डलरको तुलनामा बलियो बन्दै नेपाली मुद्रा…..

काठमाडौँ — केही दिनयता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु) बलियो बन्दै गएको छ । यस अवधिमा अमेरिकी डलरको विनिमय दर घटिरहेकाले नेपाली मुद्रा बलियो बनेको हो । यही कात्तिक ३ मा नेपाली रुपैयाँसँग एक अमेरिकी डलरको विनिमय दर १३३.१४ रुपैयाँ थियो । यो हालसम्मकै उच्च हो । त्यसयता निरन्तरजसो अमेरिकी डलर कमजोर बन्दै गएको हो । गएको एक वर्षमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले ५ पटकसम्म ब्याजदर...

दुःख देख्न्या को छन् र भोट दिनु ?…..

बझाङ — खप्तडछान्ना गाउँपालिका–३, मेल्तडीका बमबहादुर दमाई भारत जानका लागि बाटो खर्च खोज्दै छन् । ९ जनाको परिवारसहित भारत पस्ने तयारी गरेका उनले सबैका लागि पुग्ने गाडीभाडा र खाने–बस्ने खर्च जुटाइसकेका छैनन् । स्थानीय र छिमेकी गाउँका आफन्तबाट बाटो खर्चका लागि ऋणको आश्वासन पाएका छन् । ‘सबै परिवारलाई भारतसम्म पुग्न ५० देखि ६० हजार खर्च लाग्छ, ऋण पाउनेबित्तिकै बाटो लाग्छौं,’ उनले भने । एक वर्षदेखि छिमेक...

मौन अवधिदेखि मादक पदार्थ बिक्रीवितरणमा रोक…..

काठमाडौं-      निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष, स्वतन...

 रिता फोम्बो ठुली को  निङ्वासुम म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, कार्तिक २५ गते । तेह्रथुममा जन्मेर लन्डनमा कर्मथलाे बनाउँदै आइरहेकी रिता फोम्बो सांस्कृतिककर्मि हुन् । रिता फाेम्बाे ठूली उपनामले परिचित रिताले बिगत केहि वर्षदेखि लिम्बू भाषा संस्कारलाई जगेर्ना गर्ने उद्देश्यले लोप हुदै गरेको लिम्बु पालामल...

विरासत जोगाउने र भत्काउनेबीच प्रतिस्पर्धा…..

भक्तपुर -      वि.सं २०४६ को प्रजातन्त्र पुनःस्थापनापछि सम्पन्न सबै निर्वाचनमा एउटै दलले जित्दै आएको निर्वाचन क्षेत्रमध्येको एक हो– भक्तपुर क्षेत्र नं १ । यहाँ २०४८ देखि लगातार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले निर्वाचन जित्दै आएको छ । यसपटक पनि नेमकिपाको बलियो र एकछत्र पकड देखिन्छ । यद्यपि यहाँ नेमकिपाको विरासत भत्काउन सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा नेकपा (माओवादी केन्द्र) का ...

खरिद प्रस्तावमै मुख्यमन्त्री कार्यालयको हस्तक्षेप…..

काठमाडौँ — वाग्मती प्रदेश मुख्यमन्त्री कार्यालय र प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयबीच विवाद हुँदा सार्वजनिक सवारीसाधनमा नगदरहित भाडा भुक्तानी प्रणालीको डिभाइस खरिदसम्बन्धी प्रस्ताव ६ महिनादेखि रोकिएको छ । खरिद प्रक्रिया रोकिएपछि प्रस्ताव पेस गर्नेबारे प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल र मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच विवाद चुलिएको हो । सरकारी लगानीबिनै सुरुमा ८० क...

गएराति सुदूरपश्चिममा भूकम्प, मृत्यु हुनेको संख्या ६ पुग्यो…..

डोटी-      डोटीमा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ​ । अरू पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ...

विशेष अदालतले प्रमाण बेवास्ता गरेको अख्तियारको निष्कर्ष…..

काठमाडौँ — विशेष अदालतका बहुसंख्यक फैसला प्रतिवादीको पक्षमा आउन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक रूपमै असन्तुष्टि जनाएको छ । अनुसन्धानबाट पुष्टि भएका तथ्य प्रमाण तथा सर्वोच्च अदालतबाटै स्थापित नजिरविपरीत विशेष अदालतले भ्रष्टाचारजन्य मुद्दामा प्रतिवादीको पक्षमा फैसला गरेको भन्दै अख्तियारले मंगलबार पत्रकार सम्मेलन गरेर असन्तुष्टि जनाएको हो । अरू बेला अख्तियारले प्रतिवादीको पक्षमा...

आज साँझ चन्द्रग्रहण लाग्ने…..

काठमाडौं -      आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा उल्लेख छ । बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ ...

दोहोरो ‘ह्याट्रिक’ गर्ने दाउमा कांग्रेस नेता शशांक…..

नवलपरासी — पूर्वी नवलपरासीमा दोहोरो ‘ह्याट्रिक’ गर्ने दाउमा रहेका कांग्रेस नेता डा. शशांक कोइराला र एमालेका केन्द्रीय नेता कृष्ण पौडेलबीच यसपल्ट कसिलो प्रतिस्पर्धा देखिएको छ । २०४८ पछिका सबै संसदीय निर्वाचनमा लगातार कांग्रेसको बर्चश्व रहेको पूर्वी नवलपरासीमा यसपल्ट फेरि कांग्रेस विजयी भयो भने कांग्रेसको दोहोरो ह्याट्रिक हुने छ । लगातार चौंथो पटकका लागि कांग्रेस नेता कोइराला उम्मेदवार छन् । ०४८ पछि...

चार मुलुकका प्रमुख निर्वाचन आयुक्त काठमाडौं आउँदै…..

काठमाडौँ — आमनिर्वाचन अनुगमन गर्न भारत, बंगलादेश, भुटान र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त आउने भएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार प्रमुख निर्वाचन आयुक्तहरू भारतका राजीव कुमार, भुटानका सोनाम तोब्गे, बंगलादेशका काजी हबिबुल अवाल र माल्दिभ्सका फुवाद थोफिक आउनेछन् । श्रीलंका र दक्षिण कोरियाबाट निर्वाचन आयुक्त आउनेछन् । उनीहरूलाई काठमाडौं उपत्यकाका मतदान स्थल अवलोकन गराउन ...

देउवा र ओलीबीच आरोप –प्रत्यारोप…..

डडेलधुरा-    सत्तासीन नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेको नेतृत्वले आगामी मंसिर ४ मा हुने चुनावी अभियान सुदूरपश्चिम प्रदेश सुरु गरेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा बुधबारदेखि गृह प्रदेशमा चुनावी अभियानमा जुटेका हुन् । डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार देउवा विहीबारबाट गृह जिल्लामा पालिकास्तरीय चुनावीसभालाई सम्बोधन व्यस्त छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रब...