कोशी प्रदेश सरकारबारे कांग्रेसको शीर्ष तहमा छलफल…..

विराटनगर  -   केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलसँगै मुख्यमन्त्री केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकार पनि संकटको डिलमा छ । यद्यपि एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनन् । ती दल तथा सांसदहरूले समर्थन फिर्ता लिएको अवस्थामा सरकारको भविष्य के हुने भन्ने विषयमा कांग्रेसको शीर्ष तहमा बिहीबार छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा ...

सुन तस्करीमा संलग्न माओवादी र एमाले नेता अनुसन्धान बाहिरै…..

काठमाडौँ — सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्य र अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । पूर्वगृहमन्त्री तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारी र पूर्वप्रहरी महानिरीक्षक तथा एमाले नेता सर्वेन्द्र खनाललाई उन्मुक्ति दिएकामा ...

सर्तैसर्तमा १५ महिनामा तेस्रो पटक विश्वासको मत…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को अंकगणित आफ्नो पक्षमा पार्न सफल भए पनि सरकारमा सहभागी दलहरूकै विश्वास जित्नुपर्ने चुनौती थपिएको छ । १५ महिनाको अवधिमा तेस्रो पटक विश्वासको मत लिन सफल दाहाल सत्ता गठबन्धनकै दलहरूको सर्तैसर्तको घेराबन्दीमा परेका छन् । नेताहरूका अनुसार एमालेले आलोपालो प्रधानमन्त्री, प्रदेश सरकार तथा सत्ताका अन्य पदमा बाँडफाँटको सर्त राखेको छ । एकीकृत समाजवादीले पनि आलो...

नेपाललाई मनाएपछि विश्वासको मत निश्चित…..

काठमाडौँ — संघ र प्रदेश सरकारमा समेत निर्णायक बनेको एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालसँग मंगलबार शक्ति बाँडफाँटमा समझदारी बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार संसद्बाट विश्वासको मत पाउने निश्चित भएको छ । सत्ता गठबन्धनमा एस रहने वा नरहने विषयले जनता समाजवादी पार्टी (जसपा) को निर्णयसमेत तलमाथि पर्न सक्ने र अन्ततः त्यसले नयाँ समीकरण नै भत्किने जोखिम देखेपछि संसद्को बाँकी कार्यका...

सहकारी ठगीमा पनि पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशलाई उन्मुक्ति दिने प्रपञ्च…..

बुटवल — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सहकारी ठगीमा मुछिएको प्रमाण प्राप्त भए पनि उनलाई उन्मुक्ति दिने प्रयास भइरहेको छ । गितेन्द्र बाबु (जीबी) राई नेतृत्वमा बुटवलमा खोलिएको सुप्रिम सहकारीमा सचिव र कोषाध्यक्ष रहेका दीपेश करिब १० हजार बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँ हिनामिनामा संलग्न थिए । जीबी फरार भएपछि सहकारीका अन्य पदाधिकारीलाई पक्राउ गरिएको छ, तर दीपेशलाई प्रहरीले सोधपुछसम...

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज…..

काठमाडौँ -   राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने बैठकका लागि चार वटा सम्भावित कार्यसूची तय गरिएको छ । संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । यस्तै गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहालल...

पूर्वउपराष्ट्रपति पुनको सचिवालय नै सुन तस्करीमा…..

काठमाडौँ — छोराहरू मात्र होइन, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय नै सुन तस्करीमा परिचालन भएको पुष्टि भएको छ । चीन र दुबईलगायत देशबाट भरियाले ल्याएको सुन तत्कालीन उपराष्ट्रपतिका परराष्ट्रविज्ञ जीवनकुमार गुरुङलाई बुझाउने गरेको प्रहरी अनुसन्धानबाटै खुलेको छ । अहिले भन्सारको थुनामा रहेका गुरुङविरुद्ध मुद्दा दायर गर्ने तयारी भएको छ भने पुनका पुत्रद्वय भने अहिले पनि कानुनको पहुँचबाहिरै छन् ...

ताक्लाकोटमा तमसुक, हिल्सा हुँदै तस्करी…..

काठमाडौँ — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र चिनियाँ व्यापारीबाट लिएको ४ किलो सुनको भुक्तानी नदिएको कसुरमा चिनियाँ अदालतबाट दोषी ठहर भएको खुलासा भएको छ । तत्कालीन उपराष्ट्रपतिसमेतलाई जानकारी भएको यो विषय नेपालमा भने चार वर्षसम्म गुपचुप थियो ।  जितेन्द्रले तिब्बतको पुराङ काउन्टी (ताक्लाकोट) मा तमसुक गरेर हुम्लाको हिल्सा नाका हुँदै सुन ल्याएको पनि अदालतकै फैसलाबाट पुष्टि भएको छ । ‘सु...

पूर्वउपराष्ट्रपतिका छोराहरू सुन तस्करीमा…..

काठमाडौँ — पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश यसअघि नै सुन तस्करी तथा सहकारी ठगीमा मुछिएका छन् भने अर्का छोरा जितेन्द्र पनि सुन तस्करीमै संलग्न भएको तथ्य फेला परेका छन् । तत्कालीन उपराष्ट्रपतिकै ‘जानकारी तथा संरक्षणमा’ उनको हैसियत दुरूपयोग गरेर जितेन्द्रले पटक–पटक सुन ल्याएको तर एक खेपमा ल्याएको चार किलोको पैसा चिनियाँ बिक्रेतालाई नदिएकोसमेत ...

जीबी राई मलेसियामा रहेको विश्वासमा नेपाल ल्याउन पत्राचार…..

काठमाडौँ — मलेसियामा लुकेर बसेको विश्वासमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई नेपाल झिकाउन सरकारले कूटनीतिक पत्र पठाएको छ । पोखरास्थित सूर्यदर्शनसहित देशभरका आधा दर्जन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएलगत्तैदेखि उनी फरार छन् । विश्वका प्रहरीहरूको साझा संगठन इन्टरपोलको खोजी सूचीमा रहेका राई मलेसियामा लुकेर बसेको भन्ने आधारमा देश फर्काउन सरकार...

जम्बो टोली लिएर अमेरिका जाँदै महिलामन्त्री…..

काठमाडौँ — बुधबारमात्रै पदभार ग्रहण गरेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी २२ जनाको जम्बो टोलीसहित अमेरिका भ्रमण जाने भएकी छन् । बिहीबारको मन्त्रिपरिषद्को बैठकले अमेरिकामा आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘कमिसन अन स्ट्याटस अफ वुमन’ को ६८ औं सत्रमा भाग लिनका लागि स्वीकृति प्रदान गरिसकेको छ । मन्त्रीहरूले नियुक्ति भएपछि एक सातासम्म मन्त्रालयको योजना, कार्यक्रम, नीतिलगायतबारे ज...

मन्त्रिपरिषद् विस्तार समर्थन संकुचित…..

काठमाडौँ — लगातार तीन गठबन्धनका प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । योसँगै उनले भनेझैं ‘सुशासन, विकास, सामाजिक न्याय र समृद्धि दिशामा अघि बढ्ने’ परीक्षा सुरु भएको छ ।उनकै नेतृत्वको अघिल्लो गठबन्धन सरकारका चर्को आलोचक दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा मन्त्रालयको भागबन्डा भएको छ । चार दलीय गठबन्धनको साझेदार जनता समाजवादी पार्टी भने पार्टीको आन्तरिक...