच युद्ध अन्त्य गर्ने वार्ता सफलता नजिक पुगेको मध्यस्थकर्ता टर्कीले जानकारी दिएको छ । दुवै पक्ष युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको टर्कीका विदेशमन्त्री मेब्लुत चोवाशुग्लूले बताएका हुन् । ​चोवाशुग्लूले भनेका छन्, ‘युद्धमा आम नागरिक मारिइरहँदा सजिलै सहमति कायम हुँदैन, तर यस्तो स्थितिबीच पनि वार्ता अघि बढिरहेको छ । दुवै पक्ष सम्झौताको नजिक पुगेको आफूहरूले देखेको चोवाशुग्लूले...

भारत र जापानबीच चीनसँग सम्बन्धित विषयमा वार्ता…..

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच शनिबार चीनसँग सम्बन्धित विषयमा वार्ता भएको छ । समाचार एजेन्सी एएनआईले भारतीय विदेश सचिव हर्ष श्रृंगला​लाई उद्धृत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले जापानी प्रधानमन्त्रीलाई लद्दाखको वर्तमान अवस्थाबारे जानकारी गराएको बताएको छ । मोदी र जापानी प्रधानमन्त्रीबीच युक्रेनको पछिल्लो अवस्थाबारे पनि छलफल भएको थियो । दुबैले ...

रूसविरुद्ध विहीबार मतदान गरेको भारतले बोली बदलेकोछ…..

काठमाडौं- अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसीजे) मा रूसविरुद्ध विहीबार मतदान गरेको भारतले बोली बदलेको छ । भारतका तर्फबाट अन्तरराष्ट्रिय न्यायालयका न्यायाधीश दलवीर भण्डारीले निजी हैसियतमा मतदान गरेको भारतले दाबी गरेको हो । विहीबार भारतीय न्यायाधीश भण्डारीले संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालत पनि भनिने अन्तरराष्ट्रिय फौजदारी अदालत​मा रूसविरुद्ध मतदान गरेका थिए । रूसको आक्रामकता रोक्न युक्रेनको मागबम...

युक्रेनको खर्किभ सहरमा रकेट आक्रमण…..

काठमाडौँ — रुसले युक्रेनको दोस्रो सहरमा रकेट आक्रमणलाई निरन्तरता दिँदै 'प्याराट्रुपर'लाई ओरालेको छ । रुसले युक्रेनमाथि उत्तर, पूर्व र दक्षिणबाट आक्रमण तीव्र पार्दा देशको दोस्रो धेरै जनसंख्या रहेको खर्किभमाथि नियन्त्रणका लागि मंगलबार राति भीषण हवाई आक्रमण गरेको बताइएको छ । सो क्रममा २१ जना सर्वसाधारण मारिएको सो सहरका मेयरले बताएका छन् । रुसले क्षेत्रीय प्रहरी कार्यालय र विश्वविद्यालयमा समेत रकेट प्...