चिनियाँ कम्युनिस्ट पार्टी का विदेश विभाग प्रमुख लिउ र माओवादी केन्द्रका अध्यक्ष दाहाल भेट…..

काठमाडौँ — नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर ६ वटा सन्देश प्रवाह गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालसँग सोमबार साँझ खुमलटारमा भेटवार्ता गर्दै लिउले नेपालको आन्तरिक मामिलामा चीनबाट हस्तक्षेप नहुने, नेपालका सबै राजनीतिक दलसँग सुमधुर सम्बन्ध बनाउने सन्देश दिएका हुन् । उनले नेपालमा ची...

अधिकांश एम्बुलेन्स ठेक्कामा चल्छन्…..

काठमाडौं-   दाङमा सरकारी स्वास्थ्यचौकी, निजी अस्पताल र विभिन्न सामुदायिक संघसंस्थाका गरी ७६ वटा एम्बुलेन्स छन् । तीमध्ये पञ्चकुले स्वास्थ्यचौकी, तुलसीपुर उद्योग वाणिज्य संघ र भूपू सैनिक लालमटियाको गरी तीन वटा एम्बुलेन्स सञ्चालित छैनन् । बाँकी ७३ वटामध्ये अधिकांश एम्बुलेन्स ठेक्कामा चल्दै आइरहेका छन् । एम्बुलेन्स व्यवस्थापन तथा सञ्चालन झन्झटबाट मुक्त हुन सङ्घसंस्थाहरूले चालकलाई नै मौखिक सम्झौतामा त...

एकै दिन ३ अर्ब ६० करोड खर्च…..

मोरङ — प्रदेश १ सरकारले चालु आर्थिक वर्षको भूक्तानी दिने अन्तिम दिन शनिबार ३ अर्ब ६० करोड ८३ लाख खर्च गरेको छ । असार महिनाको २५ गतेसम्ममा प्रदेश सरकारले जम्मा खर्चको ३१ दशमलव ९६ प्रतिशत अर्थात् ९ अर्ब ६७ करोड ८१ लाख ९६ हजार खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेशको जम्मा बजेट ३४ अर्ब ७६ करोड ८ लाख ५३ हजारमध्ये ८७ दशमलव १३ प्रतिशत अर्थात् कूल ३० अर्ब २८ करोड ६८ लाख १ हजार खर्च...

नेपालमा चीनविरोधी कुनै पनि गतिविधि नहोस्……

काठमाडौँ — चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्ने धारणा व्यक्त गरेका छन् । उनले आइतबार दिउँसो कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै बालुवाटार र सिंहदरबारमा भेटवार्ता गर्दै नेपाली भूमिमा कुनै पनि चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको प्रस्ट पारेका हुन् ।...

श्रीलंकामा सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै…..

काठमाडौँ — श्रीलंकामा सरकारविरोधी प्रदर्शन हिंसात्मक बन्दै गएको छ । शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति निवास घेराउ गर्न थालेपछि राष्ट्रपति गोताबाया राजापाक्षे सरकारी निवास छाडेर भागेका छन् । यद्यपि उनलाई अज्ञात र सुरक्षित स्थानमा सारिएको बताइएको छ । यससँगै प्रदर्शनकारीहरूको समूहले राजधानी कोलम्बोस्थित उनको निवासलाई लगभग कब्जामा लिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा भने राष्ट्रपति निव...

जापानी प्रधानमन्त्री सिन्जो आबेको हत्या…..

टोकियो — कार्यकाल एक वर्ष बाँकी थियो, लोकप्रियता उकालोमै थियो । पार्टीभित्र पकड जबर्जस्त थियो । उमेर पनि ६५ मात्र, तर पनि २८ अगस्ट २०२० मा सिन्जो आबेले अचानक प्रधानमन्त्री पदबाट राजीनामा दिए । स्वास्थ्य प्रतिकूल भएकाले पदमा बस्न नहुने भन्दै कार्यकारी पदबाट अलग भएको दुई वर्षपछि पनि उनी पार्टीका लागि प्रचारमा सक्रिय थिए, यही क्रममा शुक्रबार बिहान चुनावी सभालाई सम्बोधन गरिरहेकै बेला एक बन्दुकधारीले ग...

तुइनबाट मृत्यु हुनेको अभिलेखसमेत सरकारसँग छैन…..

काठमाडौं,दार्चुला — २०७८ साउन १५ मा भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा खुस्काइदिएपछि महाकाली नदीमा खसेर ब्यास गाउँपालिका–२, मालघाटका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भए । नेपाल तर्फको मालघाटबाट भारतको धार्चुलामा पर्ने गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट नदी पार गर्नेक्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मीले लठ्ठा खुस्काइदिएपछि महाकालीमा खसेका थिए । उनको शव अझै भेटिए...

एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पत्राचार गर्न माग…..

काठमाडौँ — सत्ता साझेदार नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय तत्काल अमेरिकालाई पत्राचार गर्न सरकारसँग माग गरेका छन् ।  प्रतिनिधिसभा बैठकको बिहीबारको बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक गुरुङले नेपाल सरकार मन्त्रिपरिषद्‍को सो निर्णय परराष्ट्र मन्त्रालयले अझै अमेरिकालाई पत्राचार नगरेको भन्द...

पदाधिकारीको टुंगो लगाउने जिम्मा अध्यक्ष दाहाललाई…..

काठमाडौँ — नेकपा माओवादी केन्द्रको पदाधिकारीको टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ । काठमाडौंमा बिहीबार बसेको केन्द्रीय समिति बैठकमा सहमति नजुटेपछि दाहाललाई पदाधिकारी चयनको जिम्मा दाहाललाई दिइएको हो । बैठकमा सम्बोधन गर्दै दाहालले पदाधिकारी चयन गर्नका लागि आफूलाई २-४ दिन समय मागेका थिए । दाहालले भने, 'मसँग सूची सबै पदाधिकारीको छ । नाम वाचन गर्न त सक्छु तर मलाई भन्न नलगाउनुस् । २-...

अर्थमन्त्री जनार्दन शर्माद्वारा पदबाट राजीनामा…..

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित भएपछि एमालेले राजीनामा माग गर्दै आएको थियो । आजै एमालेको माग...

बजेटबारे मन्त्रिपरिषद्, संसद् र संवैधानिक निकायले छानबिन गरुन्…..

काठमाडौँ — राष्ट्रिय योजना आयोगका ६ पूर्वउपाध्यक्षहरुले बजेट निर्माणका क्रममा उठेका प्रश्नहरुमाथि मन्त्रिपरिषद्, संसद् र संवैधानिक निकायले छानबिन गर्न माग गरेका छन् । संकटोन्मुख अर्थतन्त्र र सरकारी अनुशासनहिनताबारे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुको अपील’ भन्दै बजेट निर्माणमा भएको अनियमिततामाथि छानबिन गर्न माग गरेका हुन् । मंगलबार पूर्वउपाध्यक्षहरु पृथ्वीराज लिगल, जगदीशचन्द्र पोखरेल, युवरा...

रामेछापको सुनापति गाउँपालिका–५ मा बस दुर्घटना…..

रामेछाप- रामेछापको सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा ९ जना र काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा ४ जनाले ज्यान गुमाएका छन् । धुलिखेल अस्पतालमा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाका अनुसार अस्पतालमा मृत्यु हुनेहरूमा सुनापति–५ घर भएका २४ वर्षीय बुद्...