याक्खा गीत “जेप्पा” सार्वजनिक (भिडियो सहित)

१२ मार्च, हङकङ– किरात याक्खा जातीको भाषा तथा संस्कृतीको संरक्षण एवं सम्बर्दन गर्ने उदेश्यले निर्माण गरिएको ‘जेप्पा’ (वाचा/कसम) याक्खा म्यूजिक भिडियो आइतबार मण्डला थिएटरमा अफिसियल प्रिमियर शो गर्दै ओ.एस.आर. डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । चर्चित गायक राजेश पायल राई र गायिका सिता सिंगक लिम्बुको श्वर रहेको उक्त गीतको संगीतकार भने हाल प्राज्ञ समेत रहका साहित्यकार राजन मुकारुङ हुन् ।...

युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४८ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न

५ मार्च, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको ४८ औं बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न भयो । कोरोनाका कारण हङकङ सरकारद्धारा लगाइएका सोसियल डिस्ट्यान्सिङ सम्बन्धि नियमहरुको कारण १२ जनवरी देखि ४ मार्चसम्म विभिन्न ब्रान्चको बेल्ट अपग्रेडिङ टेष्ट अलग–अगल गर्नु परेको क्लबका प्रेसिडेन्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईले बताए । क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त अपग्...

११७ औं साहित्य श्रृंखला प्रगति राईको ‘थाङ्ग्रा’ सहित तीन पुस्तक सार्वजनिक

२६ फेब्रुअरी, हङकङ– ‘थाङ्ग्रा’, ‘अनायोजित’, र ‘प्रिय मौनता’ गरी एउटै कार्यक्रममा तीन वटा पुस्तकहरु सार्वजनिक, पुस्तकमाथि टिप्पणी तथा सृजनाहरु वाचन गर्दै आइतबार ११७ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपालकी प्रखर कवि तथा उपन्यासकार प्रगति राईको अघिल्लो दिन शनिबार मात्रै नेपालमा विमोचित पछिल्लो कृति ‘थाङ्ग्रा’ उपन्यास, त...

बालबालिकाहरुको आठौंं तेक्वान्दो बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न

१५ जनवरी, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङ अन्तर्गत तेक्वान्दो किड्स क्लास जोर्डन ब्रान्चमा प्रशिक्षण लिइरहेका ३ दर्जन बालबालिकाहरुको आठौं बेल्ट अपग्रेडिङ्ग टेष्ट आइतबार जोर्डन स्थित कुन चुङ स्पोर्टस सेन्टरमा सम्पन्न भयो । क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त बेल्ट अपग्रेडिङ टेष्टमा कलर बेल्टका ३ दर्जन बढि प्रशिक्षार्थी बालबालिकाहरुले टेष्ट दिएका थिए । सो अव...

हङकङबासी संखुवासभाली गुरुङहरुले तमु ल्होसार मनाए

८ जनवरी, हङकङ– गुरुङ (तमु) जातीको मुख्य चाड तमु ल्होसारको अवसरमा गुरुङ (तमु) समाज संखुवासभा हङकङद्धारा आइतबार साँझ एक आपसमा शुभकामना आदनप्रदान तथा नाँचगान गर्दै ‘तमु ल्होसार कार्यक्रम–२०२३’ सम्पन्न गर्यो । सुशन गुरुङको श्वागत मन्तब्यसंगै समाजका अध्यक्ष चन्द्रबहाुदर गुरुङ, प्रमुख अतिथि संखुवासभा समाज हङकङका अध्यक्ष टोप बहादुर याक्खा, संखुवासभा दिदीबहिनी समूहकी अध्यक्ष गौ माया घले, समाजका ज्येष्ठ न...

११५ औं साहित्य श्रृंखलामा एकसाथ पाँच पुस्तक सार्वजनिक

२५ डिसेम्बर, हङकङ– ‘प्रवास बुकी र बास्ना’, ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’, ‘कोलम्बस यात्रा’, ‘अश्वेत महावाणी’ र ‘मगर इतिहास’ गरी एउटै कार्यक्रममा पाँच वटा पुस्तकहरु सार्वजनिक, पुस्तकमाथि टिप्पणी तथा शुभकामना मन्तव्य राख्दै आइतबार ११५ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो । हङकङबासी प्रखर कवि तथा साहित्यकार मोती चाम्लिङको नविन कविता संग्रह ‘प्रवास बुकी र बास्ना’, त्यस्तै गरी हङकङ तथा बेल...

गायिका तर्जुना मगरको म्युजिक भिडियो ‘यात्रा’ सार्वजनिक (भिडियो सहित)

२२ डिसेम्बर, हङकङ– नेपाली गीत, संगीत र साहित्यको उर्वर भूमि हङकङ निवासी गायिका तर्जुना मगरको म्युजिक भिडियो ‘यात्रा’ (Yatra) बिहिबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । गायिका तर्जुना मगर, कार्यक्रमका प्रमुख अतिथि हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, गायक टोपराज तामाङ, व्यावसायी तथा समाजसेवी टंक राना, साहित्यकार सुनिता गिरी, ज्याप स्टुडियोका डाइरेक्टर विक्रम गुरुङ लगायतका अतिथिहरुले ‘यात्रा...

नेपाल चेम्बर अफ कमर्सद्धारा हङकङमा नेपाली कफी अरविकाको प्रवर्दन

११ डिसेम्बर, हङकङ– नेपालको तल्लो हिमाली क्षेत्रमा उत्पादित अर्गानिक कफी अरविकालाई विश्व व्यापारको केन्द्र हङकङमा समेत बजार विस्तार गर्न सहयोग गर्ने उदेश्यले नेपाल चेम्बर अफ कमर्स हङकङद्धारा आइतबार ‘अरविका कफी बिन्स फ्रम नेपाल’  शिर्षकमा एक सेमिनारको आयोजना सम्पन्न गर्यो । नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष लव कुमार गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कफी अरविकालाई हङकङको बजारमा ...

संखुवासभा दिदीबहिनी समूह हङकङद्धारा भेटघाट तथा रमाइलो कार्यक्रम सम्पन्न

३ डिसेम्बर, हङकङ– संखुवासभा दिदी बहिनी समूह हङकङद्धारा भेटघाट, एक आपसमा शुभकामना आदनप्रदान, ढिलै भए पनि २०२२ को देउसी भैलो तथा नाँचगान गर्दै “भेटघाट तथा रमाइलो कार्यक्रम–२०२२” सम्पन्न गर्यो । जोर्डनस्थित हंग्री आई रेष्टुरेण्ट एण्ड बारमा शनिवार साँझ आयोजित कार्यक्रममा जिल्लाबासी युवा व्यावसायी तथा समाजसेवी प्रकाश गुरुङको श्वागत मन्तब्यसंगै अर्का जिल्लाबासी समाजसेवी कर्ण राई, प्रदेश नं. १ तमु समाजक...

नरजित राईको कविता संग्रह “मनका नदीहरु” हङकङमा लोकार्पित

२७ नोभेम्बर, हङकङ– हङकङबासी साहित्यकार नरजित राईको कविता संग्रह “मनका नदीहरु” को लोकार्पण कार्यक्रम आइतबार सम्पन्न भयो । कविता संग्रहको प्रकाशक तथा कार्यक्रम आयोजक हङकङ साहित्यिक साझा श्रंखलाका संयोजक रमण गुरुङ, प्रमुख अतिथि साहित्य श्रृंखलाकै संरक्षक साहित्यकार दाजु गुरुङ, “मनका नदीहरु” कृतिका कृतिकार नरजित राई, कृतिका समीक्षक तथा साहित्य श्रृंखलाका सल्लाहकार बज्र कुमार राई तथा विशेष अतिथिका रुप...

संखुवासभा तमु समाज हङकङको देउसीभैलो सम्पन्न

५ नोभेम्बर, हङकङ– संखुवासभा तमु समाज हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, देउसी भैलो तथा नाँचगान गर्दै २०२२ को देउसी भैलो कार्यक्रम सम्पन्न गर्यो । जोर्डनस्थित ईण्डिया क्लबमा शनिबार साँझ आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष श्याम गुरुङको श्वागत मन्तब्यसंगै समाजका अध्यक्ष चन्द्रबहाुदर गुरुङ र विशेष अतिथि समाजका सल्लाहकार तथा नेपाल च्याम्बर अफ कमर्स हङकङका अध्यक्ष लव कुमार गुरुङद्धारा पानसमा बत्त...

किरात याक्खा छुम्मा हङकङको देउसीभैलो सम्पन्न

५ नोभेम्बर, हङकङ– बलिहाङ तङनामको अवसरमा शनिबार किरात याक्खा छुम्मा हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान तथा डोकेनी लाक (डोकनी नाँच) सहित देउसी भैलो तथा नाँचगान गर्दै २०२२ को देउसी भैलो कार्यक्रम सम्पन्न गर्यो । छुम्माकी सदस्य सुमन सोम्याहाङको श्वागत मन्तब्यसंगै छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवान र प्रमुख अतिथि नेपाली आदिवासी जनजाती महासंघ हङकङका कार्यबाहक अध्यक्ष कृष्णराज लावतीद्धारा पानसमा बत...