दिकीले चुमिन् सगरमाथाको चुचुरो………..

०४ जेठ २०७५,  काठमाडौं – ‘लैंगिक समानताको लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने मूलनाराको साथ दिकी शेर्पाले सगरमाथाको चुचुरो चुमेकी छिन्। महिलालाई दोस्रो दर्जाको नागरीकको रुपमा हेर्ने संस्कारलाई बदाल्दै नारीे पनि पुरुष सरह क्षमता देखाउन सक्छन् भनेर प्रमाणित गर्न आफुले सगरमाथाको आरोहण गरेको सेर्पाले बताइन्। शेर्पा बिहीबार विहान ८ः३० बजे सगरमाथाको चुचुरोमा पुगेको सगरमाथा ...

दुई पार्टीको सम्पत्ति ३ अर्ब………..

जेठ ४, २०७५  काठमाडौं - एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै, पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन् । माओवादी केन्द्रको चलअचल सम्पत्तिको यकिन तथ्यांक छैन । तैपनि, करिब एक अर्बको सम्पत्तिको अनुमान छ । पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीय कार्यालयका दुईवटा भवन छन् । त्यहाँको ५६ आना जग्गा अखिल नेपाल ट्रेड युनिय...

आधा शताब्दीपछिको मिलन……….

०४ जेठ २०७५,   काठमाडौं - एमाले र माओवादी केन्द्रबीच एकीकरणसँगै लामो समयदेखिको एकीकृत कम्युनिस्ट पार्टी गठन प्रयासले मूर्त रुप लिएको छ । एकतासँगै स्थापित नेपाल कम्युनिस्ट पार्टी एसियामै तेस्रो ठूलो कम्युनिस्ट दल बनेको छ। एसियामा चीन र भियतनामपछि नेपाल कम्युनिस्ट पार्टी तेस्रो दल बनेको छ । यी तीनटै देशमा कम्युनिस्ट पार्टी सत्तामा छ । चीन र भियतनाममा सशस्त्र विद्रोहबाट सत्तामा पुगेका कम्युनिस्ट पार्...

निजी क्षेत्रको तेल ओसार्न सेनाको हेलिकोप्टर……….

०४ जेठ २०७५,   काठमाडौं – विपत् व्यवस्थापन क्षमता अभिवृद्धिलगायत आपतकालीन अवस्थामा प्रयोग हुने नेपाली सेनाको हेलिकोप्टर निजी क्षेत्रको तेल ओसार्न प्रयोग हुने भएको छ। नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर शुक्रबार निजी क्षेत्रको तेल ओसार्न हुम्ला जान लागेको छ । निजी क्षेत्रका हेलिकोप्टरका लागि इन्धन बोकेर सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको हो। यस्तो कामका लागि सामान्यतः निजी क्षेत्रलाई अवसर दिइने भए ...

एमाले–माओवादी मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा ……….

जेठ ३, २०७५   काठमाडौं– एमाले–माओवादी पार्टीबीच एकता भएको छ । बिहीबार अपरान्ह राष्ट्रिय सभागृहमा भएको घोषणा सभामा दुवै पार्टी एकीकरण गरी नयाँ ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गरिएको हो । एकतापछि नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । त्यस्तै ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय समिति चयन भएको छ । पार्टी एकता घोषणाका लागि बुधबार बिहानैबाट दुवै दलले तीव्र गृहकार्य गरेका थिए । न...

नेपाल कम्युनिष्ट पार्टी’ घोषणा हुदै……..

जेठ ३, २०७५  काठमाडौं– एमाले–माओवादी पार्टीबीच एकता घोषणा कार्यक्रम सुरु भएको छ । बिहीबार अपरान्ह राष्ट्रिय सभागृहमा दुवै पार्टी एकीकरण गरी नयाँ ‘नेपाल कम्युनिष्ट पार्टी’ घोषणा गर्न लागिएको हो । सभागृहमा प्रचण्ड र केपी ओलीसहितका नेताहरु उपस्थित छन् । एकतापछि नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । त्यस्तै ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय समिति चयन भएको छ । पार्टी एकता घोष...

जनयुद्धको अस्तित्व के ?……….

०३ जेठ २०७५,   काठमाडौँ – नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको विषयमा अन्य पार्टीका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। जनयुद्ध गरेका दाहालले मदनपथ स्वीकारेका हुन्? माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टीको संयोजक बनेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टी एकताको विषयमा ट्वीट गर्दै भनेका छन्, ‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको ...

मदन—आश्रितको स्मृतिमा एमाले–माओवादी………

जेठ ३, २०७५   चितवन । २०५० साल जेठ ३ गते नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटना भएको स्थल दासढुंगामा आज विहान उनीहरुको २५ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो । नेकपा (एमाले) चितवनले आयोजना गरेको सो कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, प्रदेश ३ का कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, एमाले नेता केशवलाल श्रेष्ठ, नेकप...

सुरु भयो एकता संयोजन समितिको बैठक………

जेठ ३, २०७५  काठमाडौं– एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिको बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुमवाटारमा सुरु भएको हो । बैठकले एमाले र माओवादी बीच आज घोषणा गर्न लागिएको पार्टी एकतालाई अनुमोदन गर्ने बताइएको छ । बुधबार बिहान एमाले अध्यक्ष केपी ओली तथा माओवादी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भएको झण्डै अढाइ घण्टा लामो छलफलपछि पार्टी एकता गर्ने सहमति जुटेको थियो । सो सहमतिपछि...

आन्दोलन गर्ने निजामती कर्मचारीकाे चेतावनी……….

०३ जेठ २०७५,  काठमाडौं- निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनले आगामी बजेटमा कर्मचारीको तलव वृद्धी नगरिए सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रने धम्की दिएको छ । बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै बजेटमा निजामति कर्मचारीको तलव वृद्धी र स्वेच्छिक अवकाशमा जान चाहेका कर्मचारीलाई स्वेच्छिक अवकाश दिनुपर्ने लगायतका माग राख्दै माग पुरा नभए आन्दोलन गर्ने धम्की दिएको हो। आधिकारीक ट्रेड युनियनका अ...

२२ औं पटकको कीर्तिमानी आरोहण………

०३ जेठ २०७५,  काठमाडौं – आरोही कामीरिता शेर्पाले सर्वोच्च शिखर सगरमाथामा २२ पटक आरोहण गरि विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले आज विहान सगरमाथाको सफल आरोहण गरेका हुन् । ४८ वर्षीय शेर्पाले यसअघि २१ अौ‌ पटक आरोहणको आफ्नै कीर्तिमान तोडेका छन् । २१ पटक सगरमाथाको आरोहण गर्नेमा तीन जना थिए । कामीरिता सहित अापा शेर्पा र फुर्वा टाशी शेर्पाको नाममा २१ औं पटक आरोहण गरेको विश्व कीर्तिमान थियो । आधार शिव...

एमाले–माओवादी पार्टी एकता आज………

०३ जेठ २०७५,   काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरणको औपचारिक घोषणा हुने भएको छ । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बिहीबार पार्टी एकीकरण घोषणा गर्ने निर्णय भएको हो। दुई नेताबीच एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र चुनाव चिह्न सूर्य रहने स...