इजरायलबाट २५४ नेपाली विद्यार्थीको काठमाडौंमा अवतरण…..

काठमाडौँ — इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरिएको छ । विद्यार्थी लिन सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित बिहीबार बिहान पठाएको थियो । आरए २२९–२३५३ को विमान बिहान ४ बजे त्रिभुवन विमानस्थलबाट उडेको थियो । इजरायलको तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान स्थानीय समयअनुसार २ बजेर ३२ मिनेट (नेपाली समय साँझ ५ बजेर १७ मि...

पूर्वसभामुख महराका छोरासहित ४ विरुद्ध मुद्दा…..

काठमाडौँ — विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख तथा सत्तारूढ माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ । पूर्वसभामुख महरालाई भने उन्मुक्ति दिइएको छ । आरोपितविरुद्ध ९ केजी ११.५२४ ग्राम सुनलाई ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरिएको छ । भेपमा सुन ल्याउने गिरोहका ६ चिनियाँ दावाजिन वाङ, आसिन पेङ, ली फेङ पेङ, ...

विश्वकप प्रारम्भिक चरण छनोट, लाओसविरुद्ध नेपाल…..

काठमाडौँ — ‘मैले चाहेअनुसारको टिम बनेको छ । मैले धेरै बोल्नु हुन्न । टिमले मैदानमा खेलेर देखाउनेछ । फुटबलमा यत्तिको सुन्नमा पनि मज्जा आउने हुन्छ । धेरै आत्मविश्वासी भएन र ? सायद हो नै । यो भनाइ हो, नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको । विश्वकप प्रारम्भिक छनोटको पहिलो लेगमा नेपालले बिहीबार दशरथ रंगशालामा लाओसको सामना गर्न लागेको हो । फेरि एकपल्ट विश्वकप छनोटको मा...

सुदूरपश्चिममा ओली र रावल पक्षबीच रस्साकसी…..

धनगढी — नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन सुरु भएदेखि अध्यक्ष केपी ओली समर्थित प्रदेशका शीर्ष नेता लेखराज भट्ट, कर्णबहादुर थापा र दामोदर भण्डारीले बेग्लाबेग्लै उम्मेदवार खडा गरेका थिए । भीम रावल समर्थित समूह भने ‘पर्ख र हेर’ को रणनीतिमा थियो । एकाएक मंगलबार साँझ थापा–भण्डारी समूह एक ठाउँमा आएर साझा उम्मेदवार तय गरेपछि परिस्थिति मोडिएको छ । थापाले अघि सारेका उम्मेदवार कृष्णप्रसाद जैशीलाई भण्डा...

माग पुरा नभए सामूहिक आत्मदाह गर्ने चेतावनी…..

काठमाडौँ -  माओवादी सशस्त्र विद्रोहका सर्वोच्च कमाण्डरसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न पूर्वलडाकु एक सातादेखि सिंहदरबार धाइरहेका छन् । तर, मंगलबारसम्म उनीहरूले भेट्न अवसर जुरेको छैन । प्रचण्डकै निर्देशनमा तत्कालीन राज्यसत्ताविरूद्ध भएको सशस्त्र प्रतिरोधमा सयौँ घाइते तथा अपाङ्ग भएका थिए । तिनैमध्येका पश्चिम रुकुमकी ‘साकार’ अर्थात् प्रेक्षा उखेरा, सुर्खेतका चेतन सिग्देल र अ...

उद्धारमा ढिलाइले इजरायलका नेपाली आक्रोशित…..

काठमाडौँ — दक्षिणी इजरायलको द्वन्द्वग्रस्त नेतिभोतबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका नेपाली विद्यार्थीहरू उद्धारमा ढिलाइ गरिएकोप्रति आक्रोशित देखिएका छन् । जीवन उच्च जोखिममा परेको चार दिन बितिसक्दा पनि उद्धार नगरेको भन्दै कृषि विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । इजरायलको सुरक्षित स्थान मानिएको रामत नेगेभको कृषि फार्ममा राखिएका ५५ नेपाली विद्यार्थी । उनीहरूलाई जोखिमयुक्त स्थान ने...

टिस्टा नदीको बाँध फुट्दा सिक्किममा १० नेपाली बेपत्ता…..

विराटनगर - इजरायलमा १० विद्यार्थीको मृत्यु र त्यहाँ फसेका विद्यार्थीको उद्धारको प्रयास भइरहँदा इलामका १० स्थानीय भारतको सिक्किममा बेपत्ता भएको अर्को दुःखद खबर आएको छ । इलाम नगरपालिका–९ का १० जनाभन्दा बढी स्थानीय गत असोज १६ देखि सिक्किममा बेपत्ता छन् । त्यहाँ काममा रहेका उनीहरुलाई असोज १७ गते टिस्टा नदीमा आएको बाढीले बगाएको हुन सक्ने स्थानीय विक्रमबाबु फियाक बताउँछन् । टिष्टामा आएको बाढीपछि उहाँहरु...

इजरायलको जोखिम क्षेत्रबाट ५५ नेपालीको उद्धार…..

काठमाडौँ — ‘राति बस्दा मेरो श्वास पुग्दैन । मुटु फुट्न खोज्छ । मुख बन्द हुन्छ । कहिलेसम्म हामी यसरी बस्ने ?’ तीन दिनदेखि लगातार इजरायलको त्रासदीमा बाँचिरहेका दाङका विपिन सुवेदीले आफ्नो भिडियो सार्वजनिक गर्दै भने, ‘आज (सोमबार) दिनभरिमा हामीलाई यहाँबाट उद्धार गरिदिनुस् । आज पनि त्यहीँ रात कटाउनपर्‍यो भने रातले नै लग्ने भयो हामीलाई । साथीहरूलाई पनि लग्यो । अब हामीलाई नलगोस् । उनीसहित ५ जनाको ट...

बझाङमा ६.३ म्याग्निच्युडको भूकम्प,१ बेपत्ता १८ घाइते…..

बझाङ‚ दार्चुला — बझाङ केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पका कारण खसेको पहिरोमा परी एक महिला बेपत्ता भएकी छन् । भूकम्पका कारण बझाङ र बैतडीमा १८ जना घाइते भएका छन् । टिमुर टिप्न गाउँनजिकैको जंगलमा गएकी बझाङको जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी गुनदेवी धामी पहिरोमा बेपत्ता भएको प्रहरीले जनाएको छ । बझाङका प्रहरी प्रवक्ता दीपेश चौधरीका अनुसार जयपृथ्वी नगरपालिकामा, मस्टा, केदारस्युँ, खप्तडछान्ना र बित्थ...

अख्तियारमा एक वर्षमा झण्डै २१ हजार उजुरी…..

काठमाडौँ  -  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९–८० मा विभिन्न माध्यमबाट भष्टाचारसम्बन्धी कूल २० हजार ९०५ उजुरीहरू प्राप्त भएको जनाएको छ । साथै, अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ७ हजार १६२ उजुरीहरू सहित कारबाही गर्नुपर्ने उजुरीहरू २८ हजार ६७ वटा रहेको प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्‍घीय मामिला (स्थानीय तह समेत) स...

विमानस्थल धावनमार्गको जग्गा व्यक्तिका नाममा सारिएकामा अनुसन्धान…..

भैरहवा — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको जग्गा व्यक्तिका नाममा दर्ता भएको विषयमा जिल्ला प्रशासन कार्यालय रूपन्देही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेका छन् । विमानस्थलको सातवटा कित्तामा रहेको ४ बिघा १७ कट्ठाभन्दा बढी जग्गा गत वैशाख ८ गते मालपोत कार्यालय भैरहवाले सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराजकान्त मिश्रका नाममा दर्ता गराएको थियो । मिश्रले विमानस्थल ...

प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक पेस गर्ने कार्यसूची…..

काठमाडौँ  -  प्रतिनिधिसभा बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । संसद् सचिवालयका अनुसार बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको छ । त्यसैगरी सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा...